 |
Home» Around the World »Weird and Interesting |
आराम फर्माउने चोर

जब कोही चोर्न भनेर भव्य बंगलामा पुग्छ, त्यहाँबाट उसले के के चिज उठाउला ? एक छिन सोच्नुस् त ! यो कुरा र त्यो कुरा मन पर्दापर्दै शायद यति ठूलो भारी बन्न सक्छ, जसलाई लैजान पनि गाह्रो होला । त्यस्तै केही सोच्नु भयो होला, होइन त ?
चीनका एक चोर एउटा बंगलामा पुगेपछि त्यस्तै समस्यामा पर्यो । त्यो समस्याले उनलाई पक्राउ मात्र गरेन, एक वर्षको जेल सजाय समेत हुन पुगेको छ ।
चीनको राजधानी शहर बेइजिङको एउटा भव्य र सुविधासम्पन्न बंगलामा सामान चोर्न छिर्दा ती चोरलाई त्यहाँको भव्यताले यति लोभ्यायो कि केही दिन त्यही घरभित्र आरामपूर्वक बसेपछि एक वर्षको जेलको शयरमा परेका छन् ।
ये नामका ती कामदार पाँच तल्ले एउटा भव्य घरमा 'चासो लागेर' छिरेपछि त्यहाँको सुकिलो बाथरुममा न्वाए । भोक लागेको बेला फ्रिजबाट खानेकुरा झिकेर खाए, टेलिभिजन पनि हेरे । यति मात्र होइन, दैनिक रुपमा महङ्गा कपडा दराजबाट झिकेर लगाए अनि फराकिलो सुबिस्ताजनक ओछ्यानमा निदाए पनि ! घरका मान्छेहरु भएको बखतमा समेत उनले यी सब काम भ्याएका थिए ।
तेस्रो दिन जब एउटा कोठामा ये छिरे, घरकी मालिक सुतिरहेकी थिइन् । त्यो मौकामा उनले फ्रिजबाट दूधको कार्टुन झिके र अर्को तलाको कोठामा छिरे, सांघाई दैनिकले हिजो छापेको छ ।
"घरकी मालिक बिहान सवेरै काममा गइन्, तर येले चाहिँ घर छोड्ने कुरामा रुचि राखेनन् । घरकी मालिक्नी साँझ कामबाट फर्किँदा, पहिलो तल्लामा गइन्, यस्तो अवस्थामा ये चाहिँ दोस्रो तलामा हुने गर्दथे । मालिक्नी दोस्रो तलामा जाँदा उनी पहिलो तल्लामा लुसुक्क लस्किन्थे", अखबारले लेखेको छ ।
अर्को दिन राति जब घरका मालिक दुइ बजे कामबाट फर्किए, उनी चकित परे । उनको आफ्नो कपडा लगाएर, नुवाइवरि ये टीभी हेरिरहेका रहेछन् । त्यसपछि उनले प्रहरीलाई खबर गरेपछि ये पक्राउ परेका हुन् ।
अनेक अप्सराका सौन्दर्यमा मुग्ध भएका देउता, ऋषिमुनि र जनावर (किङकङलाई पनि सम्झनुस्) भएको त हामीले सुनेका थियौँ, घरले मोहनी लगाएको कुरा चाहिँ तपाइँलाई पनि अचम्मै लाग्ने हुनुपर्छ । | |
|
|
|
|
|
|
|
|
|
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |