Home» Television »Biography

टेलिभिजनको अग्लो मान्छे

मलाई सानैमा एउटा पाठ पढाउनु भएको थियो पिताजी टीकाभूषणले- सिनेमा बनाउने गल्ती कहिल्यै नगर्नू !

तर त्यो गल्ती नै  पछि गर्न पुगे ।

सिनेमा हेर्नु नै सिनेमासँगको नाता हो । पहिलो सिनेमा हेरेको चाहिँ 'गुमनाम' थियो ।

बूढानीलकण्ठ स्कूलमा पढ्दा सातामा एक पटक सिनेमा देखाइन्थ्यो र त्यतिबेला नै संसारका उत्कृष्टतम् सिनेमाहरु हेर्न अवसर पाए ।

ठूलो चिज गर्न पाए हुन्थ्यो, नामुद मानिसहरुको कथाहरु सुन्दा उत्साह जाग्ने । जीवन एडवेन्चर हो भन्ने लाग्थ्यो । इन्टेलिजेन्ट थिएँ तर अल्छी थिएँ । त्यसैले पार लागेँ, नत्र म अन्डर एसएलसी हुन्थेँ होला ।

फेरि अर्को ठट्टाले कोठा रंगियो ।

तत्कालिन हिसाबमा स्कूलको यस्तो माहौल थियो, सामाजिक रुपान्तरण, समावेशी राजनीतिको कुरा गर्र्छौँ, ती सबै कुराहरु स्कूलमा नजिकबाट अनुभव गर्ने अवसर पाएँ । त्यतिबेलै म रुपान्तरित मान्छे हुँ । मेरा साथीहरुमा रसुवाको उपल्लो ठाउँबाट आएको व्यक्ति पनि साथी थियो, जसले मोटर र चप्पल देखेको थिएन । चितवनबाट आएको एक चेपाङ साथी थिए, रविलाल प्रजा । जसलाई 'वास्तविक आदिवासी' थिए । हामीजस्ता बीचका मान्छे पनि थिए । र, जन्मिदै राजा तिमी नै हौ भनिएका दीपेन्द्र पनि हामीसँगै थिए । त्यो रंगले किताबले भन्दा बढी पढायो । त्यसैको आधारमा आधा जुनी गयो । त्यसैले मलाई अहिले जति चिच्याई चिच्याई भन्ने गरेको समावेशीको कुरा गरिरहेका छन्, त्यो मैले त्यतिबेलै बुझेको थिएँ ।

कोही ठूला कोही साना भयौँ भन्यो भनेर हुने होइन ।

त्यहाँ ठूला मान्छे मात्र थिएनन्, हुने वालाहरु मात्र थिएनन्, केही नहुनेहरु पनि थिए । दुइ छाक खान नपाउनेहरु पनि थिए । त्यस स्कूलमा भविष्यका राजा दीपेन्द्र, रविलाल प्रजा, म, रसुवाका साथीलाई एउटै किसिमको बिछ्यौना थियो, एकै किसिमको खाना थियो, एउटै किसिमको व्यवहार थियो । कोही युवराज भएकाले उसलाई बढी सम्मान र कोही आदिवासी भएका कारण उसलाई थोरै सम्मान दिनर्ुपर्छ भनेर कहिल्यै सिकाइएन ।

सात वर्षो त्यहाँको स्कूलमा पढिसकेपछि एसएलसी पास भइयो । प्रथम श्रेणीमा पास भएपछि त्यसबेला साइन्स पढ्नुपर्छ भन्ने मान्यता थियो । त्यही मान्यताअनुसार अमृत साइन्स कलेजमा भर्ना भएँ । अमृत साइन्स कलेजमा पढाइ-सर्ढाई भयो । पढाइभन्दा पनि त्यहाँ सढाइ बढी भयो ।

त्यहाँको पढाइ पढाइजस्तो थिएन । सडाइजस्तो थियो । त्यहाँको कक्षा कक्षाजस्तो थिएन । त्यही कारणले मैले साइन्स राम्रोसँग पढ्न सकिनँ । मैले साइन्स छोडेर मानविकी पढ्ने निर्ण गरेँ र त्रिचन्द्र कलेजमा भर्ना भएँ । त्यहाँ अर्थ, राजनीति र अंग्रेजीमा मैले बीए पास गरेँ । एमए चाहिँ मैले समाजशास्त्रमा गरेँ । त्यो पनि निकै कम कलेज गएर । कलेजको स्थापित मान्यताप्रति मेरो घोर विरोध थियो । म त्यहाँ हुने पढाइको शैलीबाट नाखुश थिएँ ।

टेलिभिजन यात्रा

बीए सकिने बेला मैले टेलिभिजनमा जागीर खाएँ र पहिलो दिन मेरो काम थियो, त्यहाँको तारहरु बेर्नु ! तर काम त काम हो भन्ने कुरा सिकेको मैले त्यो बेला सानो अनुभव गरिनँ । तर प्रतिभाले विस्तारै अरुलाई तह लगाउँदै गएँ । मान्छेहरु मसँग 'सण्डे पप'को कुरा गर्छन् र अहिलेसम्म त्यो कुरा गर्छन् । 'सण्डे पप'भन्दा महत्वपूर्णं र नौलो कामहरु गरेको थिएँ । त्यो बेला २० रुपियाँ ज्यालादारीमा काम गरेको थिएँ । सन् १९८८ तिरको कुरा हो ।

पौडी खेल्न नजान्नेलाई समुद्रमा फाल्दिएजस्तो लाग्यो । पौडिन सिकेँ, अलिअलि पानी पनि खाएँ, पेट ढाडियो, रुघा लाग्यो होला तर विस्तारै पौडिन थालेँ । त्यसपछि मैले हजारौँ घण्टा, किसिमका कार्यक्रम र हजारौँ व्यक्तिहरुसँग भेट भयो । मैले गरेका कामहरु अझैसम्म याद छ मलाई ।

सण्डे पपभन्दा अघि साढे दुइ वर्ष मैले गहन कामहरु गरेको थिएँ तर मुसोले पनि हेरेको रहेनछ । वृत्तचित्र, फिचर आदिहरु बनाएको थिएँ ।

एक दिन टेलिभिजन गरेर कोही अमिताभ बच्चन हुन सक्तैन, अनेकौँ वर्षत्यहाँ भिजेपछि मात्र मान्छे मान्छे हुन्छ । यो फिल्मजस्तो होइन, टेलिभिजनमा रातारात स्टार हुने स्थिति छैन । ल्यारी किङ, वेप्रा विन्फे, वाल्टा कन्क्राइटजस्ताले पाएको सफलतालाई आइडल मान्न सकिन्छ तर उनीहरुजस्तो हुन चाहिँ सकिँदैन । किनभने हामीले नेपालमा बसेर नेपाली नै हुन सक्नु पर्छ । सन्डे पप र्टर्निङ प्वाइन्ट भयो । त्यसपछि मलाई काम गर्न सजिलो भयो ।

अढाइ वर्षसन्डे पप चलाइसकेपछि 'पप इमेज' छाडेर 'प्रतिविम्व' चलाएँ । नेपालको संस्कृति, प्राकृतिक श्रोत र साधन विषयमा फिचर बनाएँ । मान्छेहरु अझै पनि त्यो कार्यक्रमको कुरा गर्छन् । मलाई अझै लाग्छ, त्यो निर्ण मैले सही निर्ण गरेछु ।

यसपछि वृत्तचित्रको रस बस्यो । त्यो रसले मलाई आर्थिक रुपमा पनि सबल बनायो । अहिलेसम्म साना ठूला गरेर १०० वटा वृत्तचित्र बनाइसकेको छ ।

नेपाल टेलिभिजनमा मैले करिब साढे नौ वर्ष बिताएँ तर मानिसहरु नेपाल टीभीको मेरो करियर निकै छोटो मान्छन् र कहिलेकाहीँ भन्छन् पनि- कति ठाउँ फेर्नु हुन्छ ?  साढे नौ वर्षो समयमा मैले साँच्चिकै सोच्ने, बुझ्ने र सिक्ने मौका पाएँ । मैले धेरै कुरा सिक्ने पाएँ ।

यो सही हो कि मैले धेरै ठाउँ फेरेँ, सही कुरा हो । तर मैले पेशा परिवर्तन गरेको छैन । नेपाली टेलिभिजनको उन्नतिका लागि नै मैले सक्दो काम गरिरहेको थिएँ ।

नेपालमा निजी क्षेत्रका टीभी चल्ने माहौल बन्न थालेको थियो । इमेज च्यानल शुरु होलाजस्तो भइरहेको थियो र त्यहाँबाट पहिलो प्रस्ताव मैले नै पाएको थिएँ । निजी क्षेत्रबाट टेलिभिजन चल्नु पर्छ र बिजारोपण सही भयो भने टेलिभिजन फस्टाउन सक्छ । भविष्य यदि छ भने निजी क्षेत्रको नै छ भन्ने लागेका कारण मैले त्यहाँ ज्वाइन् गरेँ । त्यहाँ पैसा उति राम्रो थिएन, न त मेरो त्यहाँको काम गराइमा १८ हजार रुपियाँ भन्दा बढी नै पाएँ । तर त्यहाँ बसुञ्जेल त्यसको उन्नतिका लागि मैले सक्दो गरेँ ।

जिन्दगीमा मैले गलत निर्ण पनि गरेको छु । त्यो गलत निर्ण भध्ये सबैभन्दा ठूलो निर्ण चाहिँ 'दिव्यदृष्टि च्यानल' खोलेर गरेको थिएँ । इमेज च्यानल छोडेर आफ्नै सफ्टवेयर कम्पनी खोल्ने विचार गरेँ । डेढ वर्षो समयमा मैले कमाएको पूँजी, सर्म्पर्क आदि सबै गुमाएँ र त्यो गुमाई यस्तो थियो कि झन्नै बौलाएँ । बौलाएँ भन्नुको तार्त्पर्य १३/१४ वर्षो करियर एक चुट्कीमा खस्किँदो रहेछ भन्ने लाग्यो । म व्यापारी होइन, एक र्सजक रहेछु । म सिर्जनामा बढी रमाउँदो रहेछु भन्ने मलाई त्यतिबेला लाग्यो । मैले मेरो कम्पनी डुब्नै लागेको अवस्थामा त्यसबाट निस्कन एउटा व्यवसायिक कार्यक्रम बनाउने सोच पलायो र त्यो कार्यक्रम 'दिशानिर्देश'को रुपमा नेपाल टीभीमा आयो ।

दिशा निर्देश त्यो बेला टेलिभिजनमा आयो, जतिबेला माओवादीको उच्चारण गर्नु मात्र पनि ठूलो छिःछिः र दूरदूरको कुरा थियो । तर सँगसँगै माओवादी समस्याका बारेमा बोल्नु भनेको हिम्मतिलो काम पनि थियो । मैले त्यो बिँडो उठाएँ । विजयकुमारलाई अनुहार बनिदिन आग्रह गरेँ र १२ भागमा माओवादी समस्या र समाधानका उपायहरु शुरु गरेँ । दर्शकले कसरी लिए थाहा छैन, तर टीभी कार्यक्रममा 'ठूलो लगानी'को शुरुवात भयो ।

कान्तिपुर टीभीले लाइसेन्स पाएको भोलिपल्टदेखि म यो च्यानलमा नियुक्ति पाउने पहिलो व्यक्ति बनेँ । मलाई अहिलेसम्म के कुरामा खुशी लागिरहेको छ भने भूषण दाहाल भन्ने मान्छे कुनै पनि च्यानलको पहिलो रुचिको विषय बनेको रहेछ । र, यो स्थितिमा आउन दर्शकको मायाले ठूलो भूमिका खेलेको छ । त्यही मायाले मलाई सधैँ, एकपछि अर्को सुरुचि कार्यक्रम बनाउन ऊर्जा दिइरहेको छ ।

म्युजिक भिडियोको निर्देशक

म्युजिक भिडियो त धेरैअघिदेखि बन्न थालेको हो । सत्यहरिश्चन्द्रको गीत थियो भने त्यही नै थियो, पहिलो गीतिदृश्य । तर टेलिभिजनको प्रादुभावपछि टेलिभिजनको स्तरअनुसार म्युजिक भिडियो बनेका थिए । 'क्रोमा' आयो, क्रोमापछि बाहिर भिडियो खिच्न जाने चलन भयो ।

इमेज च्यानलमा प्रवेश गरेपछि भने मैले म्यानेजर हुन थालेँ । तर म र्सजक थिएँ, व्यवस्थापन गरिसकेपछि बाँकी रहेको समयका लागि के गरुँ भनेर छटपटि भइरहन्थ्यो । सन् १९९६ मा मैले एउटा हाते भिडियो क्यामेरा किनेको थिएँ । त्यो क्यामेरामा के खिचौँ के खिचौँ भइरहेको थियो । अगाडि निमा (रुम्बा) नै भएपछि मैले निमाको 'क्याटवाक' गीतलाई नै छायाँकन गर्ने विचार आयो । त्यो गीतका लागि मैले २० मिनेट विभिन्न कोणबाट खिचेँ । खासमा भन्ने हो भने त्यो भिडियो एकदमै साधारण भिडियो थियो । त्यसबेला इमेज च्यानलमा कार्यक्रमको अभाव थियो । त्यो अभावको बेला गीत धेरै पटक बज्यो । धेरै पटक बजेपछि मान्छेले त्यो गीतलाई निकै रुचाए । यसरी इमेज च्यानलबाट भिडियो बनाउने र त्यसलाई प्रसारण गर्ने चलनको शुरुवात भयो ।

दोस्रो भिडियो बनाउने प्रस्ताव आएको थियो । गायकको नाम भन्दिनँ । उनी एक, दुइ, पाँच र १० का नोटहरु जम्मा गरेर पाँच हजार लिएर आएका थिए । त्यसबेला कम्पनीको नियमअनुसार एउटा म्युजिक भिडियो बनाउन ५ हजार लिइन्थ्यो र ती गीत टीभीबाट प्रसारण गरिन्थे । बेलाबेलामा काम गर्दागर्दै कतिसम्म भयो भने पूवाञ्चलको भ्रमणमा पाँच दिनमा सात वटा भिडियो बनाएँ पनि । मलाई मेरा व्यवस्थापकीय कामहरुले दिमाग खायो, चैन हराउन थाल्यो र केही नयाँ काम गर्नुपर्‍यो भन्ने शरीर र मनले खोज्न थाल्यो भने चाहिँ म राम्रा गीतहरुमा भिडियो बनाउँछु । तर म थोकमा भिडियो बनाउन चाहिँ सक्तिनँ । मलाई कामको बीचमा थोरै 'स्पेश' चाहिँ चाहिन्छ । मेरो दिमाग र शरीरले त्यो खोज्छ । कुनै काम गरिसकेपछि त्यो कामको ताली र गाली खोज्छु । त्यो ताली र गालीपछि मलाई नयाँ कामको जोश आउँछ ।

मानिसहरु मलाई म्युजिक भिडियो निर्माणका लागि नं. एक मान्छन् तर म आफूलाई त्यस्तो मान्दिनँ । तर के मान्छु भने नेपालमा म्युजिक भिडियोको उन्नतिका लागि म प्रत्यक्षअप्रत्यक्ष रुपमा गाँसिन सकेँ । यसमा मलाई गर्व चाहिँ अवश्य छ ।

सफ्टवेयर निर्माण

मेरो अनुभवले के भन्छ भने कुनै पनि टीभी संस्था कार्यक्रम निर्माता हुनु उति राम्रो कुरा होइन । टीभी संस्था स्वयम्ले कार्यक्रम बनाउनुभन्दा पनि बाहिरका स्वतन्त्र निर्माताहरुले कार्यक्रम बनाउनु श्रेयस्कर हुन्छ । त्यो बढी राम्रो र असल हुन्छ । कम्तीमा राम्रा कार्यक्रम बनाएर राखिराख्यो भने भोलि टेलिभिजनहरुले त्यो कार्यक्रम किन्ने छन् र समयक्रममा हामी मालामाल हुनसक्छौँ भन्ने मलाई लागेको थियो । त्यसका लागि मैले काठमाडौँकै सोनी कम्पनीको शो रुममा मैले यो प्रस्ताव राख्दा एकल लगानी भन्दा पनि पार्टनरशीपमा काम गर्ने योजना अघि सारे । त्यो जँचेपछि हामीले कार्यक्रम बनाउन थालेका थियौँ । कार्यक्रम निकै बनाएर राख्यौँ पनि, तर मैले सोचेजस्तो राम्रो चाहिँ हुन सकेन । म नराम्ररी आर्थिक रुपमा यसमा डुबेँ ।

अझै पनि नेपाली टेलिभिजनहरुले 'इन हाउस प्रोडक्शन' चलाइरहेका छन् । म यसको विरोधी हुँ । मैले समयभन्दा अगाडि त्यो सोचेँ । तीन वर्षछि त्यो सोच आएको भए म एउटा खुशहाल व्यापारी हुन्थेँ होला ।

स्टार प्लसले न्यूज च्यानल चलाउन एनडीटीभी नभइदिएको भए चलाउनै सक्तैनथ्यो ! आज स्टार प्लसलगायत विभिन्न च्यानलहरु बाँचेका नै स्वतन्त्र कार्यक्रम निर्माताहरुका कारण हो । बालाजी, कन्टिलो, युटीभीजस्ता प्रोडक्शन कम्पनी नभएको भए भारतमा स्तरीय कार्यक्रमहरुको बाढी आउँथ्यो - तिनले उपलब्ध गराउने स्तरीय कार्यक्रमले ती च्यानलको रेटिङ उच्च भएको त थाहा छँदैछ हामीलाई । तर यसो भन्दैमा छिँडीमा चलाइएका प्रोडक्शन हाउसका कार्यक्रमहरुलाई हामीले स्थान भने दिनु हुन्न । स्तरीय स्वादका लागि स्तरीय कार्यक्रमहरु बनाइनु पर्छ ।

विज्ञापन इन्डष्ट्री ठूलो छ । एक डेढ अर्बको व्यापार छ त्यहाँ । आय श्रोत बढ्ने हो, उद्योगहरु बढ्ने हुन् भने त यो ठूलो उद्योग छ । विगत १० वर्षा, संकटका बेला त हामीले अर्बौँको व्यापार यसबाट गर्‍यौँ भने त अब अझै राम्रो बेला आउँदैछ । यस्तो बेलामा स्तरीय कार्यक्रमको आवश्यकता छ । जनता पनि यसका लागि तयार छन् ।

घुमिफिरी रुम्जाटार अर्थात् 'कागबेनी'

सानोमा रहेको सिनेमाको मोह अहिले आएर पूरा भएको छ । मैले केही हित मिल्ने साथीहरुसँग मिलेर सिनेमा 'कागबेनी' निर्देशन गर्ने अवसर पाएँ । जोमसोमजस्तो ठाउँमा गएर पनि एउटा पिकनिकजस्तो गरी सिनेमा तयार भयो ।

यो जिम्मेवारी मैले विगत २० वर्षो टेलिभिजनको अनुभवले पाएको हुँ ।

यो फिल्मको सफलता/असफलताले मैले गर्ने अर्को सिनेमालाई प्रभाव पार्दैन । यो सिनेमाले सफलता पायो भने मेरो चलचित्र निर्देशनको बाटो झनै सजिलो हुन्छ । हाइडेफिनेशनमा फिल्म बनाउने कुरामा म पहिलो व्यक्ति भएकाले यसमाथि मेरो ठूलो जिम्मेवारी छ । चलचित्रको अन्तिम रिलिजको समयसम्म यसबारे मेरो चासो रहनेछ । फिल्म हिट भयो भने काम गर्न अझ सजिलो हुनेछ ।

यो फिल्म नै नहेरी कोही मलाई निर्देशक बनाउन राजी हुन्छ भने त म के भन्न सक्छु र - तर मलाई सबैभन्दा डर चाहिँ के लाग्छ भने म जोडिएको कुनै पनि प्रोजेक्टमा कोही निर्माताले झुण्डिएर आत्महत्या गर्ने अवस्था चाहिँ नआओस् । बरु त्यसो हुन्छ भने त्यो प्रोजेक्ट नै हात हाल्दिनँ ।

केही व्यक्तिहरुलाई सिनेमाको सफलताबारे आशंका छ । त्योभन्दा अघि सिनेमा बन्नेबारेमा नै शंका गर्थे । अब हुँदाहुँदा चलचित्र तयार त भयो, पर््रदर्शन कहाँ गर्लान् भन्ने आशंका गर्न थालेका छन् । मेरो धारणा के छ भने कुनै पनि नयाँ कुरा गर्दा मान्छेहरुमा आशंका जरुर हुन्छ । तर नयाँ कुरा गर्दा कम्तीमा हामीले त्यसलाई काम गर्ने वातावरण त दिउँ !  त्यसपछि सिनेमाको रिलिज è

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: