Home» Around the World »Weird and Interesting

सबथोक बिक्रीमा



एक दिन अचानक ४५ वर्षीया लिजा पेरीलाई जिन्दगीबाट विरक्त लागेर आयो । तब यिनले के गरिन् भने आफ्ना सम्पूर्ण चिजबिज इन्टरनेटमा लिलामका लागि राखिदिइन् र जसले ती चिजबिजलाई बढीभन्दा बढी रकम हाल्छ, त्यसलाई जिम्मा लगाएर आफू लामो यात्रामा निस्कने योजना बनाइन् ।

इबे नामक लिलामी इन्टरनेट साइटमा अहिले लिजाले आफ्नो ३ सयभन्दा बढी सामाग्रीहरु लिलामीका लागि राखेकी छिन् । लिलामीमा उनले हिउँजुत्ता, आफ्नो ओछ्यान र सिरक-डसना, आफूले खिचेका फोटाहरु, सामुद्रिक अवशेष तथा यस्ता थुप्रै सामग्रीहरु- जुन उनलाई निकै प्यारा लाग्थे, ती सबै लिलामीका लागि राखेकी छिन् । त्यसो त उनले आफ्नो प्यारो कुकुर, विरालो, निजी एल्बम र निजी कपडाहरु भने लिलामीका लागि राखेकी छैनन् ।

"म अब जिन्दगीको मध्यमा आइपुगेँ, तर यो मेरालागि संकटपूर्ण छैन । बरु म त मध्यजीवनमा एउटा नयाँ रमाइलो अनुभव गरिरहेकी छु । यतिबेला मलाई मैले जे जति भेला पारेँ, त्यो चाहिएको छैन । बरु म नयाँ चिज सिर्जना गर्न चाहन्छु र पुरानाहरु बिर्सन चाहन्छु", लिजाले एएफपीलाई बताइन् ।

लिजा पेशाले वकिल हुन् । त्यसअघि उनले मिनेसोटा राज्यमा सञ्चार प्रोफेसरका रुपमा पढाइन् पनि । उनले नर्थ क्यारोलिनामा पुस्तक बिक्रेताका रुपमा पनि आफ्नो जीवन बिताइसकेकी छिन् । यति धेरै ठाउँमा आफ्नो जिन्दगीको आधा समय बिताइसकेपछि उनी अब आफ्नो जिन्दगीलाई अझ अर्थपूर्ण रुपमा बिताउन चाहन्छिन् र त्यसका लागि उनी पुस्तक लेख्ने र योग गर्ने विचारमा छिन् ।

गएको आइतबारदेखि उनका सामानको लिलामीमा उति धेरै व्यक्तिले चासो देखाएका त छैनन् तर उनले ती सबै सामानको मूल्य करिब दुइ हजार डलर चाहेकी छिन् । धेरै रकमका कारण शायद चासो कम देखिएको छ । उनले यो मूल्य घटाउनेबारे पनि सोचिरहेकी छिन्, भन्छिन्- "म यी सामान एउटै पनि चाहन्न । त्यसैले यी सबै बिक्री हुन् भन्ने चाहेकी हुँ ।"

इबेमा लिलामीको प्रयोग यति सरल र उपयोगी भइरहेको छ कि हरेक साधारण व्यक्तिले आफूले चाहेको चिजबिज खरीद र बिक्री गर्न सक्दछ । यस साइटको आठ करोड ६० लाख त आधिकारिक प्रयोगकर्ता नै छन् । जसमा २७ हजार विभिन्न क्याटगरी छन्, जसअन्तर्गत आफ्नो जेसुकै पनि किनबेच गर्न सक्तछन् । अन्य व्यवसाय चलाउन तपाइँलाई लाखौँ पर्न सक्छ, तर यसको मद्दतले बिना कुनै पैसा तपाइँका सामान खरीद बिक्री हुन सक्तछ । शायद त्यही भएका कारण यसका प्रयोगकर्ता साढे आठ करोड भएका होलान् !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
विज्ञापन प्रविधि इन्टरनेट माया सुन्दरी सेलेब्रिटी गुगल बलिउड भव्यता नग्नता श्रीमानश्रीमती फट्याइँ मूर्ख्याइँ उपाय उदेकलाग्दो परिस्थिति हलिउड मुद्दा मामिला कीर्तिमान उदारता
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read