Home» Around the World »Weird and Interesting

सबैभन्दा सुन्दर कुकुर

रिग्सलाई हेर्दा सुन्दर लाग्दैन न त 'ब्युटी किङ'को उपाधि जित्ला जस्तो लाग्छ । तीन वर्षीय 'बुल डग' रिग्सले अलिकति मुख बाएर छोटोछोटो सास फेर्दा, यसले थोरै डुक्रिँदा र दाह्रा किट्दा साँच्चिकै डरलाग्दो देखिन्छ । तर उसको यही 'गुण'लाई अमेरिकाको इओवाको प्रेइर शहरमा ब्युटिफूल बुलडग प्रतियोगितामा सर्वोत्कृष्ट छानिएको छ ।

हरेक वर्ष हुने यो प्रतियोगिता सम्पन्न हुन थालेको पनि ९८ वर्ष पुगेको छ । यो क्षेत्रकै सबैभन्दा पुरानो र प्रतिष्ठित प्रतियोगिताको रुपमा यसलाई लिने गरिन्छ । यो प्रतियोगिता हेर्न वरपरका ८ हजारभन्दा बढी व्यक्तिहरु ओइरिएका थिए । सोमबार आयोजित यो प्रतियोगितामा अघिल्लो विजेता कुकुरले पछिल्लो विजेता कुकुरलाई आफ्नो 'श्रीपेच' हस्तान्तरण गरेको छ ।

५० विभिन्न कुकुरहरुले यो प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा सर ग्रिजवाल्ड स्नोर्जालट, नेपोलियन अन्डरबाइट र क्रेजी गेग्ज दा मुजजस्ता शीर्षकबाट कुकुरहरुलाई पुरस्कृत गर्ने चलन छ । यो प्रतियोगिताका आयोजकले यस समारोह सुन्दरताभन्दा पनि व्यक्तित्वका लागि आयोजना गर्ने गरेको बताएका छन् ।

नेपालमा सुन्दरता प्रतियोगिता भन्ने बित्तिकै विरोध गर्ने चलन छ तर त्यहाँ भने यस्तो प्रतियोगिताको कुनै विरोध कार्यक्रम आयोजना गरिएनन् ।

"बुल डगहरु हेर्दाका क्रूर र आक्रमक मात्र हुन् । वास्तवमा तिनीहरु निकै शान्त प्रकृति र प्रवृत्तिका कुकुर हुने गर्दछन् । यिनको लोकप्रियता बढाउन यो प्रतियोगिता साँच्चिकै उपयोगी साबित भएको छ", कार्यक्रमका सञ्चालक डल्फ पुलियमले एपी समाचार संस्थासँग बताए- "हुन पनि यी कुकुरहरु संसारकै सबैभन्दा प्यारा कुकुरमध्ये गनिन्छन् ।"

कार्यक्रम हुँदै गर्दा धेरैले रिग्सको मुख्य प्रतिस्पर्धी ह्याङ्क बन्ला भन्ने सोचेका थिए । किनभने ह्याङ्कले गएका दुइ वर्ष लगातार सुन्दर कुकुरको उपाधि जितिसकेको थियो । रमाइलो के रह्यो भने ह्याङ्कले रिग्ससँग झगडा गर्ने सुरले ऊमाथि धमास देखाउन एक पटक ङ्यार्ररर्र गर्‍यो तर रिग्स उसको त्यो आक्रमणको सट्टा चूपो लागेर बसिदियो । पूरा कार्यक्रममा यही एउटा घटनाले रिग्सले यो उपाधि जित्न सफल भयो ।

प्रतियोगितामा भाग लिएका यी दुइ कुकुरलाई कसिलो लुगा लगाइएको थियो । एउटाले नीलो र अर्कोले सेतो रंगको ।

प्रतियोगिता जितेपछि रिग्सलाई औँल्याउँदै उसको मालिक कर्डेर मिलरले खुशी हुँदै भने- "यो निकै तगडा कुकुर छ । यो निकै सुन्दर कुकुर मेरो भएको कारणले मात्र होइन, यसको व्यवहार र आचार असल भएकोले पनि हो ।"

प्रतियोगिता जितिसकेपछि रिग्सले फोटोग्राफरहरुलाई फोटो खिच्ने अवसर दियो । त्यसपछि ऊ उसको सम्मानमा राखिएको हड्डी चपाउन टेबलतिर लाग्यो- र्‍याल चुहाउँदै र मुख बाउँदै ।

उसको मालिक मिलरले भने- "यो तबसम्म भलादमी हुन्छ, जबसम्म उसको अघिल्तिर खाने कुरा हुँदैन । खानेकुरा देख्ने बित्तिकै यसलाई रोक्न मलाई पनि हम्मे पर्छ ।"


प्रतियोगितामा जित्ने कुकुर रिग्सका साथ रिग्सका मालिक कर्डेर मिलर

अघिल्लो वर्षको उपाधि विजेता ह्याङ्क उसको आकर्षक स्वरुपमा

प्रतियोगितामा हारेपछि खिन्न मुद्रामा ह्याङ्क

ह्याङ्कले रिग्सलाई एक पटक घुर्रर गरेर हकार्‍यो । यही घटनाका कारण उसले यस वर्षउपाधिबाट हात धुनु पर्‍यो ।

More 'Weird & Interesting' Stories»

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल उदारता भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: