Home» Around the World »Weird and Interesting

श्रीमती भाडामा लैजानुहोस्

शीर्षकले चकित पार्‍यो ? उसो भए अगाडि पनि पढ्नुहोस् ।

९,५८४ वटा महिलामध्ये जो सुकैलाई पनि भाडा
की श्रीमती बनाउन सक्नु हुन्छ । रेन्ट अ वाइफ डट बीईका अनुसार तपाइँले चाहेको रुप र स्वभाव आफैँले इन्टरनेटमार्फत् सबैथोक विचार गरिसकेपछि तपाइँले दिएको ठेगानामा भाडाकी श्रीमती आइपुग्ने दाबी यो वेबसाइटको छ ।

त्यसका लागि के गर्नु पर्छ त ? त्यस्तो खास मिहिनेत छैन । मात्र तपाइँले रुचाएको तश्वीरलाई क्लिक गर्नुहोस् र त्यहाँ भएका सूचनालाई पछ्याउँदै जानुहोस् । र, अन्त्यमा जे सूचना आउँछ- तपाइँको दिमाग नघुमिरहन सक्तैन ।


वेबसाइट मात्र किन ? उक्त कम्पनीले टेलिभिजनमा पनि श्रीमती भाडामा पाइने विज्ञापन निकै आकर्षक तरिकाले देखाएको छ । जसमा एउटा केटाले केटीलाई निकै आकर्षक तरिकाले परख मात्र गर्दैन, त्यसलाई पेटीले बाँधबुँध गरेर आकर्षक भाँडोमा 'प्याक' गरी घर लिएर आउँछ । अच्छा, के एउटीले पुगेन ? दुइ, तीन, पाँच, पन्ध्र ?? त्यो पनि ठीक छ । एक साथ तपाइँले थुप्रैलाई मन पराएर घर लैजान सक्नु हुन्छ ।

यदि तपाईं यसमा रुची राख्नु हुन्छ भने इसबेलाजस्ती बोल्नमा खप्पिस र बौदिक अनि खाना पकाउन रुचि राख्ने केतिदेखि हेर्दैकि आकर्शक इजाबेलासम्मका
केटीहरुले तपाईलाई रिझाउन सक्छन् ।

यिनले अघाइसकेपछि फेरि अरु साट्न चाहनु हुन्छ ? त्यो सेवा पनि हाजीर छ ।



यसरी कम्पनीले 'रेन्ट अ वाइफ' भन्दै उत्तेजक विज्ञापन टेलिभिजन र वेबसाइटमा प्रस्तुत गरिसकेपछि स्वाभाविक रुपमा पुरुषहरुले वेबसाइटमा यस्ता श्रीमतीलाई अपनाउन आफूलाई 'साइन इन' पनि गराइरहेका छन् । यो कुरा महिलाका हितमा काम गरिरहेका संस्थालाई कसरी पो पच्न सक्थ्यो ! यस्तो विज्ञापन देखिएपछि त्यहाँ महिला अधिकारका लागि लडिरहेका संस्थाहरुले काम पाउने नै भए ! अहिले यो विज्ञापनका विरुद्ध नाराबाजी र विरोधका श्रृंखला शुरु भइसकेका छन् ।

तर पर्खनुहोस्, यो साँच्चिकै अर्काकी श्रीमती भाडामा पाइने वा दिइने कम्पनीको विज्ञापन भने होइन । यो त डिभिडिहरु भाडामा हेर्न वा किन्न पाइने वेबसाइट र कम्पनीको प्रचार सामग्री मात्र हो । चलाखीपूर्वक डिभिडि पार्लरका मालिकहरुले शुरु गरेको यो अभियानपछि बेल्जियन इन्स्टिच्यूट फर इक्वल राइटले 'यौनेत्तजक विज्ञापन' भनी उनीहरुविरुद्ध मुद्दा समेत हाल्न भ्याइसकेको छ । उनीहरुको मुख्य विरोध चाहिँ टेलिभिजनमा जसरी यसको विज्ञापन बनाइएको वा बजाइएको छ- त्यसमा तिनको घोर आपत्ति छ ।



रमाइलो के छ भने ९ हजार पाँच सय चौरासी महिलाले तपाइँको घरैमा डिभिडि हेर्ने यो सुविधा पुर्‍याउने छन् । र, तपाइँले जोमार्फत् ती डिभिडि आफ्नो घरसम्म आइपुगोस् भन्ने चाहनु भएको छ, त्यही महिलामार्फत् नै यी डीभीडी आइपुग्ने छन् । यो सुविधा २४ घण्टाभित्रै उपलब्ध हुनेछ ।

एउटा ब्लगसाइटमा मार्टिना लेख्छिन्- "वाह, क्या आइडिया छ विज्ञापन गर्ने शैलीको ! मलाई त खूब मन पर्‍यो किनभने यो यस्तो चुस्त 'भाइरल' (रुघाखोकी फैलाउने शक्तिशाली भाइरस) ले वास्तवमै 'डाइरेक्ट मार्केटिङ' मा निकै असरदायक भूमिका खेल्नेछ । हेर्दा बेतुक लाग्ने तर निकै असरदायक !"

तपाइँ पनि बेल्जीयममा भएको बेला यस्ती श्रीमती भाडामा लिने हो कि !

Tip:

To browse www.torentawife.be in English, use Babel Fish Translation

- Visit http://babelfish.altavista.com/
- Type www.rentawife.be in the 'traslate a web page' bar
- Choose 'Dutch to English' in the language choice

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती प्रविधि विज्ञापन इन्टरनेट हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय बलिउड कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: