Home» Around the World »Weird and Interesting



सन् १८२३ मा अमेरिकी स्वतन्त्रताको घोषणा गरिँदा लेखिएको कागजी घोषणापत्र एउटा लिलामीमा चार लाख ७७ हजार ६ सय ५० डलरमा बिक्री भएको छ । गएको वर्ष सङ्गीत वाद्ययन्त्र मिस्त्री माइकल स्पार्कले यो कागजलाई एउटा पसलबाट करसहित २.४८ डलरमा खरीद गरेका थिए ।

गएको बिहीबार उनले यसलाई इन्टरनेट र टेलिफोनबाट डाक बढाबढ गरेका थिए । यो डाक बढाबढमा छ व्यक्तिले भाग लिएको र एक लाख २५ हजार डलरबाट बोली शुरु गरिएको थियो । यो महत्वपूर्ण कागज कसले किन्यो भनेर नाम भने खुलाइएको छैन ।

उनले यो कागज म्युजिक सिटी थ्रिफ्ट शपमा गएको वर्ष मार्चमा फेला पारेका थिए । पहेँलो रंगको, मज्जाले गोलो गरी पट्याइएको अवस्थामा उनले फेला पार्दा कर सहित २.४८ डलर मात्र लेखेको देखेपछि उनी छक्क परेर तुरुन्त किनेका थिए । अमेरिकी 'डिक्लेरेशन अफ इण्डिपेन्डेन्स'को 'आधिकारिक प्रति' मानिएको छ । यो ती प्रतिहरु मध्येको एउटा हो, जुन १८२० मा जोन क्वेन्सी एडम्स आफू अमेरिकाको मुख्य सचिव हुँदा 200 प्रति छपाएका थिए ।

जाबो दुइ डलर ४८ सेन्टमा किनेको एउटा कागजले चार लाख डलरभन्दा बढी कमाई गरिदिएपछि स्पार्कको खुशीको सीमा छैन । यो पैसाले उनी कार किन्ने, घरको कोठा थप्ने, आमा-बुवालाई केही रकम सहयोग गर्ने र समाजसेवामा खर्च गर्ने एपी समाचार संस्थासँग बताएका छन् ।

"तपाइँले यो निकै ठूलो रकम हो भन्ने सोच्नु होला, तर यसबापत् मैले निकै ठूलो रकम कर पनि तिर्नुपर्छ । तर जति बचे पनि मलाई र मेरो परिवारको सानोतिनो रहर यसले अवश्य पूरा गर्नेछ", स्पार्कले अनुहार दिप्त बनाउँदै भने । भाग्य होस् त यस्तो पो !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: