Home» Around the World »Weird and Interesting

एउटा बेग्लै सेक्स शो

बेलायती महारानी संरक्षक रहेकी रोयल सोसाइटी फर द प्रोटेक्शन अफ वर्डस्ले बेलायतमा जारी यौन पर््रदर्शनीमा एउटा पर््रदर्शनीस्थल राखेको छ । इरोटिका २०१० नामक उक्त पर््रदर्शनी र बेलायतकी महारानी संरक्षक रहेको उक्त संस्था अलि असुहाउँदिलो कुरा भए पनि लण्डनको ओलम्पियामा जारी उक्त पर््रदर्शनीमा यौनमा उदार रहेका सबैको सहभागिता रहेको छ ।



खासगरी स्टि्रपटिज कलाकार, लिन्जेरीका बिक्रेताहरु, यौन खेलौना र यौनसम्बन्धी फिल्महरुको यो सबैभन्दा ठूलो पर््रदर्शनी हो । हरेक वर्षआयोजन हुने यो गएको शनिबार आरएसपीबीका तर्फाट एउटा नृत्यसमेत पर््रदर्शन गरियो । यो नृत्यले चाहिँ पर््रदर्शनीमा सबैलाई छक्क पार्‍यो । यहाँ केही प्यारोडी नृत्याङ्गनाहरुले प्वाँख लगाई नृत्य गरेका थिए ।

उनीहरुले "कम एन्ड प|mोलिक इन आवर वेटल्याण्ड" नारा घन्काएका थिए भने उनीहरुले एउटा अश्लील भेस्टसमेत लगाएका थिए । जसमा दर्ुइ ठूला स्तन हल्लाउँदै समुद्रकिनारमा गरिने नृत्य गरिरहेको चित्र पर््रदर्शनी गरिएको थियो ।

"यो किसिमको पर््रदर्शनीमा एउटा च्यारिटेबल संस्थाले अश्लील हाउभाउमा यस किसिमको नृत्य गराउनु हाम्रा लागि चाहिँ छक्क पर्ने अवस्था नै थियो", एक दर्शकले प्रतिक्रिया दिँदै भने- "जनचेतना जगाउने भन्ने बित्तिकै जहाँ पायो त्यहीँ जानु पनि उचित नहुनुपर्ने हो ।"

यता संस्थाका प्रवक्ता निक शेल्टनले भने उक्त पर््रदर्शनीमा संस्थाको स्टलले निकै व्यक्तिहरुको ध्यान खिँचेको र आफ्नो उद्देश्यमा संस्था सफल भएको बताएका छन् । उनले यो पर््रदर्शनीपछि धेरै जनाले संस्थाको सहयोगका लागि सदस्यसमेत बनेको उनले जानकारी दिएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,