Home» Around the World »Weird and Interesting

फेरि अर्को बबाल !

एलिजाबेथ हर्लेको बिहे तामझामका विषयमा केही समयअघि यसै पृष्ठमा तपाइँले पढिसक्नु भएको छ भने बिहेपछिको घटनाक्रम पनि नछुटाउनुहोस् । हर्लेका ससुरा विनोद नायर, ६६, दुवैको बिहे क्रियाकलापबाट सन्तुष्ट छैनन् । उनको असन्तुष्टी खुलेर बेलायतबाट प्रकाशन हुने सण्डे मिररमा छापिएको छ । उनले भनेका छन्- "अरुण-एलिजाबेथको बिहेमा जे भयो, त्यसले हामीसँगको उनीहरुको सम्बन्ध टुटेको छ ।"

त्यसो भए तिनको बिहेमा त्यस्तो के भयो जसका कारण अरुण, एलिजाबेथ तथा विनोद नायरबीचको सम्बन्ध चिसियो त ? विनोद र उनकी श्रीमती जोआनले त्यहाँ सार्वजनिक रुपमा अपहेलित महसूस गरे । त्यो त पारिवारिक कार्यक्रम हुनु पर्ने हो, तर भए भरका सेलिब्रिटीका कारण त्यो पारिवारिक हुन पाएन । एलिजाबेथले आफ्नो बिहेका सम्पूर्ण निजी व्यहोरासमेत प्रेसलाई उपलब्ध गराइएकोमा जोआन रुष्ट भएकी थिइन् ।

विनोदले भने- "लिज र अरुणले हामीलाई बिहेभरि राम्रो व्यवहार गरेनन् । दुःख र पीडाले मेरो मन रोएको छ ।"


एक हिसाबले विनोद र उनकी पत्नी जोआनलाई कार्यक्रममा परित्यक्त महसूस गरेका थिए । जहाँ उनीहरुलाई कार्यक्रममा के गर्ने, कसरी गर्ने भन्ने विषयमा छलफल नै गराइएको थिएन । "सबै एलिजाबेथको रुचि अनुसार भएको थियो", विनोदले मिररलाई बताए ।

विनोदले भने- "शायद उनीहरु हाम्रो परिवारलाई सामेल भएको रुचाएका थिएनन् । अरु त अरु तिनले मेरी ८७ वर्षीया आमा कैलाशलाई (अरुणकी हजुरआमा) समेत बोलाएनन् । पहिले त मैले एलिजाबेथलाई एउटी मायालु र कहिल्यै नउम्तिने नारी ठानेको थिएँ, तर भित्रबाट ऊ त्यस्ती रै'नछे भन्ने मैले बुझेँ । त्यहाँ उसलाई परिवारभन्दा पनि बढी सेलिब्रिटीहरु जम्मा भएको हेर्ने रहर रहेछ ! त्यही भएर 'हेलो' म्यागेजिनलाई मोटो रकम लिएर (२० लाख पाउण्ड) बिहेको समारोहको आधिकारिक फोटो छाप्ने  सुविधा दिइएको रहेछ !"

विनोदले थपे- "मलाई थाहा छ, एलिजाबेथ ज्यादै महत्वाकांक्षी नारी हो । तर मलाई यो कत्ति पनि लागेको थिएन कि अरुले आफ्नोबारे चियो गरुन् भन्ने यत्ति रुचि राख्दिरहिछ । मेरी श्रीमती र मैले त्यहाँ एउटा तल्लो जातको मान्छेझैँ अपहेलित हुनुपर्‍यो ।"

आफूलाई नराम्रो व्यवहार गरिएकोमा चित्त मात्र दुखाएका छैनन् विनोदले, बरु उनले दिएको उपहारलाई पनि एलिजाबेथले लत्याएकोमा पनि दुःखी भएका छन्, मिररसँग भनेका छन्- "मैले बुहारीका लागि भनेर ३५ हजार पाउण्ड पर्ने हिराको हार दिएको थिएँ, विवाहको उपहार भनी । तर उनले सबै व्यक्तिहरुको सामुन्ने उसले यसलाई लिन अस्वीकार गरिन् । यसो गर्दा भारतीय परम्पराको खिल्ली उडाइएझैँ लाग्यो ।"

टाइम्स अफ इण्डिया अखबारले त्यतिबेलै एल्टन जोन, एलि म्याकफसन, ग्रीसका पाब्लोसलाई जति सम्मान दिइएको थियो, विनोद र उनकी पत्नीलाई त्यत्ति नै हेला गरिएको थियो भनी लेखेको थियो ।

विनोदलाई कति चित्त दुखेको रहेछ भने, पछि उनले एउटा चिठ्ठी छोरालाई लेखेका छन् र चिठ्ठीले भन्छ- "तैँले तेरो बिहेमा हाम्रो आत्मसम्मानमा ठेस पुर्‍याइस् र साथै तैँले मेरो अत्यन्त नजिकका साथीहरुको पनि चित्त दुखाइस् जो तेरो जन्म हुनुभन्दा अघिदेखि मसँग सम्बन्ध राख्थे ।"

यता एलिजाबेथ हर्लेले विनोद तथा उनकी पत्नीद्वारा उनमाथि लगाइएको आरोपमाथि आफ्नो केही भनाइ नरहेको बरु विनोदले आफ्नो बिहेको पार्टीका लागि गरेको खर्च ३० हजार पाउण्डको भर्पाई भने गरिने बताएकी छिन् । वाह ! बुहारीको चाला !!

Related Link:
एलिजाबेथ हर्लेको बिहे तामझाम

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
हलिउड सेलेब्रिटी मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: