Home» Around the World »Weird and Interesting

हुलाकीलाई कार !



हुलाकी वा हल्कारा भन्ने बित्तिकै शायद तपाइँको मनमा एउटा यस्तो चित्र आउँछ, जो पसिनाले अस्तव्यस्त भएको, खाकीको कपडा लगाएको, साइकलमा चुइँचुइँ हिँडिरहने, राम्रो वा नराम्रो जस्तो सुकै खबर ल्याए पनि उसको अनुहारमा न हाँसो न खुशी न त दुःखी नै !

 तर अब भारतको केरला राज्यका हुलाकीका दिन फेरिने भएका छन् । तिनले साइकलको मुख देख्ने छैनन् र त्यसको साटो एउटा कार नै पाउने छन् । सुन्दा अचम्म लाग्न सक्छ तर उनीहरुले चिठ्ठी आदानप्रदानका लागि सरकारबाट इलेक्टि्रक कार पाउने भएका छन् ।

भारतको पहिलो इलेक्टि्रक कार कम्पनी उत्पादक रेभा
इलेक्ट्रिक कार कम्पनी लिमिटेडले केरला सरकारसँग गरेको एउटा सम्झौताअनुसार अब हल्काराहरुले कार पाउने छन् । अप्रिलको पहिलो सातादेखि केरलाको राजधानी तिरुवन्दपुरमको एउटा हुलाक कार्यालयलाई उक्त कम्पनीले तीन वटा कार दिने भएको छ ।

अप्रिल १५ मा त्यहाँको स्थानीय विशु महोत्सव (बालीनाली सम्बन्धी धार्मिक तथा सांस्कृतिक महोत्सव) को बेला यो प्रदान गरिने जनाइएको छ । रातो रङका यी कार प्रतिदिन ६० देखि १ सय किलोमिटरसम्म दगुर्न सक्छन् भने एउटा कारमा एक जना चालक र अर्को एक व्यक्ति अटाउन सक्छन् ।

"भारतीय हुलाक व्यवस्थाको १५० वर्षको इतिहासमा यो अद्वितीय अवसर हो", घोषणाबाट अत्यन्त हर्षभएका केरला पोष्टल सर्कलका उदय बालकृष्णनले हिन्दूस्तान टाइम्ससँग भने ।

द रेवा नामक प्रदूषणरहित यो कारमा दुइ जना मात्र बस्न मिल्ने भए पनि यसको पिकअप निकै राम्रो रहेको कम्पनीको दाबी  ।

द रेवा नामक प्रदूषणरहित यो कारमा दुइ जना मात्र बस्न मिल्ने भए पनि यसको पिकअप निकै राम्रो रहेको कम्पनीको दाबी छ । "हामीलाई देशकै सबैभन्दा पुरानो संस्थासँग आबद्ध हुन पाउँदा खुशी लागिरहेको छ । हाम्रो कारको प्रवेशले हुलाक सेवा अझ बढी प्रभावकारी हुनेछ भन्ने मलाई लागिरहेको छ", मैनी ग्रुप तथा रेवा कारका अध्यक्ष एस्.के. मैनीले बताए । यसको प्रभावकारिता हेरी तिरुवन्दपुरमका अन्य क्षेत्रमा समेत फैलाइने समाचारमा उल्लेख छ ।

रोचक के छ भने यस्तै किसिमको प्रयोग हालै बेलायतमा पनि भएको छ । जहाँ लण्डनको सरकारी हुलाक सेवाको स्तर वृद्धिका लागि सरकारले इलेक्ट्रिक कार प्रयोग शुरु गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: