 |
Home» Around the World »Weird and Interesting |
डट XXX
.jpg)
प्रस्ताव अस्वीकृत भएपछि खिन्न मुद्रामा आइसीएम रेजिष्ट्रीका अध्यक्ष स्टुआर्ट लली |
यौनप्रधान सामग्रीका लागि एउटा बेग्लै डोमेन नामको प्रस्ताव राख्दै गरिएको निवेदनलाई इन्टरनेट कर्पोरेशन फर असाइन्ड नेम्स एण्ड नम्बर्स (आइक्यान)ले अस्वीकृत गरेको छ । करिब सात वर्षअघि पेश गरिएको यो निवेदनमाथि धेरैअघिदेखि छलफल चलाइँदै आए पनि पाँचका विरुद्ध नौ मतद्वारा पराजित भएपछि यौनजन्य वेबसाइटको पछिल्तिर जोडिने डटएक्सएक्सएक्स (.xxx) को सम्भावना समाप्त भएको हो ।
तीन दिनअघि भएको यो निर्णय आइसीएम रजिष्ट्रीका अध्यक्ष स्टुआर्ट ललीको गम्भीर असहमति थियो- "बोर्डको यो निर्णय बाट हामी ज्यादै दुःखी भएका छौँ । बोर्डको यो निर्णयले यौनप्रधान सामग्री पस्किने वेबसाइटलाई नियमन गरिने कुरामा बिल्कूलै बेवास्ता गरिएको छ ।"
.xxx को शुरुवातपछि बेपत्तासँग खुलेका यौन मनोरञ्जनका इन्टरनेट पसललाई नियमन गर्न सजिलो हुने यसका पक्षधरहरुको विश्वास थियो । यसले इन्टरनेटमा हुने बाल यौन दुराचार र अन्य वयस्क सामग्रीलाई अरुसँग घुलमिल हुनबाट रोकिन सक्ने उनीहरुको धारणा थियो । उमेर नपुगेकाहरुलाई यस्ता ठाउँमा घुस्नबाट यो डोमेनले निकै नै सघाउ पुग्ने थियो, तर आइक्यानले यस्तो अवसरलाई ध्यान नदिएकोमा उनीहरुको गम्भीर आपत्ति थियो ।
त्यसो त यति गम्भीर विषयलाई हचुवाको भरमा निर्णय गरिनु हुन्न भन्ने कुरा आइक्यानका प्रमुख कार्यकारी पल ट्वोमीलाई राम्रैसँग थाहा थियो । त्यसैले यस्ता विषयमा इन्टरनेटका ज्ञाताहरुलाई ब्लगमा भरमार छलफलसमेत गराइएको थियो । जुन छलफलमा त्यो डोमेन प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा गम्भीर मतभेद र स्पष्ट ध्रुवीकरण देखिएको थियो ।
यो प्रस्तावको विरुद्धमा यौनसम्बन्धित मनोरञ्जन उद्योग र धार्मिक संघसंस्थाहरु खुलेर लागेका थिए । अझ यौन मनोरञ्जनका केही विज्ञहरुले त यदि त्यस्तो गरिएमा अन्य वेबसाइट र यौन वेबसाइटबीच फरक हुने र यौनप्रधान साइटहरु एक्लिने डर व्यक्त गरेका थिए । एक्लिएका यस्ता साइटमाथि सरकारले सीधै आक्रमण गर्न सक्ने भयसमेत उनीहरुको थियो । यता केही धार्मिक समूहले चाहिँ यौनप्रधान बेग्लै डोमेनले छाडापनलाई अझ बढावा दिने भन्दै घोर आपत्ति व्यक्त गरिरहेका थिए । अनि अरुको धारणामा चाहिँ यदि डटएक्सएक्सएक्स लागू भएमा आइसीएम रजिष्ट्री मालामाल हुने भविष्यवाणी गरिरहेका थिए किनभने यदि त्यसो भएमा यौनप्रधान हरेक वेबसाइटले आफ्नो पूर्व वेबसाइटको सट्टामा डटएक्सएक्सएक्समा दर्ता गर्नुपर्नेछ र हरेक नामबापत् आइसीएम रजिष्ट्रीलाई कम्तीमा पाँच सय डलर तिर्नुपर्नेछ । लाखौँका संख्यामा रहेका यस्ता वेबसाइटबाट हुने आम्दानीका लागि आइसीएम मालामाल हुने अनुमान पनि गरिएको थियो ।
तर यौनसामग्री सम्बन्धी वेबसाइटका लागि डटएक्सएक्सएक्स प्रस्ताव गर्ने र त्यसलाई सहयोग गर्नेहरु भने आइक्यानजस्तो संस्थाले सेवामा ध्यान दिनु पर्ने तर कसैले पस्किने सामग्रीकै आधारमा पाखा लगाउनु नहुने तर्क अघि सारिरहेका छन् । "यसलाई अस्वीकृत गर्नु कमजोरी, लाछिपन र नियमविपरीत छ", बोर्डका एक सदस्य सुसान क्रफोर्डले भनिन्- "यस्ता कुरामा राजनीति घुस्नु हुँदैन ।"
| |
|
|
|
|
|
|
|
|
|
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, | | | | | | |