Home» Around the World »Weird and Interesting

अब कुकुरका लागि बियर

कुकुर प्रेमीहरुका लागि खुसीको खबर छ ! यदि तपाईं बियर पिउन रुचाउनु हुन्छ तर तपाईंको कुकुर यसबाट वञ्चित भइरहेको छ भन्ने सोचेर दुःखी भइरहनुभएको छ भने अब तपाईंको दुःखको दिन गइसक्यो । हल्याण्डका बियर उत्पादकहरुले कुकुरका लागि बियर किनिदिनसक्ने अवस्था सिर्जना गरेका छन् ।



डग बियर नामाकरण गरिएको यो विशेष बियर कुकुरका लागि निकै स्वादिलो साबित भएको छ । यसमा गाईको मासुको स्वादमा बजारमा आएकाले पनि यसको बजार हल्ला अलि बढेको हो ।

रमाइलो त के छ भने यसका उत्पादकहरुले यो बियरमा अल्कोहलको मात्रा नरहेको बताएका छन् । तर जब मालिकले मज्जाले बियर तन्काउँदै गर्दा कुकुरले मालिकको अनुहार टुलुटुलु हर्ेर्नुभन्दा उसले पनि मालिकको स्वादमा आफ्नो पनि स्वाद जोड्न पाउने छन् ।

ठूलो र मध्यम आकारमा पाइने यो बियर तुलनात्मक रुपमा सस्तो भएको उत्पादकले दाबी गरेका छन् ।

कुकुर मालिक पोल्याण्ड निवासी विक्टोर पिट्रोवस्कीले भने- "मेरो कुकुरले यो बियर मन परायो । अहिले हामी कहिलेकाहीँ मूड चल्दा पबमा जान्छौँ, ऊ पनि बियर पिउँछ र म पनि । झन् जोडी मिलेको छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,