Home» Around the World »Weird and Interesting

पैसाले पाइने आमा-बुवा !

पैसाले के किन्न पाइन्न ? सामान्यतया तपाइँले भन्नुहोला, आमा-बाबु । तर पोल्याण्डकी एक महिलाले आफ्ना दुइ सन्तान हजुरबुवा-हजुरआमा बिना हुर्किरहेको पीरले इन्टरनेटमार्फत् तिनका लागि हजुरबा-हजुरआमाको आवेदन आहृवान गरेकी छिन् । रोचक त के छ भने त्यसको बदलामा उनले इमेलमार्फत् आफूलाई तिनको हजुरबा-हजुरआमा बनाउन हजारौँ आवेदन उनीकहाँ परेको छ ।

उनीकहाँ आएका अधिकांश बुढाबा र आमाहरु एकल जीवन बिताइरहेका नै छन् । हालैका केही वर्षयता युरोपियन युनियनले आफ्नो सदस्य संख्या बढाएपछि पोल्याण्डसमेत सदस्य राष्ट्र हुन पुगेको छ र अधिकांश पोलिस युवायुवतीहरु स-परिवार उच्च जीवनस्तरको खोजीमा बेलायत बसाइँ सर्ने गरेका छन् । काम गर्ने हुति भएका युवाहरुले आफ्ना बा-आमालाई बिचल्ली पार्दै बसाइँ सरेपछि अहिले पोल्याण्डमा एकल जीवन बिताइरहेका हजुरबा-हजुरआमाको संख्या बढेको छ ।

पछिल्लो पुस्ताका बालबालिकाहरु हजुरबा-आमा बिना हुर्किरहेकोमा त्यहाँ राष्ट्रिय चिन्ताको विषय बनेको छ । यस्तो अवस्थामा अगाथा जेमिरेसले आफ्ना सन्तान हजुरबा-आमा बिना नहुर्किऊन् भनेर शुरु गरेको अभियानलाई राम्रो प्रतिक्रिया आएको हो ।

पोल्याण्डको बियालिस्टोक निवासी अगाथाले आफ्ना आमा-बुवा गुमाएपछि आफ्ना सन्तानहरु बिना हजुरबा-हजुरआमा हुर्किने भए, तिनलाई रोचक लोककथा सुनाउने व्यक्तिको अभाव भयो भन्ने सोचेर आमा-बुवालाई भाडामा ल्याउने भएकी हुन्, उनले भनिन्- "म मेरा सन्तान हजुरबुवा र हजुरआमारहित हुर्किएको देख्न चाहन्नँ । त्यसैले मैले यो उपाय झिकेकी हुँ ।"

तर उनले आशा गरेभन्दा बढी प्रतिक्रिया आएपछि उनी छक्क परेकी छिन् । उनले आफ्नो विज्ञापनमा लेखेकी थिइन्- "हामी एउटी हजुरआमालाई अपनाउन चाहन्छौँ, जसलाई हामी छुट्टि मनाउन, घुम्न, रमाइलो गर्न र किनमेल गर्न सघाउन सकोस् । यो पैसासँग सम्बन्धित छँदैछैन, बरु प्रेम र मायासँग सम्बन्धित छ ।"

हजारौँ बूढा बा आमाले प्रतिक्रिया पठाएपछि अगाथाले एनानोभा समाचार एजेन्सीलाई भनिन्- "मलाई थाहा छ, मसँग धेरैलाई माया गर्न सक्ने ठूलो मन छ । तर पोल्याण्डभरिका यति धेरै बूढा बा-आमालाई सम्हाल्न सकूँलीजस्तो चाहिँ लागेको छैन । त्यसैले म अहिलेलाई एउटी हजुरआमा मात्र चाहन्छु मेरा दुइ छोरीका लागि !"


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
विज्ञापन उपाय हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट बलिउड प्रविधि कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: