Home» Cinema »Biography

अलग धार, अलग पहिचान

म ताप्लेजुङको हाङपाङमा जन्मिएँ, मावलीमा । तर मेरो बुवाको खास बर्साई चैँ ताप्लेजुङ ढुंगेसाँघुमा थियो । लिम्बुहरुको बिहे गर्दा सात पुस्ता खेद्नु पर्छ भन्ने भनाइ छ र साधारणतया टाटाढा बिहे हुने गर्दछ । बाल्यकाल चाहिँ हंगकंग र मलेसियामा बिताइयो तर उति धेरै कुरा मलाई सम्झना छैन । चार भाइमध्ये म जेठो हुँ । दुइ बहिनीहरु यहाँ पढिरहेका छन् ।

बाल्यकाल

प्राथमिक शिक्षा क्याम्पभित्रै पढ्थेँ । त्यहाँ नेपाली विद्यार्थीका लागि नेपालीमै पढाउने शिक्षा प्रणाली लागू थियो । क्याम्प यति ठूलो थियो कि त्योभन्दा बाहिर त हामी निस्कनै नपर्ने । ससाना खोलाहरु क्याम्पभित्रै बग्थे र ती खोलामा हामी माछा मार्ने गर्दथ्यौँ ।

बुवाको छुट्टी हुनेबित्तिकै हामी नेपाल आउँथ्यौँ । नेपाल आउँदा हामी ६/७ महिना बस्नु पर्ने हुनाले प्रायः स्कूल छुट्थ्यो । म साधारण विद्यार्थी थिएँ । बुवाको पालातिर पढ्ने भन्दा पनि छोराहरुलाई लाहुरे नै बनाउने कुरामा बढी विश्वास गरिन्थ्यो । हंगकंगमै रहँदा ८/९ कक्षातिर पुस्तकालयमा रहने सबै साहित्यिक कुराहरु पढ्ने गर्दथेँ । यही बेला साहित्यतिर म तानिएको थिएँ । त्यसैबेला मैले बीपीका अधिकांश साहित्य पढिसकेको थिएँ र अन्य कुरा पनि यहीबेला पढेँ ।

किशोर वयमा चाइनिज बच्चाहरुसँग झगडा पर्ने गर्दथ्यो कहिलेकाहीँ । त्यो स्वाभाविक पनि थियो ।

नेपाल आएको बेला मैले एसएलसी पहाडबाट दिएँ । पास भएपछि राम्रो नम्बर आउने सबैले साइन्स पढ्नु पर्छ भन्ने मान्यता थियो त्यसबेला । मैले चैँ धरानको हात्तिसारमा साइन्समा भर्ना भएँ । आइएस्सी पढ्दा नै हामीले धरानमा निकै साहित्यिक गतिविधि गरियो । अर्को जमात भन्ने समूह बनायौँ हामीले । रमेश केसी, स्व. चन्द्र घिमिरे आदिको समूहले पर्चा कविता आन्दोलन शुरु गरेका थियौँ । यसैबेला हामीले अर्को जमातले पुरस्कार दिने शुरुवात पनि गर्‍यौँ तर एक वर्षछि अर्को वर्ष चलाउन सकेनौँ ।

राजनीतिक चेत

दीप श्रेष्ठपछि कृष्ण पाख्रिन, लीला श्रेष्ठ सुब्बा, हर्षसुब्बाहरुको पुस्तापछि सांस्कृतिक र साहित्यिक गतिविधि अलि लोसे भएको थियो । तर अर्को जमातको प्रवेशपछि साहित्य, संगीत र नाटकमा एउटा नयाँ ऊर्जाको शुरुवात भएको थियो । राजनीतिक रुपमा हामी सचेत थियौँ, प्रजातन्त्रवादी र कम्युनिष्टहरुसँग मिलेर जानसक्ने हामी थियौँ । स्वतन्त्र चिन्तनको शुरुवात नै अर्को जमातको उद्देश्य थियो ।

यहीबेला मैले गोर्खापत्र, गरिमा, मधुपर्कमा कविताहरु छपाएको थिएँ । गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग गर्ने र नयाँ पुस्तालाई होष्टेमा हैंसे गर्न हामीले पर्चा कविता आन्दोलनको शुरुवात थियो । एक रुपियाँमा एउटा पर्चा बेच्ने गर्दथ्यौँ । रामै् बिक्री हुने गर्दथे । युवाहरुले राजनीति गर्नुपर्छ, दर्शन पढ्नु पर्छ र संस्कृतिलाई बुझ्नुपर्छ भन्ने चेत थियो । त्यसबेला रंगकर्म छिटपुट हुने गर्दथ्यो । यही बेला हामीले काठमाडौँसम्म आएर नाटक मञ्चन गर्‍यौँ । सांस्कृतिक संस्थानमा मञ्चन गरियो तर त्यो शो फ्लप भयो । दर्शन आइदिएनन् । २०३८/३९ को जस्तो नाटक क्रेज सकिइसकेको थियो । त्यसपछि अनाम नाट्य जमात जन्मिएको थियो । अनाम नाट्य जमात हामीले छरिएका नाट्यकर्मलाई एकत्र गर्न जन्माएका थियौँ । २०४३ सालतिर राजनीतिक शोच त हुनुपर्छ तर पार्टर्जनीति गर्नु हुन्न भन्ने मान्यताले यो नाट्य जमात खुलेको थियो । त्यसबाट जन्मिएका प्रेम सुब्बा, शारदा शाक्यले एक किसिमको पहिचान बनाइसकेका छन् । पछि यो संस्था फुट्यो, स्वाभाविक पनि हो कि कुनै संस्था ठूलो भयो भने त्यो फुट्छ । त्यसपछि पञ्चहरुले पनि एउटा नाट्य समूहलाई सहयोग गरे, हाम्रै समूहलाई तानेर । कम्युनिष्टहरुले पनि आफ्नो बेग्लै समूह बनाए । तर हामीले स्वतन्त्र नाट्य समूह बनायौँ ।

अनाम नाट्य जमातबाट नाटक दोस्रो पटक ल्याउँदा भने त्यसको प्रभाव ज्यादै सकारात्मक पर्‍यो र उत्कृष्ट नाटक घोषित भयो । यही क्रममा आरोहणसँग राम्रो सम्बन्ध स्थापित भयो । काठमाडौँ आउने जाने क्रममा साथीहरुले यतै बसौँ भने र २०४६ सालमा आन्दोलनअघि यहीँ बस्ने निर्णय गरेँ ।

पत्रकारिता

धरानमा मैले थोरै पत्रकारिता गरेको थिएँ । काठमाडौँ उपत्यकामा बाँच्नका लागि मैले पत्रकारिता गर्न थालेँ । शुरुमा रुपरेखा भन्ने पत्रिकामा काम गरेँ । पदम ठकुराठीको थियो यो पत्रिका । जनआन्दोलनका क्रममा हामीले कलाकारहरुलाई सडकमा उतार्ने प्रयास गर्‍यौँ । चैत ३ आन्दोलन नाम दिइएको यस पर््रदर्शनमा सिनेकर्मीहरु त आएनन्, तर नाटक र साहित्यकारहरुको उत्साहवर्द्धक उपस्थिति रहृयो । यसपछि भने नियमित रुपमा मैले नियमित पत्रकारिताभन्दा पनि लेख/रचना र स्तम्भतिर ध्यान दिन थालेँ ।

सिनेमाप्रति रुचि

पत्रकारिता गर्दा नै मैले विदेशी चलचित्र पनि हर्ेन थालेँ । नेपाली चलचित्रको बाटो परिवर्तन हुनुपर्छ भन्ने मान्यता त्यतिबेलै बनेको थियो । राजेन्द्र शलभ, शैलेश आचार्यजस्ता व्यक्तिहरु उद्योगमो मोडल परिवर्तन हुनुपर्छ भन्ने सोच थियो । तर बजारको दवाव अत्यन्त पर्‍यो । उहाँहरुसँगै मैले काम सिकेँ । पहिलो पटक मैले शलभजीको 'भाउजू'मा मैले सहायक निर्देशकको रुपमा काम गरेँ । त्यस्तै 'परिभाषा'मा पनि काम गरेँ । व्यवसायिकतामा हलुका कला राख्ने उद्देश्य थियो परिभाषामा । त्यही बेला मैले माइलीको पटकथा लेखेँ । (तर त्यो सिनेमा रुपमा आइपुग्दा अर्कै भयो ।)

नेपाली सिनेमाको विश्लेषण गर्दा यस्तो देखिन्छ- पहिला सिनेमा गाउँका कथामा बन्थे । गाउँका कथा हुन्थे र गाउँमै सकिन्थे । बीचमा गाउँबाट कथा शुरु भएर शहरमा टुंगिन थाल्यो । अहिलेका अधिकांश सिनेमाको विषय नै गाउँबाट शहर हुने गर्दछ । तीमध्ये कतिपयले सिनेमा शहरमा केन्द्रित गर्न थालेका छन् । माइली सिनेमा चाहिँ गाउँबाट शहर आउने कथा हो ।

अल्टरनेटिभ फिल्म

धेरैले यस्तो सोच्छन्- मैले एउटा निश्चित उद्देश्य (अल्टरनेटिभ फिल्म मेकिङ) को उद्देश्य बोकेर तरेवा बनाइएको हो । त्यसबेला लछुमनिया, भिडदेखि भीडसम्म, कोरशजस्ता टेलिफिल्महरु साहित्य बन्थे । त्यसैको नियमितता हो तरेवा । सुन्दर श्रेष्ठ हुनुहुन्थ्यो, युएसआईएसमा काम गर्नु हुन्थ्यो । उहाँ सोलुको हुनुहुन्थ्यो । उहाँले तरेवाको कथा लेख्नुभयो र तयार भयो- तरेवा । तरेवा हेरिसकेपछि शर्ेपा साथीहरुले उहाँहरुको विषयमा चलचित्र निर्माण गर्ने सोच पलायो । खाङ्ग्री बनाइयो । आङफर्ुवा र कर्मा शर्ेपाजी मेरो निर्माता हुनुहुन्थ्यो । उहाँकै सल्लाहमा एउटा चलचित्र महोत्सवमा पठाइयो र चलचित्र महोत्सवमा छानिएको र १० दिने भ्रमणमा बोलाइयो ।

त्यहाँ एकदमै राम्रो मानसम्मानका साथ हामीलाई राखियो । खाङ्ग्री आर्काइभमा राख्ने कुरा भयो र सिनेमा बिक्री पनि भयो र त्यहाँबाट हामीले चार हजार डलर लिएर आयौँ । त्यो पैसा सबैभन्दा ठूलो आकर्षाको पक्ष रहृयो । यसले त स्पेशल मेन्सन अवार्ड पनि पायो । त्यसपछि त विभिन्न अवार्डहरुमा बोलाउने र त्यसलाई लैजाने कुरा हुन थालेपछि भने यी चलचित्रको महत्व बल्ल मैले थाहा पाएँ ।

खाङ्ग्री र नुमाफुङ निर्माण अवधि पाँच वर्षलाग्यो । तर २०५८ सालमा भिजिट नेपालको समयावधि थियो र त्यसबेला मैले निकै डकुमेन्ट्रीहरु बनाएँ । धेरैले यस्तो ग्यापको निकै आलोचना गर्छन् तर म चूप लागेर चाहिँ बसेको छैन । यसबीचमा बाँच्नका लागि केही कामहरु गरिरहेको हुन्छु ।

यदि हाम्रो उद्योगलाई बचाउने हो भने यो नै सर्वोत्तम उपाय हो । राम्रो सिनेमा बनाउन थुप्रै पैसा चाहिन्छ । हामीसँग थुप्रै पैसा छैन । तर अलग किसिमको कथाहरु देखाउने र भन्ने गर्‍यौँ भने त्यो विश्वमा रुचिपर्ूण्ा हुनसक्छ । र, हामीले निकै पैसा कमाउन सक्छौँ । व्यवसायिक चलचित्रले हामी कसैलाई पनि तान्न सक्तैनौँ । हामी साना मसिना पैसामा अल्झी

सिनेमाको विषयवस्तु

हामीले चलचित्र उद्योग बचाउन कथा भन्ने शैलीमा विकास गर्नुपर्छ । हामीसँग अहिले जे प्रविधि छ त्यसैबाट राम्रो बनाउन सकियो भने धेरै प्रविधि चाहिँदैन । मुख्यधाराले नयाँ कुरा दिन नसकेकाले राम्रो अवसर रहँदारहँदै पनि अमेरिका, क्यानडा, तथा यूरोपतिर हाम्रा सिनेमा लैजान पाइरहिएको छैन ।

महोत्सवमा जानुका सीधा र बाङ्गा फाइदाहरु छन् । धेरै पैसा नआए पनि यहाँको तीस चालीस हजार आउने कयौँ फेस्टिभलहरु छन् । त्योबाहेक त्यहीँ सिनेमा बेच्न सकिने वातावरणहरु बनेका छन् । फिल्ममेकरहरुले एक्पोजर पाउँछन् र अन्तर्रर्ााट्रय सम्बन्ध विस्तार हुन्छ । सानो किसिमको नेर्टवर्क बनाउन सक्दा तपाइँको नाम रहन्छ र तपाइँको सिनेमाले अरुभन्दा बढी महत्व पाउन सक्छ र कहिलेकाहीँ त्यो महत्वले राम्रो पैसा बनाउन पनि सक्छ । सीधा बजार पनि पाउन सकिन्छ ।

नुमाफुङको निर्माण

नुमाफुङको लगानी ४८ लाख पुग्यो, बढी लगानी भयो । हंगकंगमा मात्र २५ लाखको व्यापार गर्‍यो तर हाम्रो हातमा ७/८ लाख मात्र पर्‍यो । हामीले त्यसलाई राम्रोसँग मार्केटिङ गर्न सकेनौँ । मेलबर्नमा चार हजार डलरको व्यवसाय गरेको छ । त्यो चानचुने रकम होइन । न्यूयोर्कमा मात्र चार हजार डलर एउटा स्क्रीनिङबाट आएको छ । त्यस्तो मार्केट छ । फिल्मको वाइड रिलिज भयो भने अवश्य पनि राम्रो व्यापार हुनसक्छ । नुमाफुङले फाइदा नदिएको भए पनि मलाई त्यो बाटो भने देखाइसकेकाले अहिले एक साथ दुइ वटा सिनेमा बनाइरहेको छु । दर्शक र बजार कहाँ छ भन्ने कुरा थाहा पाएको छु ।

अहिले नेपाली सिनेमाको बजारभन्दा त्यो बजार १० गुणा ठूलो बजार छ । त्यही बजारमै हामीले सिनेमा पठाउनु पर्छ । भारतका बुद्धदेव दासगुप्ता, जानी बरुवा, साजियन करुन, गिरिस कार्चावलीहरुले हिन्दी सिनेमाको अर्को धार निर्माण गरेको छ ।

मान्छेले भन्छन्, गरिवी बेचिरहेको छ भनेर गिल्ला गर्छन् तर वास्तवमा त्यो कथावाचनको शैली बेच्ने हो । यहाँका एलिटहरुमाथि राम्रो कथा भन्नुस् र देखाउनुस् न, त्यसलाई उनीहरुले अवश्य पनि मन पराउनेछन् । किरण देसाइ, सम्राट उपाध्यायहरुले नेपालीमाथि लेखेको कथा पुरस्कृत हुन सक्छन् भने हामीले बनाएका सिनेमाहरु किन मन पराइँदैन, अवश्य मन पराइन्छ तर हुनुपर्‍यो नि मन पराउने किसिमको ।

नीति बनाऔँ

हामी सेन्सरको विरोध गरिरहेका छौँ । सेन्सर बोर्ड नभएपछि ग्रेडिङ गर्नुपर्छ । सेन्सर हटाउन सरकारी कर्मचारीले त्यो हटाउन मानिरहेका छैनन् किनभने उनीहरु भत्ता पाउँछन् । अर्को कुरा, चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनु पर्छ । स्वायत्त हुँदा वाषिर्क बजेट बनाउन सक्छ । आर्थिक रुपमा आफैँले धेरै निर्ण्र्ाागर्न सक्छ । विषयमा लगानी गर्ने, मान्छेलाई ट्रेनिङ दिने आदि काम गर्छ ।

कोफिकले १० वर्षलगानी गर्दा कोरियाको उद्योग नै परिवर्तन भयो । ३५ मिमिमा सिनेमा बनाउँदा पाँच लाख रुपियाँ लगानी गरिदिँदा स्तर बढ्छ भनेर हामीले भन्यौँ र अहिले ३५ एमएममा सिनेमा बढाउने कुरामा बढोत्तरी हुनसक्छ । प्राविधिक रुपमा अपग्रेड गर्नु पर्छ ।

उद्योगमा प्रत्येक पाँच वा दश वर्षा नयाँ पुस्ता आउने वातावरण हुनुपर्‍यो । उद्योगमा पैसाको फ्लो हुनुपर्‍यो । उद्योग जग्गाको दलाल र सुन व्यापारीले जोगाएर हुँदैन । मुगा संस्कृतिलाई निरुत्साहित गर्नु पर्‍यो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: