Home» Around the World »Weird and Interesting

१० पाउन्डको खाजाले विमानस्थल आतङ्कित

स्पेन गइरहेको एक व्यक्तिलाई प्रहरीले एयरपोर्टबाट बाहिर निकाल्ने प्रयास गरे तर ऊ निस्कन मानेन । कार्डिफ विमानस्थलमा भेटिएका ती व्यक्ति सुरक्षा व्यवस्थाका लागि खतरा भन्दै प्रहरीले तिनलाई जहाज चढ्नबाट रोक्ने प्रयास गर्दै थिए । हुन पनि उनको हाते झोलालाई विद्युतीय जाँच गर्दा अनौठो चित्र देखियो ।



त्यसपछि प्रहरीले झोलाधनीलाई खोजेर झोला खोल्न कर गरे । तर लाजले हुनसक्छ, तिनले झोला खोल्न मानेनन् । उनले भने- "त्यहाँ क्रिसमसको उपहार छ, मलाई लाज लाग्छ त्यसैले तपाईंहरु मेरो सामुन्ने त्यो नखोल्नुहोस् ।"

त्यसपछि त प्रहरीहरुलाई झनै शंका लाग्यो, यसमा जरुर केही गडबड छ । त्यसपछि उनीहरुले ब्याग फोडेर हर्ेदा त्यहाँ १० पाउन्ड तौल बराबरको मज्जाले पकाइएको र्टर्कीको मासु रहेछ ।

"त्यो मैले क्रिसमस मनाउनका लागि भनेर घरैबाट मज्जाले बनाएर ल्याएको थिएँ", नाम नखुलाइएका ती व्यक्तिको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने- "त्यसैले मलाई त्यो त्यहाँ छ भनेर देखाउन लाज लाग्यो । मेरो क्रिसमस तपाईंहरु किन खराब गरिरहनु भएको छ -"

उनले के पनि दाबी गरे भने- पूरा स्पेनभर यत्तिको मीठो र्टर्की फेला पार्न मुस्किल छ । त्यसैले तपाईंहरुले मलाई यो लैजान दिनर्ुपर्छ ।"

एयरपोर्टका अधिकारीहरुले भने- "वास्तवमा हाते झोलामा त्यसरी र्टर्की फेला पारिएको यो पहिलो घटना भएकाले हामीलाई अचम्म लागेको मात्र हो । अब उनले त्यत्तिकै खान्छन् कि पकाएर त्यो त उनले नै विचार गर्ने कुरा हो ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country