 |
Home» Around the World »Weird and Interesting |
हराएका बिहे गाउन मेक्सिकोमा
अमेरिकी सीमा क्षेत्रको प्रहरीले चोरी भएका एक हजार वटा बिहेका गाउनहरु फेला पारेको छ । यी गाउन क्यान्सर च्यारिटीमा प्रदर्शित थिए तर ती सबै चोरी गरी एउटा ट्रयाक्टरमा खाँदखुँद पारेर मेक्सिको लैजाँदै गर्दा फेला पारिएको प्रहरीले बताएको छ ।
लस एञ्जल्सस्थित मेकिङ मेमोरिज ब्रेस्ट क्यान्सर फाउण्डेशनमा गएको नोभेम्बरमा यी सबै गाउनहरु प्रदर्शनका लागि राखिएका थिए । तर प्रदर्शन लगत्तै यी गाउनहरु एरिजोनास्थित स्कट्सडेलबाट चोरी भएका थिए- अमेरिकाको कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन नामक संस्थाले रोयर्टसलाई बतायो ।
दक्षिणी एरिजोनास्थित निरीक्षकहरुले गएको साता ट्रयाक्टरमा ल्याउँदै गर्दा त्यसको जाँच गर्दा यी गाऊनहरु फेला पारिएका थिए । मेक्सिकोका प्रहरीहरुले यी सामग्री आफ्नो देशभित्र छिराउन अस्वीकार गर्दैगर्दा अमेरिकी अधिकारीहरुले ती सामग्री जफत गर्न भ्याएका थिए ।
३० लाख डलर मूल्य बराबरका यी सामग्रीसहित सामग्री ओसार्ने चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ । तर ती चालक अमेरिकी हुन् या मेक्सिको निवासी हुन् भन्ने अझै खुलाएको छैन ।
यता मेकिङ मेमोरिज् ब्रेस्ट क्यान्सर फाउण्डेशनका राष्ट्रिय निर्देशक तथा सह-संस्थापक फ्रान हानसेनले फेला पारिएको सामग्रीप्रति प्रहरीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
"सामान फेला पारिएको समाचार आएपछि त म सपनाबाट ब्यूँझिएझैँ भएँ", हानसेनले भने- "केही महिनायता म लगातार यी सामानहरुको सकुशल फेलाका निम्ति प्रार्थना गरिरहेको थिएँ ।"
फेला पारिएका बिहेका गाउनहरुमध्ये कतिपय विभिन्न व्यक्ति तथा संस्थाबाट बेचविखनका लागि सहयोगस्वरुप प्राप्त भएका थिए ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |