Home» Around the World »Weird and Interesting

अचम्मका पशुपंक्षीहरु

बेलायतको हृयाम्पसायरस्थित एक कृषकको घरमा चार खुट्टे हाँस जन्मिएपछि त्यस ठाउँ वरपरका मानिसका लागि एउटा पर्यटकीय आकर्षणको स्थल बनेको छ । गुमनाम जिन्दगी बिताइरहेको यो हाँसको बारेमा स्थानीय अखबारहरुले छापेपछि एकै पटकमा यो 'स्टार' बनेको छ ।

यो हाँस आइटीभीको बिहानी कार्यक्रम 'दिस मोर्निङ'मा देखा परेपछि यो रातारात 'स्टार' हाँस बन्न पुगेको हो । हृयाम्पसायर गजेटका अनुसार चार खुट्टे यो हाँसका मालिक निकी जानावे यही हाँसका कारण मालामाल भएकी छन् ।

रमाइलो के छ भने माथि उम्रिएको यसको खुट्टाले राम्रोसँग पौडी खेल्न सक्छ । निकीका अनुसार पहिले उसले उम्रिएका खुट्टाबाट पौडिने गरेको थिएन । उसको प्रगति कतिसम्म छ भने नयाँ खुट्टाको कमाल देखाउँदै नयाँ पोथी एलिस पनि खोजिसकेको छ । दुवै सँगै पौडिन रमाइलो त मान्छन् तर चार खुट्टाको कमालले उसको पौडी यति चाँडो हुन्छ कि एलिस पछाडि छुटिसकेकी हुन्छे ।

त्यस्तै एउटा अर्को समाचारका अनुसार अष्ट्रेलियाकी एउटी राजहाँस प्लाष्टिकले बनेको कृत्रिम स्वेत राजहाँसको प्रेममा फँसेकी छ । पूरा जाडोयाम भरि उसले प्लाष्टिकको हाँसनजिक बिताएको थाहा पाएपछि स्थानीय चिडियाघरका कर्मचारीहरुले अचम्म मानेका थिए ।

पेट्रा नामकी उक्त राजहाँस पेडलिङमार्फत् चल्ने राजहाँस आकारको मेसिनसँग प्रेममा फँसेकी हो । जाडो याममा सामान्यतया राजहाँसहरु दक्षिणी भेगमा बसाइँ सर्ने गरे पनि पेट्राले यस पटकको जाडो यहीँ मनाएकी थिई र कृत्रिम हाँसबाहेक अन्यत्र कतै नगएकी कर्मचारीहरुले बताए ।

"पेट्राले आफ्नो प्लास्टिकको प्रेमीलाई निर्मिमेष हेरिरहने, त्यसको वरिपरि चक्कर लगाइरहने, मधुर आवाज निकालेर गीत गाउने, आदि व्यवहारका कारण ऊ पक्कै नक्कली राजहाँसको प्रेममा फँसी भन्ने थाहा हुन्छ", जर्मनीको उत्तर-पश्चिमस्थित म्युनस्टरका एक जीव वैज्ञानिकले बताए ।

यति राम्रो प्लास्टिकको राजहाँसलाई अरुले भाडामा पिकनिक मनाउन लैजाने नै भए  । त्यस्तो बेलामा ऊ स्वयम् पनि पिकनिक जाने गर्दछे आफ्नो प्रेमीलाई पछ्याउँदै ।


यस्तै अर्को एक खबरअनुसार तीन वटा पाटे बाघका सन्तानलाई एउटी सुँगुर्नीले आफ्नो छोराछोरी बनाउन स्वीकार गरेकी छे । भर्खरै पाँच वटा सन्तानलाई जन्माएकी त्यो सुँगुर्नीले बाघका सन्तानलाई अपनाएपछि सुँगुरका छाउरा र बाघका छाउरा सँगै दूध पिउने र एकअर्कासँग खेल्ने गरेका छन् । यो घटनालाई चीनस्थित झाङजाङ सफारी पार्कका कर्मचारीहरुले ज्यादै आश्चर्यको घटनाका रुपमा लिइरहेका छन् ।

रोचक के छ भने चीनमा अहिले सुँगुर वर्ष छ र यसरी सुँगुर्नीले आफूले नजन्माएका सन्तानलाई अपनाएर तिनलाई खुवाइपियाईमा ध्यान दिनु शुभसंकेतका रुपमा लिएका छन् ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर उदेकलाग्दो हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी सेलेब्रिटी फट्याइँ नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: