Home» Around the World »Weird and Interesting

ग्यारेजमा दन्त डाक्टर



सबैभन्दा झूर ठाउँमा आफ्ना रोगीहरुलाई दन्त उपचार गराएको आरोपमा अमेरिकाको फ्लोरिडाका रोगर बिनलाई पक्राउ गरिएको छ । ६० वर्षीय रोगरलाई मंगलबार ६ हजार डलर धरौटी तोकिएको छ । उनले दन्त रोगीहरुलाई ज्यादै खराब ग्यारेजमा राखी उपचार गरिएको आरोप लगाइएको छ ।

पाम बीच काउन्टीका अनुसन्धानकर्ता डन जुम्पानोले भने- "त्यस्तो ठाउँमा उपचार गराउँदा स्वास्थ्यमा ज्यादै प्रभाव पर्ने हुनाले उनलाई पक्राउ गरिएको हो ।" त्यसो त बिनले उपलब्ध गराउने सुविधा पनि नगन्य भएको आरोप उनको थियो ।

बिन पक्राउ परेपछि उनका छिमेकी चाहिँ उनको गल्ती नभएको भनी उनलाई छुटाउन लागिपरेका छन् । ७३ वर्षीया रोन सेन्ट मेरीले भनिन्- "बिन दुष्ट व्यक्ति होइनन् न त अपराधी नै हुन् । उनले हामीजस्ता वृद्धवृद्धाहरुलाई सहयोग गरेका छन् किनभने उनले जति पैसामा हाम्रो दन्त उपचार गर्छन्, त्यो रकममा त चिया पनि पाइँदैन । हामीजस्तो धेरै पैसा तिरेर दन्त उपचार गर्न नसक्ने व्यक्तिका लागि उनी त भगवान् नै हुन् ।"

उनको ख्याति वरपर यति बढेको थियो कि मार्क विन्चेस्टर एकाबिहानै उनीसँग दन्त उपचार गराउन निस्किएका थिए । तर उनको दुर्भाग्य उनी पुग्नुअघि नै प्रहरीले बिनलाई नियन्त्रणमा लिइसकेको थियो ।

बिनले वृद्धवृद्धाका लागि नक्कली दाँत बनाइदिने, दन्तसम्बन्धि अनेक रोगको उपचार गरिदिने गरिरहेका थिए । दुइ हजार डलरभन्दा बढी रकम लाग्ने कामका लागि समेत उनले दुइ सय डलरमा गर्दै आइरहेका थिए । तर यता फ्लोरिडाका अधिकारीहरुले उनलाई फ्लोरिडामा दन्त उपचारको कुनै पनि प्रमाणपत्र नदिइएकाले उनले यहाँ कुनै किसिमको काम गर्न नपाउने बताएका छन् । उनी विगत पाँच वर्षयता यो ठाउँमा उपचार गराइरहेको छिमेकीले बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय मुद्दा मामिला हलिउड मूर्ख्याइँ उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: