Home» Cinema »Biography

बोलिरहनु पर्ने निर्दोष बाला


ओमविक्रम थापालाई सिनेमाको ठूलो शोख थियो । मनोरञ्जनका लागि आज जस्तो अन्य चीजहरुको विकल्प नहुँदा हिन्दी सिनेमाहरु हेनु त्यतिबेलाका लागि रमाइलो बाध्यता थियो । यसरी हिन्दी फिल्म हेदाहेर्दै उनको मनमा सुटुक्क एउटा सपना पन्पिदैं थियो । त्यो सपना के थियो भने आफ्नी छोरीलाई पनि हिराइन बनाउने । यो सपना त्यतिबेलाको थियो जब बलिउडमा नेपाली चेली मनिषा कोइरालाको अभिनयले तहल्का पिटको थियो । चार छोरीका पिता ओमविक्रम जब-जब आफ्नी साहिंली छोरीलाई हेर्थे तब-तब उनको मनबाट निस्कन्थ्यो- 'यसलाई मनिषा कोइरालालाई जस्तै हिरोइन बनाउनु पर्छ ।' ओमविक्रमको यो वाक्यांश बिस्तारै पूरा परिवारको मुद्दा बन्यो । गोरो काया, खैरा आँखा र आकर्षक जीउडालकी धनी र बुबाको कार्बन-कपि मानिएकी साहिंली भने परिवारको सपनाबाट बेखबर आफ्नै बाल दुनियाँमा मस्त थिइन् । सानैदेखि पट्रपट्र बोल्न र नाच्नमा बित्पात उनी घरमा मनोरञ्जनको प्रमुख खुराक थिइन् । ओमविक्रम छोरीलाई हिराइन बनाउने सपना साँचेर दिनदिनै छोरी बढेको हेरिरहेका थिए । तर समय अर्कै धुनमा थियो । जब साहिंली छोरी मात्र नौ वर्षी थिइन् ओमविक्रम आफ्नो सपना र पूरा परिवारलाई बिचल्लीमा पारेर परमधाम भए । त्यतिबेला यी बालिका ज्ञानोदयमा मात्र तीन कक्षाकी छात्रा थिइन् । परिवारको अभिभावकको मृत्युले त्यो परिवार मानसिक रुपमा छिन्नभिन्न भयो । त्यसपछि त के को रमाइलो के को सपना - पूरा परिवार संकटका दिन गुजार्न थाल्यो । आर्थिक अभाव त खास थिएन तर मूली नहुँदा बचेराहरु टुहुरा महसुस गर्थे । मानिसहरु भन्छन् सच्चा दिलले कुनै कुरा कल्प्यो भने कालान्तरमा त्यो पूरा हुन्छ । ओमविक्रमको सपनामा शायद त्यो शक्ति थियो ! उनले संसार छाडेको पाँच वर्षनबित्दै उनकी छोरी नेपाली फिल्म इण्डष्ट्रिमा हिराइनको रुपमा प्रवेश गरिन् । प्रवेश गर्न मात्र सार्‍हो थियो फेरि त उनको दौड शुरु भइहाल्यो । चलचित्र 'जन्मभूमि'मार्फ् मात्र चौध-पन्ध्र वर्षो कलिलो उमेरमा कला यात्रामा होमिएकी यी बालिका आजभोलि विपना थापाका रुपमा जनप्रिय छिन् ।

भैरहवामा माता पिताको तेश्रो सन्तानको रुपमा जन्म लिएकी विपना थापालाई ठूली भएर यो बन्छु-त्यो बन्छु भन्ने केही पनि थिएन । घरमा दिदीबहिनी भन्दा भिन्न रुपरंग भएकाले घरका सबैजना भने ख्याल ख्यालमा यसलाई हिरोइन बनाउनु पर्छ भन्ने गर्दथे । तर उनलाई सानोमा नाच्ने कुराबाहेक अरु केही थाहा थिएन र थाहा हुने कुरा पनि भएन । नाच्नेबाहेक बास्केटबल खेल्नमा उनलाई रुचि थियो तर उति राम्रो खेलाडी भने थिइनन् । त्यसैगरि पढ्नमा पनि उनी ठिकठिकैकी विद्यार्थी थिइन्- दिदी जस्तै । तर भाइ र बहिनी भने अरुको तुलनामा पढ्नमा तेज थिए । ज्ञानोदयबाट एसएलसी दिइसकेपछिको खाली समयको सदुपयोगका लागि विमला श्रेष्ठकोमा नाच सिक्ने गर्थिन् उनी । त्यही बेला अचानक उनलाई एउटा विज्ञापनमा मोडलिङ गर्ने अफर आयो । परिवार उनलाई यो क्षेत्रमा प्रवेश गराउन मानसिक रुपमा तयार नै थियो, त्यही भएर कसैले आपत्ती गर्ने कुरै थिएन । फेरि यो प्रस्ताव ल्याउने व्यक्ति सिआरसिका प्रमुख उनको बाबाका साथी थिए । उनले प्रस्तावलाई सहर्षस्वीकारिन् र विधिवत् रुपमा सिनेमाको रंगीन संसारमा प्रवेश गरिन् । उनले गरेको यो एड प्यान्थरको थियो जसलाई भूषण दाहालले निर्देशन गरेका थिए । यतिबेला उनको उमेर मात्र १४ वर्षो थियो । शारीरिक विकास पूर्ण रुपमा नभइसकेकाले उनलाई परिपक्व युवती देखाउन निकै कसरत गर्नु परेको थियो । यो झण्डै २०५१/५२ सालतिरको कुरा थियो ।

त्यही सालको कुनै दिन उनी सपिङका लागि सुन्धाराबाट खिचापोखरीमा जाँदै थिइन । बाटोमा अचानक उनलाई रोक्दै एक व्यक्तिले सोधे- आर यू विपना?

उनको उत्तर थियो- यस । 'हामी एउटा सिनेमा बनाउँदैछौं । आर यू इन्टरेस्टेड ?

उनले सुझबुझ पूण्ा उत्तर दिइन्- मलाई भनेर त हुँदैन । घरमा आएर कुरा गर्नु न !

यसरी उनलाई बाटैमा समातेर हिराइन बनाउन उत्सुक व्यक्ति थिए- मोहन निरौला । मोहन निरौलाले उनलाई त्यही प्यान्थरको एड गर्दाको समय देखेका रहेछन् । तर विपनालाई भने यसको ख्यालै थिएन । भोलिपल्ट मोहन निरौलासहित प्रशान्त गिरी, राजकुमार पोखरेल, छवि ओझा आदि मानिस आएर परिवारसँग कुरा गर्नु भयो । केही वादविवाद र छलफलपछि परिवार राजी भयो । विपनाले पाँचहजार रुपिँया साइनिङ्ग अमाउन्ट लिएर 'जन्मभूमि'को नायिका हुने अनुबन्धनमा हस्ताक्षर गरिन् । त्यतिबेला उनले आफ्नो बाबा ओमविक्रम थापालाई झलझली सम्झिइन् । र मनमनै भनिन्- 'बाबा म तपाईंले साँच्नु भएको सपना पूरा गर्न जाँदैछु । मलाई आशीर्वाद दिनुस् ।'

निश्चयनै उनलाई आशीर्वाद लाग्यो । त्यो आफ्नो बाबाको थियो कि नेपाली जनताको, अरुनै जानून् । तर जे सुकै भए पनि जन्मभूमि गर्दा भविष्यमा यसैमा लागिरहन्छु भन्ने कत्ति पनि सोच नबनाएकी विपना आज एक दशकदेखि यो क्षेत्रमा निरन्तर छिन् ।

त्यो पनि नचलेपछि नेपाली सिनेमामा केही छैन ? नेपाली फिल्म उद्योगकी अभिन्न अंग विपना यस्ता आलोचनाको पक्षमा छिन् ? उनी उद्योगले लिएको दिशाबाट सन्तुष्ट छिन् ?

"सतुष्ट छु । सन्तुष्ट नहुने कारणै छैन । हामी बीस लाखमा बीस कराडको सिनेमासँग प्रतिष्पर्धा गरिरहेका छौं । योभन्दा बढी के चाहियो ?"

उनले खेलेका सिनेमाको संख्या १०८ पुगिसकेको छ । २०५१ सालदेखि अहिलेसम्मको समयावधि गन्ने हो भने ठ्याक्कै बार्‍ह वर्षभएछ उनले फिल्म खेल्न थालेको । तर पहिलो दिनको सुटिङ्गमा जस्तो अप्ठ्यारो उनलाई कहिलै लागेन ।

'जन्मभूमि'को पहिलो दृश्यनै विपनाबाट शुरु हुन्थ्यो । जसमा उनले गर्भवती महिलाको रुपमा घर भित्रबाट बाहिर निस्केर भाँडा माझ्नु पर्ने दृश्य थियो । एक त पहिलो सुटिङ्ग त्यसमाथि कलिली युवतीले गर्भवती बन्नु पर्नेजस्तो अनुभवहीन काम ! तर यो भन्दा आपत् के थियो भने यो सुटिङ्ग उनको घरनजिकै कलंकीमा हुँदैथियो, जहाँ उनलाई बच्चादेखि बुढासम्मले चिन्दथे । जबजब उनलाई गर्भवती बनाइदैगइयो, त्यतित्यति उनी आत्तिन थालिन् । अन्त्यमा जब दृश्य दिन जानुपर्ने भयो, उनी भाँडा माझ्न जानु त कता हो कता ह्वाँ ह्वाँ रुन थालिन् । सारा यूनिट उनको रुवाइसँगै आर्श्चर्यचकित भयो । अन्त्यमा जब कारण थाहा भयो सारा युनिटले उनलाई फकाउन थाल्यो । अन्त्यमा केही नलागेर बसुन्धरा भूसालले पेट ठूलो बनाएर उनले गर्नुपर्ने अभिनय देखाएपछि हिच्किचाउँदै उनले भाँडा माझ्ने काम फत्ते गरिन् । आज त्यो क्षण सम्झिदा उनलाई आफ्नो केटाकेटीपन देखेर अचम्म लाग्छ । तर यो लामो समयावधिमा यस्तो दिन फेरि कहिल्यै दोहोरिएन ।

फिल्मले जन्मायो विपनालाई । यसले हुर्कायो-बढायो-योग्य पनि बनायो । जीविकाको श्रोत पनि यही नै हो । तर फिल्म उद्योगको पोर्टफोलियो, यसको प्रगति, निरन्तरता, यसले समातेको शैली, सबैमा मानिसहरुले प्रश्न चिन्ह लगाएका छन् । मानिसहरु भन्छन्, उद्योगले नयाँ दिशा समात्नु त कता हो कता प्रकाश थापा, बिएस थापाजस्ता हस्तीले तयार गरेको गोरेटोबाट सिनेमा भड्किएर हिन्दी फिल्मको कार्बन कपिको रुपमा सीमित भएको छ । आलोचकहरु भन्छन्- नेपाली सिनेमाले घुँडा टेकिसकेको छ । निखिल उप्रेतिको एक्सन सिनेमा अन्तिम हतियार हो ?

पूरा सिनेमा उद्योगले विपनाको जस्तै विचार राख्छ । जबकी आलोचकहरु नेपाली सिनेमाको स्तर दिनानुदिन खस्कक्दै गएको धारणा राख्छन् । न कथामा, न प्रविधिमा न प्रस्तुतिमा नेपाली सिनेमाले आफ्नो लय समातेको छ । तर पनि सिनेमा बन्ने क्रम जारी नै छ । बलिउडका फिल्मलाई जस्ताको तस्तै उतार्ने सूत्रलाई नेपाली सिनेमाले अंगीकार गरेको छ । यस्तो इष्डष्ट्रिको हिराइन हुनुले कुनै अर्थ राख्छ - यस्ता धेरै प्रश्नहरुको विपनासँग एउटै उत्तर छ - बि पोजिटिभ ।

एकसौ भन्दा बढी फिल्म खेलिसकेकी विपना आफूले पाएको भूमिकाबाट पनि खासा सन्तुष्ट छिन् । पुरुष प्रभावित पूरा समाज मात्र नभइ इण्डष्ट्रीमा एक जना पनि सक्रिय महिला निर्देशक नहुँदा पनि उनी आफूले पाएका भूमिकाहरु नारी प्रधान ठान्छिन् । प्रत्रि्रश्न गर्दै उनी भन्छिन्- हिरोइन बिनाको कुनै नेपाली फिल्म हेर्नु भएको छ ?

तैपनि उनलाई आफूले खेलेका तमाम फिल्म मध्ये पापी, तँ त सार्‍है बिग्रिस नी बद्री, आगो, इन्द्रेणी, मुस्कान फिल्ममा गरेको अभिनय मनपर्छ । किनकी उनको विचारमा यी फिल्ममा पाँचसय फिल्मको कथा छ ।

सन्तोषं परमं सुखम् भन्ने सिद्धान्तकी अनुयायी हुन् विपना । आफ्नो करियरग्राफबाट पनि खासा सन्तुष्ट छिन् विपना । यो अवधिमा सयकडौं प्रकारका चरित्रहरु निर्वाह गरिसकेकी छिन् । कहिले श्रीमतीको रुपमा, कहिले प्रेमिकाको रुपमा त कहिले आमाको रुपमा । तर कुनै चरित्र बाँकी छन् जो गर्न पाए हुन्थ्यो भन्ने जिजिविषा छ विपनामा - "तारादेवीको जीवनमा कसैले फिल्म बनाए त्यो भूमिका गर्ने इच्छा छ । आफ्नो चिरपरिचित हँसमुख शैलीलाई गम्भीरतामा ढाल्दै विपनाले भनिन् ।

उनका समकक्षी धेरै हिराइनहरु अब यो उद्योगमा छैनन् । धेरै विदेश पलायन भइसके भने धेरै बिहावारी गरेर बच्चा हुर्काउने अभियानमा छन् । विपना भने दुइटै बाटोको विकल्पमा ड्रेस डिजाइनिङ्गको क्षेत्रमा हाम्फालेकी छिन् । निर्माताहरुले पुरानाको साटो नयाँ हिराइनलाई फिल्ममा मौका दिनुको अलावा नेपाली फिल्म कम बन्न थालेको पर्रि्रेक्ष्यमा उनको यो क्षेत्रको रोजाइ स्वभाविक हो । तर सुदूर भविष्यमा यसले मात्र भरथेग गर्ला - आफ्नो चिरपरिचित् शैलीमा विपना भन्छिन् - हू केयरस् अबाउट फ्यूचर? म ज्यादा सोच्ने केटी होइन । जे पर्छ त्यही र्टछ ।

आफूभन्दा सिनियर त सिनियर जुनियरहरुले पनि घरबार गर्न थाले सकेका छन् । सेल्रि्रेटि अनि त्यसमाथि अविवाहित अझ भएन युवती पनि । यस्तो विवाहको चासो कसलाई नहोला - स्वभावतः विपनाको विवाहको जिज्ञासा अन्यथा नहोला ।

विवाहको जिज्ञासामा मजाले हाँस्दै उनले भनिन्- जन्म, मृत्यु र विवाह माथि नै तय हुन्छ भन्छन् । तय त भएको होला नि !

त्यसो त घरमा केटाहरुको प्रस्ताव लगातार आइरहेको र परिवारले केटा हेर्ने अभियान तीव्र बनाएको सूचना पनि उनले दिन भुलिनन् ।

भ्याएसम्म विपना हलिउड बलिउडका सिनेमा हेर्न छुटाउँदिनन् । हलिउडमा एक्सनप्रधान रकी, रेम्बो जस्ता उनका सिनेमा मनपर्छ भने बलिउडमा जोन अब्राहम । त्यसो भए के उनको स्वप्न पुरुष पनि यस्तै होस् भन्ने लाग्छ उनलाई - "छ्या त्यस्तो होइन । समझदारी पहिलो शर्त हो । त्योबाहेक आफैं कमाउने, साथै ह्याण्डसम त हुनु परिहाल्यो नि !"

चञ्चल, बोलक्कड र विनोदी स्वभावकी छिन् विपना । उनलाई बोलिरहनुपर्छ । फुसद भयो कि आफ्ना परिवारका साथमा रेष्टुरेण्टमा गएर समय बिताउनु उनलाई रमाइलो लाग्छ । तर कामको व्यस्तताले यस्तो अवसर कमै मात्र जुट्छ । एक समय थियो उनी सिनेमाकी सबैभन्दा व्यस्त अभिनेत्री थिइन् । जहिले पनि फुसद छ भनेर सोध्दा उनको उत्तर हुन्थ्यो- सुटिङ्गमा व्यस्त छु । आजभोलि पनि उनलाई फुसदिलो भेट्न गार्‍हो पर्छ । तर फरक यति मात्र छ पहिले उनी सुटिङ्ग स्पटमा व्यस्त हुन्थिन् भने अचेल विपनाज् फेशन क्लबमा । तपाईंलाई पनि फुसद छ र विपनालाई भेट्ने इच्छा छ भने भाटभटेनीस्थित विपनाज् फेशन क्लबमा छिर्नुस् त्यहाँ उनलाई सियोमा धागो छिराउने प्रयास गरिरहेको देख्न सक्नुहुन्छ ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: