Home» Around the World »Weird and Interesting

न्यायालयमा गधा

छिमेकीको गधाले राति सुत्ने बेलामा ज्यादै दुःख दियो भनी अदालतमा आइपुगेको एउटा मुद्दामा गधा वास्तवमै बेस्सरी चिच्याउँछ कि चिच्याउँदैन भनेर जाँच्न डलासस्थित न्यायालयका न्यायाधीशले गधा धनी ग्रेगरी शामौनको गधालाई न्यायालयमै हाजीर गराउने आदेश दिएका छन् ।

रोचक के छ भने आदेशलगत्तै उक्त गधालाई गत बुधबार अदालतमा हाजीर गराइयो । गधालाई एउटा बेग्लै बस्ने ठाउँको व्यवस्था गरिएको थियो र उसले पालैपालो न्यायाधीश, वकिल र रमाइलो हेर्न आइपुगेका विभिन्न व्यक्तिसँग पनि नजर मिलायो । एउटा असल गधाझैँ उसले न्यायालयमा कुनै वितण्डा मच्चाउने किसिमको काम गरेन । न त उसले उसमाथि परेको मुद्दामा झैँ खराब स्वर निकालेर चिच्यायो ।

एपी समाचार संस्थाका अनुसार शामौनको गधाले रातिहुँदी निकै खस्रो स्वर उरालेर गीत गाउँदा छिमेकीको न्रि्रा र रातिको चयन गायब भएकाले उनको गधालाई गाउँ निकाला गराउन जोन क्यान्ट्रेलले मुद्दा हालेका थिए । हुन पनि क्यान्ट्रेलको बसाइ छेउ नै त्यो गधाको वासस्थान छ ।

क्यान्ट्रेलले गधाको हल्लाखल्लीका अतिरिक्त जहीँपायो त्यहीँ गोब्य्राउने बानीका विरुद्ध पनि आफ्नो निवेदन दर्ता गराएका थिए । क्यान्ट्रेलले भने- "मेरो घरको अघिल्तिर दिन रात अविराम यसको खस्रो स्वरले मेरो दिनको काम र रातको चैन हरण गर्‍यो । तपाइँलाई थाहा छैन, गधाको नमीठो स्वर सुन्नु कति यातनामयी हुन्छ ।"

अदालतमा गधा उपस्थित भए पनि न्यायाधीशका तर्फाट अन्तिम निर्णय हुन बाँकी नै रहेको छ । बरु न्यायाधीशहरु भनिरहेका छन्, यो मुद्दालाई तपाइँहरु दुवै जना मिलेर तह लगाउनु होस् ।

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला जनावर हलिउड मूर्ख्याइँ उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: