Home» Cinema »Biography

स्क्याण्डल किङ 

 

"स्क्याण्डल म जानेर गर्दिनँ, मलाई स्क्याण्डलमा पारिन्छ", भुवन केसीको गुनासो थियो, जब हामी उनको अष्ट्रेलियन एम्बेसी छेउको भव्य महलमा पुग्यौँ । यी ती भुवन केसी हुन्, जो बारबार अखबारका पानामा कि त केटीहरुको मामिलामा उनको नाम जोडिइन्छ या त सिनेमाका बारेमा उनले गर्ने गरेका टिप्पणीका कारण । आउनुहोस्, आजको दिन भुवन केसीलाई भित्रैबाट चिनौँ ।

सिनामंगलमा जन्मिए उनी । बुवा पनि सिनामंगलमा जन्मिएकाले उनी त्यहीँ हुर्किए । न्यू इंगलिस बोर्डिङ स्कूल, जुन अहिले अमर आदर्श स्कूल भयो, त्यहाँ पढ्थे । त्यहाँ म केही वर्षमात्र पढे । त्यहाँ उनका सङ्गीत शिक्षक रनजीत गजमेर थिए । त्यहाँ पढ्दा उनकी सहपाठी थिइन्- भारती गजमेर । जसलाई अझै पनि उनी 'तँ' भन्छन् । उनलाई पछिसम्म थाहा थिएन्, भारतीलाई तुलसी घिमिरेले बिहे गरे ।

सानामा उनी उति धेरै पढ्दैनथे तर फेल पनि हुँदैनथे । उनी पढाइमा एक पटक मात्र फेल भएका थिए, आइए पढ्दा उनलाई राजनीतिशास्त्रमा सोचेभन्दा निकै कम नम्बर आएको थियो । उनले त्रिचन्द्र क्याम्पसबाट स्नातक गरेका थिए । तर स्कूलदेखि कलेजसम्म उनको सबैभन्दा रुचिको विषय सङ्गीत र खेलकूदलाई कहिल्यै छाडेनन् र त्यसमा अब्बल रहे । शम्भुजीत बासकोटा र भुवन केसी १०/१२ वर्षो उमेरदेखिका साथी हुन् । शम्भुजीत बासकोटाले जीवनमा पहिलो पटक सङ्गीत भरेको गीतमा उनैले गाएका थिए । गीत थियो- मादल बज्यो घिनघिन ताङ तालैमा, पार्छु

कक्षा तीनदेखि ल्याबोरेट्री स्कूल र एमपीएस स्कूलमा पनि पढे । एमपीएसमा पढ्दा वसन्त चौधरी, विनोद चौधरी आफूभन्दा सिनियर थिए । त्यतिञ्जेलसम्म उनले एउटा चर्चित बालगायकका रुपमा प्रख्याति कमाइसकेका थिए ।

आइए पढ्दापढ्दै उनको भागमा 'जागेँ जागेँ सारा रात मायालु आउँछिन् भनेर', 'परेँ म दोधारैमा, जेठी छोडुँ घरबार जान्छ कान्छी छोडुँ माया लाग्छ' जस्ता गीत हिट भइसकेकाले उनी कलेजका स्टार गायक थिए । त्यहीँ उनका साथी थिए, उमेश पाण्डे र रविन शर्मा ।

गीतार बजाउन उनलाई शम्भुजीत बासकोटाले सिकाएका थिए । लोकगायक धर्मराज थापाका छोरा बुलु थापासँग राम्रो गीतार थियो । त्यो गीतार उनले सापटी ल्याएर बजाउँथे । त्रिचन्द्र क्याम्पसको छतमा बसेर खाली समयमा त्यही गीतार बजाइरहेका हुन्थे ।

दिउँसोको खाली समय सदुपयोग गर्न उनले यति ट्राभल्स ज्वाइन गरे । त्यहाँ उनले एउटी यस्ती महिलालाई भेटे, जसले उनको जीवन परिवर्तन गरिदिई । उनलाई पहिलो पटक कसैसँग गम्भीर प्रेम भएको थियो । अरुबेला उनलाई माया गर्नेको कमी थिएन, केटीहरु मरिहत्ते गर्थे, यसबेला उनी त्यो केटीलाई मरिहत्ते गर्ने भए । छ महिने यति ट्राभल्सको कार्यकालमा उनले त्यो श्यामवर्णर्ी तर गम्भीर केटीलाई जीवनसाथी बनाउने निर्ण्र्ागरे । पढे लेखेकी र अंग्रेजीमा राम्रो दखल भएकी ती अरु कोही थिइनन्, भुवनकी पहिलो श्रीमती विजया केसी थिइन् ।

हर्ेदा नै हिरोजस्तो, नयाँ मोटरबाइक, राम्रो डे्रस सेन्सका कारण उनी कलेज र अफिसको आँखाका केन्द्रविन्दु हुने गर्दथे । केही समयपछि नै अखबारमा 'जुनी'का लागि कलाकारको माग आयो । उनले पनि अन्तरवार्ता दिए र नायकमा छनोट भए । हर्ेदा आकर्ष भए पनि अभिनय त उनबाट कोशौँ टाढा थियो । 'जुनी' बनाउने ढिप्पी नायिका मीनाक्षी आनन्दको थियो र मीनाक्षीको ढिप्पीकै कारण बर्म्बईबाट सबै प्राविधिक र निर्देशक आएर सिनेमा तयार भयो । 'जुनी' नै उनको पहिलो अभिनय प्रशिक्षणशाला बन्यो । नायकत्वका केही गुण भुवन आफैँमा थिए तर मीनाक्षीले उनलाई यति टिप्स दिइन्, उनी पछि एउटा राम्रो कलाकार बन्न पुगे ।

'जुनी'को प्राविधिक कार्य हुँदै गर्दा बर्म्बईबाट दुइ चलचित्र बनाउने हल्ला चल्यो । एउटा थियो 'कुसुमे रुमाल' जसलाई तुलसी घिमिरेले निर्माण तथा निर्देशन गर्दै थिए भने शम्भु प्रधानले 'सम्झना' । दुवै चलचित्रका सङ्गीतकार रनजीत गजमेरले भुवन केसीको कलाबारे दुवै निर्माता-निर्देशकलाई जानकारी गराए । यसपछि भुवन केसीको सफल कलायात्रा शुरु भयो ।

उनका यी दुइ चलचित्र हिट के भएका थिए, उनी रातारात 'स्टार' बने । उनको पर्दाभित्र र बाहिर पनि एउटा 'रोमान्टिक' छवि बन्यो । यही रोमान्टिक छविका कारण पनि उनी आजपर्यन्त चर्चामा बरोबर आइरहन्छन् ।

'सम्झना र कुसुमे रुमाल नबनेको भए, नेपाली चलचित्र उद्योग नै बन्दैनथ्यो । चलचित्र संस्थानले दुइ तीन वर्षा एउटा सिनेमा मात्र बनाउने चलन थियो । त्यो पनि आफ्ना मान्छेलाई कलाकार बनाउने चलन थियो भने कर्मचारीका लागि टीएडीए खाने भाँडो मात्र थियो', आफूले खेलेका चलचित्रको महत्व केलाउँदै भुवन केसी थप्छन्- 'निजी क्षेत्रले बनाएको चलचित्र पनि चल्छ भन्ने उदाहरण बन्यो । यो उदाहरणले निजी क्षेत्रका निर्माताले बनाउन सकिन्छ भन्ने मानक बनायो ।'

"नेपाली सिनेमाको सबैभन्दा कमजोर पक्ष पटकथा हो । यहाँ राम्रा पटकथाकारको ज्यादै अभाव छ । नत्र त राम्रा कलाकारको कुनै अभाव छैन । मात्र तिनको प्रतिभालाई राम्रोसँग बाहिर ल्याउन सक्ने सक्षम निर्देशक र पटकथाकार चाहिएको छ," भुवन यतिबेला आफ्ना पुराना दिन सम्झँदै भन्छन् ।

स्क्याण्डल किङ

महादेवीको 'सागरको गहिरो...' गीतअघिको एउटा दृश्यमा उनले करिश्मालाई ओठमा गर्ने चुम्बनका कारण निर्देशक नारायण पुरीले कुटाइ खानु पर्‍यो । तर यो कुरामा भुवन अहिले त्यो घटना सम्झँदा अचम्ममा पर्छन् ।

"करिश्माजीलाई थाहा थियो, मलाई हिरोले आएर किस गर्छ । निर्देशकले मलाई पनि किस गर्ने भन्नु भएको हो । मैले पहिलो पटक करिश्माजीलाई किस गरेँ तर निर्देशकले त्यो सिनलाई पटक पटक रिटेक गरे । पछि करिश्माजीले उहाँलाई पिट्नु भएको थियो । किन उहाँले निर्देशकलाई पिट्नु भयो, किन स्क्याण्डल भयो त्यो अझै पनि मलाई थाहा छैन", भुवन केसीको स्पष्टोक्ति छ ।

अहिले उनी सम्झन्छन्- "किनभने मै बढी लोकप्रिय थिएँ, त्यही भएर मेरो बढी हल्ला फिँजिन्थ्यो । स्क्याण्डल नभएको कुरालाई बढी चर्चा गर्दा मात्र हुन्छ । मलाई मतलबै नभएको कुरामा स्क्याण्डलमा भएको हुन्छ । मेरो आफ्नो पत्रिका भएको भए पो मलाई फाइदा हुन्थ्यो ! त्यसैले कतिपयले भुवन बढी हल्ला गर्छ भन्ने कुरा सत्यतामा आधारित छैन ।"

उनको कतिपय केटी साथीहरु छन्, तिनसँगको नजिकपनालाई सेक्ससँग गाँसेर बढी हल्ला गरिएको उनको आरोप छ । तर नजिकपना र सेक्स अलग रहेको उनको धारणा छ । "नजिक त म तपाइँसँग पनि छु अब तपाइँसँग पनि मेरो नाम जोडिदिने -" भुवन ठट्टा गर्न चुक्दैनन् ।

कतिपयले सिनेमा खेल्न नपाएर हल्ला चलाएको आरोपमा भने उनको भनाइ छ- "मैले सिनेमा नपाएकोले आफैँले हल्ला गर्दै हिँडेको कुरामा अलिकति पनि सत्यता किन छैन भने म आफैँ वर्षा दुइटा फिल्म बनाउन सक्ने सक्षम व्यक्ति हुँ । त्यसैले एड्स लाग्यो भन्ने हल्ला, कसले कसरी र कुन नियतले गर्‍यो भन्ने कुरा वास्तवमै खोज्नुपर्ने कुरा हो ।"

तीनपाते चियाको मोडलिङका बेलामा दार्जिलिङबाट नेपाल आएकी सुस्मिता गौतमसँग नजिकिएपछि भुवन झनै विवादित बने । किनभने सुस्मिता भुवनकी दोस्री श्रीमती बन्न पुगिन् । भुवन भन्छन्- "मान्छेको जीवन प्रेम गर्नका लागि एउटा मात्र जुनी काफी छैन । मानिसलाई हरेक पटक प्रेम हुनसक्छ । पटक-पटक प्रेम हुनसक्छ । त्यसैले मैले सुस्मितालाई बिहे गरेँ ।" तर सुपरस्टार बन्ने बित्तिकै उनको वैवाहिक जीवन अन्य पुरुषसँगको सम्बन्ध जोडिएपछि झन्नै समाप्त भइसकेको थियो । त्यसमा सुस्मिताले भुवन केसीलाई पारपाचुके गर्नेसमेत घटना घट्यो । त्यसलाई भुवन अहिले नराम्रो दिन भनेर भुल्न चाहन्छन् ।

अरु त अरु उनको विवाद 'सुपरस्टार' का निर्देशक भुवन केसीसँग पनि भयो । अनीष कोइरालालाई अन्तिम अवस्थामा निर्देशकबाट निकालेर प्राविधिक कार्य आफैँ सम्पन्न गरेका थिए । अहिले अनीषसँगका विवादित ती दिनहरु सम्झँदा उनी भन्छन्- "सिनेमा राम्रो होस् भन्ने हिसाबले ती काम भएका थिए । अहिले उहाँसँग त्यस्तो वैरभाव कुनै छैनन् ।"

हरेक फिल्ममा केही न केही सानातिना घटनाहरु भइरहन्छन्, यो अलग कुरा हो केही व्यक्तिहरु बोल्दै नबोली चूप लागेर बस्छन् । तर भुवन पत्रकार आयो भनेर 'म्याटर दिन' कन्जुस्याइँ गर्दैनन् । त्यही भएर नै होला, उनका कुराहरु बढी अखबारमा आइरहेका हुन्छन् । र, पत्रकारका लागि त्यो स्क्याण्डल बन्ने गरेका हुन् । त्यसै पनि भुवन स्क्याण्डलका विरोधी पनि होइनन् नि !

करोडपतिपछि...

२०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्यसँगै धेरैभन्दा धेरै निजी क्षेत्रका चलचित्र बन्ने वातावरण बन्यो । जसमा निर्माताहरुलाई ६५ प्रतिशत कर फिर्ता दिनेलगायतका अन्य धेरै प्रावधानहरुको भूमिका थियो । तर यो प्रावधानले तानिएका केही निर्माताहरुले आकर्षाहीन सिनेमा बनाउन थाल्नाले चलचित्र चलेनन् मात्र होइन केहीले त आत्महत्यासमेत गरे । यसपछि चलचित्र निर्माणमा शिथिलता देखा पर्न थाल्यो । यही बेला भुवनले आफ्नो घरेलु निर्माण संस्थाबाट 'करोडपति' बनाए । सिनेमालाई कसरी बनाउनुपर्छ र कसरी बजारीकरण गर्नुपर्छ भन्ने सोचका भुवनको त्यो चलचित्रले उनलाई वास्तविक रुपमा करोडपति बनाइदियो ।

"कलाकार भएर कुनै चलचित्रमा काम र्गर्दा कथा चल्दैन भन्ने थाहा हुन्थ्यो । तर खेल्थेँ किनभने परिवार पाल्नु मेरो बाध्यता थियो । फिल्म यस्तो बन्नुपर्छ भन्ने मेरो सोचअनुसार 'सपना' बनाएको थिएँ", सिनेमा निर्माणमा लाग्नुको कारण खोतल्दै उनले बताए- "सपनापछि पाँच वर्षमैले सिनेमा बनाउन पाइनँ, किनभने सिनेमा खेल्न नै म व्यस्त थिएँ ।"

करोडपति चल्नुअघि कतिपय सिनेमाहरु हाइभिजन हलहरुमा चल्थे । ट्रक ड्राइभरबाट यो चलनको शुरुवात भएको थियो । ठूला हलको भाडा नै यति धेरै थियो कि कतिपय निर्माताले त घरबाट तिर्नुपर्ने अवस्था आएको थियो । त्यसैले ठूला हलमा सिनेमा चलाउन डराइरहेको बेला भुवन केसीले करोडपति हाइभिजनभन्दा पनि ठूलै हलमा पर््रदर्शन शुरु गरेका थिए । त्यो सिनेमाले उनलाई एउटा राम्रो निर्माताको रुपमा ख्याति दिलायो ।

देश, हाम्रो भाषा, हाम्रो भेष, हामी नेपालीजस्ता राष्ट्रप्रेमको विषयमा गीत र कार्यक्रम निकै कम बज्ने गरेका छन् । निकै कम बन्ने गरेका छन् । त्यही कमी महसूस गरेका भुवनले दोस्रो सिनेमा बनाउने निर्ण्र्ाागरेका थिए । यो सिनेमाले पनि उनलाई फाइदा नै दियो । तर तेस्रो सिनेमा 'सुपरस्टार' भने राम्रो चलेन । भुवन भन्छन्- 'त्यो मेरो फल्ट होइन । यदि मैले त्यो उपत्यकाबाहिर चलाएको भए ७५ लाखबढी कमाउँथेँ होला ।

"सिनेमा बनाउने कुरा जोक् होइन", भुवन भन्छन्- "सिनेमा बनाउन दिल दिमाग र तपाइँको धेरैभन्दा धेरै समय लाग्छ । म हुलमुलमा सिनेमा बनाउँदिनँ । तर म दुइ महिनामा एउटा सिनेमा बनाउन सक्छु । म त्यसो किन गर्दिनँ भने सिनेमा बनाइसकेपछि त्यसको बढीभन्दा बढी असल पक्षलाई प्रचार गरेर दर्शकलाई हलसम्म ल्याउँछु । त्यो क्षमता मसँग छ ।"

सपना चलचित्र निर्माणताका बुवासँग साना विवादलाई प्रेसले ठूलो बनाएको मात्र हो । मुख्य कुरा त के हो भने जसको घरमा पनि सानातिना विवाद भइहाल्छन् । बुवा र मबीच भएको साना विवादलाई प्रेसले झगडाको रुप दिएको थियो ।

आम् द बेस्ट

"दुनियाँ, मानिस, चोर सिपाहीजस्ता सिनेमा तपाइँ हेर्नुस्, त्यसमा मेरो भूमिका हेर्नुस्, तपाइँले मेरो भूमिका र चरित्र उत्तम पाउनु हुनेछ । किनभने म अरुभन्दा राम्रो कलाकार छु । त्यसैले यत्तिका वर्षम्म पनि म उद्योगमा टिकेको छु । यदि म अरु कलाकारजस्तो अतिथि भूमिकामा समेत देखिन थालेँ भने नयाँ कलाकारले चान्स नै पाउँदैनन् । कम पैसामा फिल्म खेल्न थालेँ भने अरुको चान्स नै छैन । त्यसैले मेरो पारिश्रमिक र भूमिकाप्रति चनाखो छु", उनको स्पष्टोक्ति छ । जिद्दी र बाबुसाहेबजस्तो चलचित्रमा उनले हालसम्मकै बढी पारिश्रमिक लिएका छन् । उनको भनाइअनुसार ती चलचित्रमा उनले साढे चार लाख रुपियाँ लिएका थिए भने पछिल्ला चलचित्रहरु दुनियाँ र मानिसमा उनले साढे तीन लाख रुपियाँ लिएका थिए ।

सिनेमा खेल्दा...

उनी झारेझूरे निर्देशकसँग काम गर्दैनन् । निर्देशकको छनोट, कथावस्तु दह्रो र कथावस्तुमा भूमिकाको बलियोपना नै उनले चलचित्र छनोटको पहिलो रोजाई हो । यस्तो रोजाइ भएका कारण उनी अरुजस्तो हरेक तेस्रो सिनेमामा देखिदैनन् । त्यसैले उनी अरुभन्दा फरक छु भनेर प्रमाणित गर्न खोज्छन् ।

भविष्यमा...

सिनेमामा अभिनय र निर्माण नै उनको भविष्य हो । यसबाहेक अरु केही कुरा उनी सोच्न सक्तैनन् । निकट भविष्यमा दुइ वटा चलचित्र शुरु गर्न लागेका उनलाई ती दुइ चलचित्रको विषयले दर्शकहरुको मनमस्तिष्कमा घर बनाउने कुरामा विश्वस्त छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country