Home» Cinema »Biography

बुढेशकालको पछुतोः सिनेमा

बन्नी प्रधान, नेपाली चलचित्र उद्योगमा दार्जिलिङबाट नेपाल भित्रिएका त्यस्ता निर्देशक हुन्, जसको प्रवेशले नेपाली मूलधारको चलचित्रले अझै बढी गति लिने अवसर प्राप्त गर्‍यो । उनका खातामा थोरै चलचित्र रहे पनि उनको अनुभव, ज्ञान र प्रयोगले नेपाली चलचित्र उद्योगले उनलाई एक सक्षम चलचित्र निर्देशकका रुपमा सम्मान व्यक्त गर्दछ । धेरै क्षमतावान निर्देशकहरुमध्ये एकका रुपमा गनिए पनि उनको क्षमतालाई अझै पनि नेपाली चलचित्र उद्योगले प्रयोग गर्न नसक्नु चलचित्र उद्योगकै दर्ुभाग्य हो । उनलाई उद्योगका सीमित सोझा चलचित्र निर्देशकका रुपमा चिनिन्छ ।

बाल्यकाल

बन्नी प्रधानको जन्म सन् १९४७ फेब्रुअरी १ तारिखका दिन खरसाङमा भएको थियो । उनका हजुरबुवाहरु दोलखामा सुन्तले नेवारका रुपमा प्रख्यात थिए । अवसरको खोजीमा उनीहरु दार्जिलिङ पुगे । दार्जिलिङमा उनीहरुले निकै राम्रो व्यापार जमाउन सफल भए । उनका बुवा धनबहादुर प्रधान त त्यहाँको नगरपालिकाका प्रमुखसमेत भएका थिए । तीन दाजुभाइमध्ये सबैभन्दा कान्छा विमलकुमार नै पछि बन्नी प्रधानका रुपमा प्रख्यात भए ।

अन्य बालकझैँ चञ्चल र बाहिरी क्रियाकलापप्रति हुरुक्क हुने बन्नी आफ्ना साथीभाइ भेला गरेर सिनेमा हेर्न जान्थे । दुइ आनामा त्यसबेला हाफ टिकट पाइन्थ्यो । आधाआधा सिटमा दुइ जना बसेरसमेत उनले सिनेमा हेरे । उनलाई भारतीय कलाकार शशि कपूर अति मन पर्थे । तिनको एक झल्को पाए मात्र आफू धन्य हुन्छु भन्ने सोच्थे । बेलाबेलामा उनीहरुजस्तै पर्दामा झुल्किन पाए कति असल हुन्थ्यो होला भन्ने कल्पना गर्न थाल्थे । एक पटक उनले थाहा पाए- शशि कपुरको फिल्म सुटिङ दार्जिलिङमा हुदैछ । त्यसपछि उनी घरबाट भागेर सुटिङस्थल पुग्थे । र्फकँदा आफ्नो साथमा एक पैसा पनि नहुँदा लामो बाटो हिँडेर फर्किनु पर्दथ्यो । शशि कपुरको सिनेमा लागेको थाहा पाउने बित्तिकै पैसा जम्मा गर्न थालिहाल्थे, त्यस्तो आकर्षा थियो चलचित्रको ।

बालककालको चलचित्रे सपना मनचिन्ते कल्पनामा परिणत भयो जब उनी युवावस्थामा प्रवेश गरे । उनलाई एयरफोर्सको पाइलट हुने रहर शुरु भयो । त्यसैअनुरुप उनले आफूलाई शारीरिक र मानसिक रुपमा तयारी गर्न थाले । उनले परीक्षा पनि दिए तर सफल हुन सकेनन् । त्यसपछि उनले आफूलाई फूटबलमा केन्द्रित गर्न थाले । फूटबलले उनलाई स्थानीयस्तरमा मात्र चिनाएन, क्षेत्रीयस्तरमा उनी लोकप्रियसमेत भए ।

१५ वर्षा एसएलसी सकेका उनले आईए सकेपछि १८ वर्षो उमेरमा एक दिन स्थानीयस्तरको फूटबल खेल्दै गर्दा बेलायती नागरिक मि. बर्किटले उनलाई आफ्नो चिया बगानमा आमन्त्रित गरे । सिक्किममा नयाँ चियाबारी खोल्ने तयारी गरिरहेका बर्किटले उनलाई आफ्नो व्यवसायमा परिचालन गर्न सकिने प्रशस्त सम्भावना देखे । सधैँ मुस्काइरहने बानी भएका बन्नीबाट जो कोही पनि तुरुन्त आकषिर्त हुने गुणबाट बर्किट अपरिचित थिएनन् । उनी सहायक भएर सिक्किम चिया बगानमा पुगे । ६ महिना चियासम्बन्धी प्रशिक्षण आदि लिएर एउटा सक्षम चिया उत्पादक बने ।

त्यही बेला स्थानीय पत्रिकामा बर्म्बईको चलचित्र प्रशिक्षण केन्द्रको बारेमा छापिएको विज्ञापन देखेर आकर्ष जिउडालका धनी बन्नीलाई धेरैले सर्काए- तिमी पनि किन चलचित्रमा आफ्नो भाग्यपरीक्षा गर्दैनौ ? उनी पनि अरुले सर्काएपछि सर्किए र राम्रो जागीर छाडेर बर्म्बई हानिए ।

सम्पन्न परिवार भएका कारण उनलाई कुनै कुरा गर्न पनि थुनछेक भएन । पैसा कहिल्यै उनको अभावको विषय रहेन । आफू चलचित्र क्षेत्रमै केही गर्छ भनेर लागी पर्दा र बर्म्बईमा संघर्षरत् रहँदा पनि उनलाई घरबाट प्रशस्त आर्थिक सहयोग रहिरहृयो ।

मुर्म्बई संघर्ष

चलचित्र प्रवेश गर्नु त्यसबेला त्यति सजिलो थिएन । चलचित्र प्रवेश अघि हरेक व्यक्तिले चलचित्रका प्राथमिक ज्ञान लिनु आवश्यक मानिन्थ्यो (अझै पनि मानिन्छ ।) । मुर्म्बईमा उनी गएपछि एउटा पाम्बी फिल्म इन्स्िटच्यूट नामक प्रशिक्षणशालामा प्रशिक्षण लिन थाले । त्यतिबेला शेखर कपुर बेलायतमा भएको राम्रो जागीर छाडेर चलचित्र उद्योगमा संघर्ष गर्न फर्किएका थिए । 'कभि-कभि'की नायिका नसिम, र्साई कपुरजस्ता व्यक्तिहरु उनीसँगै संघर्ष गर्न प्रशिक्षणशालाको आवश्यकता महसूस गरिरहेका थिए । पीडीसी नायरले यिनलाई अभिनयको कला सिकाउँथे । छ महिनासम्म त्यहीँ उनले अभिनयको प्रशिक्षण लिए ।

पहिलो चलचित्र

सन् १९८१ मा उनले प्रशिक्षण सकेपछि 'बाँसुरी' चलचित्रमा काम पाए । चलचित्र अभिनयमा यो उनको पहिलो अनुभव थियो । यो चलचित्र तुलसी घिमिरेले लेखन, सम्पादन र निर्देशन गरेका थिए । कलकत्ताका एक व्यापारी मोहन बनर्जीले यसमा पाँच लाख रुपियाँ लगानी गरेका थिए । बन्नीले यो चलचित्रमा सहायक नायकको भूमिका गरेका थिए र चलचित्रको सुटिङ अवधिभर उनको निजी गाडी नै प्रयोग गरिएको थियो ।

नेपाली चलचित्रमा अभिनय गरेका कारण उनले 'सफेद हाथी' नामक हिन्दी चलचित्रमा पनि काम पाइहाले । यस चलचित्रका निर्माता प्रताप अग्रवालसँग राम्रो दोस्ती भएपछि उनले शक्ति सामन्तसँग परिचित हुने अवसर पाए । निर्देशक सामन्तसँग चार/पाँच वर्षसंगत गरेपछि 'बरसात की एक रात'मा एउटा चिया बगानेको भूमिकाका लागि नेपाली मूलको अभिनेता चाहिएपछि उनी छानिए । शक्ति सामन्त त्यसबेलाका अत्यन्त शक्तिशाली निर्देशकमध्ये गनिन्थे । उनको प्रस्तावलाई उनले अस्वीकार गर्ने प्रश्नै थिएन । अमिताभ बच्चनसँगै उनी पर्दामा देखिन्थे, छोटो भूमिका भए पनि उनलाई मान्छेले चिन्ने अवसर पाए । अमजद खान र राखीसँग उनले राम्रो सम्बन्ध बनाउन भ्याए । लियाकत उल्लाहसँग 'पाँच खिलाडी'मा उनले अभिनय मात्र गरेनन्, सहायक निर्देशकको रुपमा पनि काम गरे । उनले सानो भूमिका भनेनन्, ठूलो काम भनेनन्, त्यसैले बर्म्बईमा उनी लोकप्रिय थिए । कतिसम्म भने जण्डिसले थलिएको बेलामा पनि विनोद खन्नासँग फाइट खेलिरहेका थिए । विनोदले थाहा पाएपछि उनले गाडी मगाएर घरसम्म पठाइदिए । कामप्रति उनको मग्नता त्यतिसम्म थियो ।

एक समय चलचित्र उद्योगमा संर्घष्ाका क्रममा तुलसी घिमिरे, चन्द्रप्रकाश घिमिरे र बन्नी प्रधान एकै घरको एकै फ्ल्याटमा संयुक्त रुपमा बस्थे । त्यतिबेला उदितनारायण पनि कहिलेकाहीँ डेरामा झुल्किन्थे । त्यहाँ नेपाली चलचित्र निर्माणका बारेमा छलफल हुने गर्दथ्यो ।

जीवन दर्शन

मुर्म्बईको एउटा विशेषता छ । त्यहाँ हरक्षण संर्घष्ा गर्नु पर्छ । संर्घष्ामा क्षणभरको मात्र तलमाथि भयो भने एउटा समृद्ध मान्छे भिखारी हुन सक्छ र एउटा भिखारी पनि समृद्ध हुनसक्छ । मान्छेको दीनदशामा उनलाई निकै विश्वास छ । त्यो अनुभव चाहिँ धेरै पछि मात्र भएको हो । भारत भूषण पुराना कलाकार थिए । उनी दिलिपकुमारका समकालीन थिए । एक समयका करोडपति र आफ्नो अभिनयले मानिसहरुलाई कायल पारेका थिए । तिनै महान् कलाकारलाई चित्रपटमा हेरेर उनीजस्तै गतिलो अभिनय गर्ने सपना पालेका बन्नी त पछि 'बापू का सपना' भन्ने फिल्ममा उनलाई उनकै मेकअप रुममा पाउँदा चकित भए । 'दीनदशा बिग्रिएपछि उनको करोडौँको सम्पत्ति पनि स्वाहा भएछ अनि घर बिक्री भयो, फ्ल्याट बिक्री भयो र हुँदाहुँदा उहाँ त पछि एउटा सानो कोठामा सीमित हुन पुग्नुभयो', त्यो बेलाको चकितपना अझै बन्नीको आँखामा झल्किन्छ- 'उहाँलाई पनि दिनको पाँच सय रुपियाँ तलब थियो अभिनय गरेबापत् भने मेरो पनि त्यत्ति नै थियो । मेरो हैसियत त उहाँ बराबर लिने थिएन, न त उहाँको हैसियत मैले बराबर पाउने थियो । तर समयले यहाँसम्म ल्याइपुर्‍यायो !' 'अँगुलीमाल'जस्ता हिट फिल्म खेलेका भारत भूषणको त्यो अवस्था देखेपछि संसारमा सबैभन्दा बलियो समय रहेछ भन्ने लाग्यो उनलाई ।

नेपाली चलचित्र मोह

त्यसबेला तुलसी घिमिरेले निर्माण शुरु गरेको चलचित्र 'कुसुमे रुमाल'लाई आर्थिक संकट आइलाग्यो र हिन्दी चलचित्रको वितरण अधिकार किन्ने गरेका उद्धव पौडेलले चलचित्रको बाँकी काम सिध्याउने गरी निर्माता बनेे । कुसुमे रुमालको प्राविधिक कार्य हुँदैगर्दा उद्धव पौडेल र बन्नी प्रधानबीच भेटघाट भइरहन्थ्यो । 'कुसुमे रुमाल' चल्न थालेपछि भने उद्धव पौडेलले नयाँ चलचित्र बनाउनेबारे सोच्न थाले । नयाँ चलचित्रका लागि सोच्न बन्नीलाई पौडेलको अनुरोध आयो ।

त्यसबेला चलचित्र कमै बन्ने हुनाले चलचित्र हिट हुन्थ्यो नै । उनी र रेशराज आचार्यले पहिलो पटक निर्देशन गरेको चलचित्र तिलहरीले सफलताको कथा लेख्यो । चलचित्रको राम्रो व्यापारपछि उनलाई 'देउकी' बनाउने अफर आयो । उनी 'देउकी'मा केन्द्रित भए । देउकी नेपालको एउटा मौलिक प्रथा हो, जसमा एउटी केटीलाई देवीसरह सम्मान दिइन्छ तर त्यो देवीलाई गाउँका मुखिया र ठूलाठालुहरुले यौन शोषण पनि गर्छन् । उनी परे दार्जिलिङका उनलाई सदूर पश्चिमको यो प्रथासम्बन्धी निकै कम जानकारी थियो । तर पनि एक भारतीय शोधकर्ताले देउकीसम्बन्धी गरेको अनुसन्ध्ाानात्मक लेखले उनलाई ठूलो मद्दत पुग्यो । चलचित्रमा उनले आफ्नो भूमिका इमान्दारितापर्ूवक पूरा गरे । चलचित्रका गीतहरु सफल रहे र उनको निर्देशकीय गाडी पनि चलिरहृयो ।

नाम चैँ बन्नी, फिल्म चैँ नबन्नी ?

देउकीपछि उनको हातमा आयो अर्को चलचित्र 'पछ्यौरी' । पछ्यौरी सुटिङ हुँदै गर्दा नवीनाले आत्महत्या गरिन् । नवीनाको मृत्युले उनको चलचित्र करियरमै सबैभन्दा ठूलो धक्का दियो । अहिले नवीनालाई सम्झिन्छन् ।

'धरानमा पछ्यौरीको सुटिङ हुँदै थियो, सुटिङ युनिटसँग पैसा नै सकियो । पैसाको अभावका कारण चलचित्रको छायाँकनमा नै अवरोध आयो । मैले मेरो चिन्ता बिनाकुनै स्वार्थ नवीनालाई के सुनाएको थिएँ, उनले तुरुन्त २० हजार रुपियाँ निकालेर दिइन् र भनिन्- 'काम शुरु गर्नुस् दाइ, पछि पैसा आएपछि फिर्ता दिनु भए हुन्छ !' यति सहयोगी थिइन् उनी', यतिबेला बन्नी उनको गुन सम्भि

आर्थिक अभावका कारण 'पछ्यौरी' रोकियो । तर नवीनाको त्यो सहयोगपछि उनी पारिवारिक सदस्यजस्तै भइन् । एउटा अर्को चलचित्रको गीत रेकर्डिङका लागि बर्म्बई जानुअघिसम्म नवीनासँग राम्रैसँग छलफल भएको थियो । तर उनी बर्म्बईमै रहँदा उनलाई दीपा झाले सुनाइन्- 'नवीनाले त मट्टतिेल खन्याएर आगो लगाइछन् र वीर अस्पतालमा उनको मृत्यु भएछ ।' आफ्नो बनिरहेको चलचित्रको नायिकाको यस्तो आकस्मिक मृत्युले उनी छक्क परे । तर पनि केही वर्षछि चलचित्र पूरा भयो, तर समय धेरै लागेकाले त्यो चलचित्र कहिले चल्यो, कहिले उत्रियो दर्शकले थाहा पाउन सकेनन् । यसपछि उनको खातामा नाम चैँ बन्नी, फिल्म चैँ नबन्नी भन्ने उपनाम थपियो ।

त्यसो त उनलाई निर्माताहरुले पनि 'मू्र्गा' बनाउन चुकेनन् । प्रदीप श्रेष्ठ भन्ने एक व्यक्तिले उनलाई निर्देशकको रुपमा चयन गरेर र्'लर्ड बुद्ध' बनाउने घोषणा गरे । विश्वभरका बुर्द्धधर्म प्रमुख धर्म भएका देशका राजदूतहरु बोलाएर चलचित्रको मुहर्ूत भयो तर ती निर्माताले विदेशमा आफन्त पुर्‍याएर आफू पनि विदेशमै हराए । निर्माताको यो गम्भीर गल्तीले उनको चलचित्र क्यारियरमा पुनः असर गर्‍यो र उनलाई नबन्नी निर्देशकको पंक्तिमा उभ्याइदिए । 'जसोतसो मैले आफूले बनाएका फिल्महरु पूरा गरेकै छु । मात्र लर्डबुद्धका निर्माताले धोका दिएकाले त्यो पूरा हुन सकेन । तर मानिसहरुले मलाई ट्याग लगाइदिए- नबन्नी प्रधान', उनको गुनासो थियो ।

 घटना कतिपय

जीवनमा अनेक घटनाहरु घटिरहन्छन् । तर यी घटनाले कतिपय अवस्थामा पाठ पनि पढाउँछन् । उनी यतिबेला बाँसुरी चलचित्रका बेलाको दर्ुघटना सम्झँदै भन्छन्- 'दिनभरिको सुटिङपछि हामी अर्को दिन घर पुग्नै पर्नाले रातभरि ड्राइभ गर्नैपर्ने थियो । गाडी मैले चलाइरहेको थिएँ । दुइ दिनदेखिको सुटिङले थकित भएकाले होला गाडी चलाउँदा चलाउँदै म त निदाएछु । गाडी एउटा रुखमा ठोक्किएर हामी निकै तल खसेछौँ । गाडीको अवस्था यस्तो थियो कि त्यो त तुर्लुङ्ग झुण्डिएको थियो । मान्छेहरु आएर बचाए हामीलाई । क्रेन लगाएर गाडी निकाल्न दुइ दिन लाग्यो ।'

त्यस्तै नयाँ चलचित्रमा पनि उनले दर्ुघटना व्यहोर्नु पर्‍यो, 'हालै मैले प्रियतमा चलचित्र सकेँ । सिनेमाका नायक दिलिप रायमाझी ट्रेकर र रक क्लाइम्बर बनेका छन् । उनी र दिनेश शर्माको सुटिङ गर्दागर्दै माथि पहाडबाट टाइमिङ नमिल्दा झण्डै दर्घटना भएन । डोरी फुस्किएका कारण दिनेशको छाति र गोडा सबै रक्ताम्य हुन पुग्यो । धन्न उनलाई केही भएन । यदि डोरी अझै तलसम्म फुस्किएको भए दिलिप र दिनेशको ज्यान जाने सम्भावना पूरापूरा थियो किनभने तल ठूल्ठूला ढुंगामा उनीहरुको टाउको बजारिने थियो ।'

प्रियतमा चलचित्र तयार भएर पर््रदर्शनको संघारमा छ । उनको कामना छ- सिनेमा सुपरहिट होस्, ताकि आफूमाथि 'नबन्नी' भनेर लागेको 'ट्याग' मेटियोस् ।

नेपाली चलचित्रमा गरिनु पर्ने कम्प्रोमाइज (सम्झौता) नै चलचित्रको स्तरीयताको अभावको मुख्य कारण हो ।

मेरो निर्माताले जति जनासँगै सुतेको होस्, सुताएको होस्, त्योसँग मलाई कुनै चासो हुँदैन । मेरो चासो कामसँग मात्र हुन्छ ।

चलचित्र उद्योगमा समर्पित व्यक्तिहरुको अभावका कारण चलचित्र उद्योग उद्योगजस्तो हुन सकिरहेको छैन । चलचित्रलाई साइड बिजनेस मान्नेहरुले यसलाई बिटुलो बनाइरहेका छन् ।

मेरा छोराछोरी यस क्षेत्रमा आउँछन् भने मलाई कुनै गुनासो हुने छैन तर उनीहरु नायकनायिका भन्दा पनि प्राविधिक क्षेत्रमा लागे भने उनीहरुको सुरक्षित भविष्य हुन सक्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: