Home» Around the World »Weird and Interesting

पियक्कडले घोडा बैंकमा जम्मा गरे

सामान्यतया कुनै पनि बैंकमा पैसा जम्मा गरिन्छ । तर जर्मनीका एक रक्स्याहा व्यक्तिले घोडालाई बैंकमा पूँजी जम्मा गरेझैँ एक रातका लागि जमाइदिएको एपी समाचारले जनाएको छ ।
 
भोलिपल्ट बिहान जब एटीएम कार्ड बोक्ने ग्राहकहरु पैसा झिक्ने मेसिनतिर गए, तब बैंकभित्र घोडा देखेर चकित परे । घोडा उठिरहेको थियो भने घोडा मालिक एच्. वोल्फग्याङ घुर्दै निदाइरहेका थिए । गएको राति अलि बढी नै 'बियर' घुड्क्याएका वोल्फग्याङले जब बैंकको एटीएम मेसिनको कोठाभित्र प्रशस्त सुत्ने ठाउँ र घोडासमेत अटाउने ठाउँ देखे, आफ्नो डेरा त्यहीँ जमाइदिए ।

उनले त्यो कोठा प्रशस्त 'न्यानो' भएकाले त्यसभित्र सुत्न आफू र आफ्नो घोडाको स्वास्थ्यका लागि राम्रो चिज ठानेर त्यहीँ निदाइदिए । बाठा उनी कति रहेछन् भने, बिहान कसैले निन्द्रा भङ्ग नगरोस् भनेर भित्रबाट कोठामा चुकुलसमेत लगाइदिए ।

घोडाले बिहानीपख बैंकलाई नचाहिने डिपोजिट 'आची' (लिदी) समेत जम्मा गरिदियो । तर ४० वर्षीय घोडाधनीबाट बैंकलाई हानी पुग्ने कुनै कार्य नभएको बैंककी प्रवक्ताले बताएकी छिन् । उनले भनिन्- "घोडा निकै असल रहेछ, उसले एउटा बुद्धिमान भएर बैंकका सामानलाई केही हानी पुर्‍याएन र रातभर आफ्नो मालिकको हेरचाह गर्‍यो । बरु अघिल्लै दिन हामीले पो तिनलाई केही घाँस र पानीको व्यवस्था गर्नेबारे सोच पुर्‍याएनछौँ ।"

बिहानै पैसा झिक्न आएका एक ग्राहकले घोडा मालिक र घोडा सुतिरहेको फेला पारेपछि तिनले प्रहरीलाई खबर गरेका थिए । ती व्यक्तिलाई घोडा मालिकले आफू निन्द्रामा भएको र केही घण्टापछि मात्र पैसा झिक्न आग्रह गरेका थिए ।

प्रहरी आएपछि घोडा मालिकको निन्द्रा खल्बलिएको थियो । प्रहरीको उपस्थितिमा तिनले घोडाको लिदी सफा पारेपछि उनलाई प्रहरीले नियन्त्रणमुक्त गरेको थियो । यसपछि उनीमाथि कुनै मुद्दा नपरेको / नलगाइएको समाचारमा उल्लेख छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मूर्ख्याइँ जनावर हलिउड मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: