Home» Music »Feature

सिनेमा सङ्गीतमा आचार्य दाजुभाइ

गएको वर्ष अन्य सङ्गीतकर्मीहरुलाई के दियो कुन्नी तर नेपाली सङ्गीतमा हत्ते गरेर विगत दश वर्षदेखि लागिरहेका सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई भने २०६३ साल निकै फाइदाजनक सिद्ध भएको छ ।

"हामीलाई गएको वर्षले मुख्य त तीन वटा फाइदा दिलाएर गएको छ", गायक सत्यराज आचार्यले इनशाडटकमसँग आफ्नो खुशी साट्दै भने- "नेपाली तारा जस्तो नेपालकै इतिहासमा ठूलो कार्यक्रम चलाउने मौका पायौँ । त्यसपछि एकाएक चलचित्रको सङ्गीत गर्ने अवसर पायौँ । अनि, आफ्नो पपशैलीको नयाँ एल्बम म्युजिक (Muzik) को काम सक्न पायौँ ।"

यी दाजुभाइको 'स्वर' एल्बम २०६१ सालमा बजारमा आएको थियो । आधुनिक र पप मिश्रित यो एल्बमबाट यी साङ्गीतिक दाजुभाइको गलाको कदर भएको थियो । एल्बमको आशातीत सफलताबाट उत्प्रेरित भएर अहिले नयाँ एल्बम 'म्युजिक'लाई बजारमा ल्याउन लागेका छन् । यो एल्बममा चाहिँ पपशैलीका गीतको प्राधान्य हुनेछ । एल्बमलाई म्युजिकडटकमले बजारीकरण गर्नेछ ।

त्यसो त यसअघि पप एल्बमलाई सुरताल म्युजिकले बजारमा ल्याउने सम्झौता भइसकेको हो । तर सङ्गीतकार आलोकश्रीसँग झगडा परेपछि सम्झौता रद्द भएको थियो । सङ्गीतकार आलोकश्री सुरताल म्युजिकका सञ्चालक पनि हुन् ।

यता नेपाली तारा २ मा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पनि यिनले नै पाएका छन् । शुरुमा त उत्कृष्ट ४० छानिएपछि मात्र कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको थियो, तर ब्रजेश खनाल र रितु रामदानले कार्यक्रमबाट बिदा लिएपछि यो जिम्मेवारी आचार्य दाजुभाइले पाए ।

आचार्य दाजुभाइले भारतीय टेलिभिजनमा आइरहेको सारेगामा शैलीको साङ्गीतिक कार्यक्रम पनि निकट भविष्यमा टेलिभिजनका लागि तयार पार्नेछन् ।

सबैभन्दा रोचक त के छ भने यी दाजुभाइले नेपाली चलचित्रमा सङ्गीत दिने अवसर पनि पाएका छन् । 'सैनिक' चलचित्रबाट शुरु भएको यो क्रममा क्वेष्ट इन्टरटेन्मेन्टबाट निर्माण हुने 'क्रसरोड्स'मा समेत अनुबन्धित भइसकेका छन् । त्यस्तै 'इन्साफ' चलचित्रमा पनि उनीहरु अनुबन्धित हुने लगभग पक्का भइसकेको छ ।

यी सबै सम्झौता अघिल्लो वर्ष नै भएका हुनाले अब तपाइँ आफैँ भन्नुस्, २०६३ यी राइट दाजुभाइका लागि फापिलो थिएन त !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
क्या बात ! सङ्गीतकार रिलिज लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान तातोपीरो कन्सर्ट रुचि उपलब्धि नेपाली तारा गायक गीतकार भिडन्त विचार हल्ला विवाद बजारमा पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories