Home» Around the World »Weird and Interesting

अब कफिको नाउँ "कपमा अश्लीलता"

न्यूयोर्कका एक कफि बिक्रेताले आफ्नो पसलबाट "कपमा अश्लीलता" बिक्री गर्न थालेका छन् । कफिको एक प्रकार एस्प्रेस्सोलाई उनले "पोर्न इन अ कप" नामाकरण गरी बिक्री गर्न थालेका हुन् ।



कफिको ज्यादै शौखिनहरुका लागि उनले यो नामाकरणमा कडा कफि बिक्री गर्न थालेका हुन् । तर उनले यो कफि चाहिँ ४० वर्षउमेर कटेकालाई बिक्री गर्दैनन् ।

४० वर्षउमेर कटेका व्यक्तिहरुले उच्च क्याफिनयुक्त कफिहरु नखान डाक्टरहरुले सल्लाह दिने गरेका छन् । पसल सञ्चालक टोनी फिसर, ३७, आफैँ यस्तो कडा कफिको शौखिन हुन् । उनी दिनमा ५० औँ कप कडा कफि पिउने गर्दछन् । यस्तो लत अरुमा पनि होला भन्ने सोचेर यो नयाँ नाउँमा उनले कफि बेच्न थालेका हुन् ।

क्याफिनको अत्याधिक उपयोगले मानिसहरुको स्वास्थ्यमा असर पार्दछ । उच्च क्याफिनयुक्त कफि पिउँदा मुटुको गति बढाउने र उच्च रक्तचाप हुने समस्या बढ्न थाल्छ ।

यस किसिमको कडा कफिलाई "डेसी" भन्ने गरिएको छ भने इटालेली भाषामा यसलाई "टेन" भनिन्छ तर उनले चाहिँ आफ्नै नाउँ दिएका छन्- पोर्न इन अ कप ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: