Home» Bazaar »Offers

हराएको मोबाईल फेला पारौं
-क्षितीज रेग्मी

बुढीलाई बल्ल बल्ल फकाएर २५ हजार हालेर किनेको नयाँ मोबाईल ट्याक्सीमा छोडेपछि रमेशले तीन फन्का न्युरोड लाएँ। २ घण्टा खोजेपछि आफू चढेको ट्याक्सी फेला पर्दा उनलाई त स्वर्ग पुगेको जस्तो लाग्यो। ३ महिनाको आम्दानी जम्मा पारेर किनेको नयाँ मोबाईल राम्रोसंग सुम्सुम्याउन पनि पाएका थिएनन् रमेशले।

हान्निएर पार्कींङ्ग गरेको ट्याक्सीको ढोका खोलेपछि खोतलखातल पारे रमेशले । मोबाईल नदेखेपछि उनको कान रातो भयो। हडबडाउँदै ड्राईभरलाई हराएको मोबाईलको कुरा सोद्धा ड्राईभरले झोक्किएर “मैले ठेक्का लेको हो” भनेपछि रमेश चुप्प लागेर फर्कनु पर्यो ।

घर पुगेपछि बिहानदेखि कसैले नपल्टाएको कान्तिपुर मन नलागी नलागी पल्टाउँदा एउटा विज्ञापनमा उनको आँखा पु्ग्छ। स्यामसङ मोबाईलले हराएपछि पत्ता लाउन सकिने मोबाईलको विज्ञापनदेखे पछि उनलाई आफुले त्यो मोबाईल नलिएकोमा चुकचुकी लाग्छ ।

मोबाईल ट्राकिङले कसरी काम गर्छ?


मोबाईलमा रहेको ट्राकिङ सफ्टवेरमा २ वटा नजिकको मान्छेको नम्बर ईन्ट्री गरेपछि जब फोन चोर्ने मान्छेले तपाईको सिम फालेर अर्को सिम हाल्छ, फोनमा रहेको सफ्टवेरले पहिला ईन्ट्री गरेको २ वटा नम्बरमा तु एसएमएस पठाँउछ। एसएमएसमा डिस्प्ले हुने नंबरनै तपईको फोन लाने मान्छेको नंबर हुन्छ र तपाईले आफ्नो मोबाईल कोसंग छ भनेर पत्ता लगाउन सक्नु हुन्छ।



 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Offers
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country