Home» Cinema »Feature

मलामी जान नपाउँदा...


राजधानीमा नयाँ चलचित्रको घोषणा हिजो अनौठो पारामा शुरुवातको भयो । चलचित्रको शुभारम्भ कार्यक्रममा कलाकारहरुले कुनै 'डाइलगबाजी' मारेनन् । बरु कविता सुनाइयो । त्यसपछि हरेक सहभागीलाई एउटा तमसूकमा ल्याप्चे र सही गर्न लगाएर चलचित्रको शुभारम्भ भएको घोषणा भयो ।

नेपाल र फ्रान्स दुइ देशका निर्माता मिलेर २० मिनेटको चलचित्र पोखरामा आजदेखि (बैशाख ३) सुटिङ शुरु हुँदैछ । सोही चलचित्रको विधिवत् घोषणा हिजो सम्पन्न भएको थियो ।

प्रख्यात कवि तथा नाटककार शरुभक्तको नाटक 'मलामी'मा आधारित यस चलचित्रलाई फ्रान्समा बसोबास गर्दै आइरहेका नेपाली सुवर्ण थापाले गर्ने भएका छन् । यही नाटकलाई थोरै पटकथाका रुपमा परिवर्तन गरेर सेन्टर नेशनल डे ला सिनेमेटोग्राफीमा पेश गरेको कथालाई उक्त संस्थाले उत्कृष्ट मानी पुरस्कार दिएपछि सोही पुरस्कारलाई चलचित्रमा गुँथ्ने प्रयास गरेका हुन् ।

नेपालमा यसअघि पनि विभिन्न देशहरुसँगको सहकार्यमा चलचित्रहरु बन्ने गरेका थिए । तर तिनको उति राम्रो उत्पादन नदेखिएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्यले उक्त कार्यक्रममा स्मरण गरेका थिए ।

फ्रान्सका तर्फबाट क्रिस्टिन रिकी तथा नेपालका तर्फबाट नवीन सुब्बाले यो चलचित्र निर्माण गरेका छन् ।

"यो मेरो आफ्नै कथा हो", निर्देशक सुवर्ण थापाले कार्यक्रममा भने- "म विशेष कारणवश मेरो बुवाको मलामीमा सहभागी हुन पाइनँ । म परदेशमा, अनि बुवा स्वदेशमा ! मेरै कथाजस्तो लागेर छोएपछि मैले यसमाथि निकै मिहिनेतपूर्वक पटकथा तयार पारेँ । अर्को वर्षभत्रमा त्यो तपाइँले पर्दामा हेर्न पाउनु हुनेछ ।"

यस चलचित्रको रोचक पक्ष के छ भने यो चलचित्र सादा हुनेछ । यसमा कालो र सेतोबाहेक अन्य रंगहरु देख्न पाउनु हुने छैन ।

नेपाली चलचित्रमाथि यसरी विदेशी लगानी ल्याई देशभित्र खिच्न निकै कठिन भएको गुनासो पनि निर्देशक थापाको थियो ।

चलचित्रमा विपना थापा, शान्ति मास्के, विष्णुभक्त फुँयालजस्ता नेपाली चलचित्र तथा टेलिचलचित्रका प्रख्यात अनुहार पनि रहनेछन् भने पोखराका स्थानीय कलाकारको पनि दह्रो उपस्थिति रहने बताइएको छ ।

सबैका शुभेच्छुकः कार्यक्रम शुरु हुनुअघि सबैको हालचाल सोध्दै चलचित्र निर्देशक नारायण पुरी ।

मलामी रुचाउने अर्का र्सजकः चलचित्र मलामीका सङ्गीत निर्देशक आभाष फुँयाल कार्यक्रम शुरुहुनुअघि


स्टार कलाकारः अनुप बरालको तश्वीर उतार्दै चर्चित फोटोग्राफर उषा तीतिक्षु । उनको यो पहिरन कार्यक्रममा सबैको आकर्षणको केन्द्र बनेको थियो ।


अब पालो नयाँ पुस्ताको, के गर्ने त साथी ? : गम्भीर छलफलमा अहिलेका युवा निर्देशकहरु मनोज पण्डित र रामशरण घिमिरे कार्यक्रम शुरु हुनुअघि छलफलमा व्यस्त हुँदै


अँ नमस्ते नमस्ते यतिञ्जेल कहाँ हराउनु भएको थियो नि ?: कार्यक्रम शुरुहुनुअघि अभिवादन फर्काउँदै चर्चित अभिनेत्री सुशीला रायमाझी र अन्य


कार्यक्रम शुरु भयो, तर यो के ? ए, रमाइलो ठट्टा पनि ?: हाँस्ने क्षणको सदुपयोग गर्दै उपस्थिति वर्गहरु


चलचित्र विकास बोर्डको कुर्सी नै यस्तो, नगई पनि नहुने- गएपछि टिक्नै गाह्रो हुनेः चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्यले दइ देशबीचको सह-लगानी नेपालका लागि कति उपयोगी भन्ने विषयमा बोल्दै


टुटेको शब्द, फुटेको अंग्रेजीः फ्रान्सका तर्फबाट निर्मात्री रहेकी क्रिस्टिनले चलचित्रका विषयमा व्याख्या गर्दै


सिनेमामा विदेशी लगानी कसरी आउँदो रै'छ हँ नवीन ? मलाई पनि एक दुइ गुरु मन्त्र सिकाइदेऊ न ! : चलचित्रका निर्देशक सुवर्ण चलचित्रका विषयमा बोल्दै । कुनामा आफ्नै छलफलमा व्यस्त मलामी चलचित्रका कार्यकारी निर्माता नवीन सुब्बा र चलचित्र निर्माता अशोक शर्मा


सिनेमा बनाउने काइदा त यो पो रै छ ?: यस्तै केही गम्भीर कुरा सोच्दै चलचित्र निर्माताहरु नरेश पौडेल, युवराज लामा र राजकुमार राई


अँ कुरा यस्तो छ, लिखितम् धनीका नाममाः चलचित्र आरम्भको घोषणापत्र पढ्दै प्रख्यात रङ्ग समीक्षक डा. प्रदीप भट्टराई ।


ए, यसमा सही गर्दै ल्याप्चे पनि लगाउनु पर्ने ? ल ठीक छः ल्याप्चे तथा सहीछाप लगाउँदै मलामी चलचित्रका मूल लेखक शरुभक्त तथा उनलाई सघाउँदै नवीन सुब्बा


ल्याप्चे तथा सहीछाप लगाउँदै चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्य


स्वदेशी ल्याप्चे, विदेशी हातः चलचित्र मलामीका छायाँकार ल्याप्चे तथा सही ठोक्दै


हैसे, पालो अब मेरो ?: चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा आफ्नो दह्रो उपस्थिति जनाउँदै


ल्याप्चे लगाई त ठीक छ बाबु ? ठीक भएन भने रुपमतिले फेरि सप्पै ग्वाम्म खाली नि !: अभिनेत्री सुशीला रायमाझी आफ्नो साक्षी बक्दै


अहिले गएँ ल, बुटिक (सरी सरी फेशन क्लब) जान हतार भइसक्यो !: कार्यक्रमको समापनपछि आफ्नो गन्तव्यतिर निस्कदै नायिका विपना थापा ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
घोषणा क्या बात ! फिल्म फेस्टिबल नवीनता ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 रोचक रोमान्स अभिनेत्री सोच सञ्चारकर्मी कार्यक्रम सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,