Home» Cinema »Biography

नेपालकी बुहारी

अहिले जहाँ पूना इन्स्टीच्यूट छ, त्यहाँ सन् १९३० तिर प्रभात फिल्म स्टुडियो थियो । त्यहाँबाट विभिन्न सिनेमाहरु बन्थे । त्यहाँ अनन्त मराठे पाँच वर्षो उमेरमा बाल कलाकारका रुपमा काम गर्न आइपुगेका थिए । त्यहाँ आइपुग्नु उनको बाध्यता थियो । उनी पाँच वर्षो छँदै उनका तीन भाइ र एक बहिनी थिए, जो त्यो उमेरमै टुहुरा भएका थिए । स्टुडियोको अगाडि उनीहरुको एउटा रेष्टुराँ थियो, जहाँ भारतीय खानाहरु खुवाइन्थ्यो । रेष्टुराँ राम्रै चलेको थियो । अनन्तको पिताको देहान्तपछि रेष्टुराँ चलाउने अनुभवी हातको अभावमा क्रमशः रेष्टुराँ घाटा भयो र बेच्न बाध्य हुनु पर्‍यो ।

घरको मुली नहुँदा त्यो घरमा निकै अभाव शुरु भयो । अभाव पूरा गराउन अलि चल्तापर्ूजा मानिने अनन्तलाई फिल्म स्टुडियोको कलाकारको रुपमा उभ्याउनु पर्ने भयो । उनको कमाइमा अब घर आश्रति हुन पुग्यो । तर यो भाग्यमानी बालकले एक समय यति उधुम मच्चायो कि उसको घरमा घिउबिना कुनै खाना पाक्दैनथ्यो । यति धेरै कमाई हुन थाल्यो अभिनयबाट । तर त्यो घरमा कहिल्यै पैसा बचाउनु पर्छ र पैसा बचायो भने भविष्यमा काम लाग्छ भन्ने सोच कहिल्यै आएन । कमाइ हुञ्जेल घरभरि सधैँ दशैँ र दिपावली आउँथ्यो ।

अनन्त त्यहाँ महिनाको चालीस रुपियाँ तलबमा काम गर्थे । त्यसबेला चालीस रुपियाँमा प्रशस्त खान लाउन मात्र पुग्ने मात्र होइन कि रामरमाइलोका लागि समेत प्रशस्त पुग्ने गर्दथ्यो । त्यतिबेला प्रायः धार्मिक चलचित्रहरु बन्ने गर्दथे, तिनलाई देशभर निकै रुचाइन्थ्यो । धार्मिक चलचित्रमा पैसा लगानी गर्नु भनेको सुरक्षित लगानी ठानिन्थ्यो । त्यसबाट धेरै नाफा नभए पनि लगानी डुब्दैनथ्यो, फाइदा हुँदा पनि यति धेरै हुन्थ्यो कि त्यसबाट निकै चलचित्र बनाउन पैसा पुग्थ्यो ।

अनन्त एउटा असल कलाकार थिए । उनी गीत गाउँथे, अभिनय गर्थे । त्यसैले उनकोे माग अरुकोभन्दा ज्यादा थियो । उनको कपाल लामो र लगभग सबै भगवान्को अनुहारसँग मिल्दोजुल्दो भएकाले दक्षिण भारतीय र उत्तरी भारतीय सबै किसिमको चलचित्रमा उनी देखिन्थे ।

सन् १९४० को शुरुवातमा प्रभात फिल्म कम्पनीमा 'गोकुल' चलचित्र बन्ने भयो । यसबेला अब अनन्तलाई नलिने र नयाँ अनुहार खोज्ने प्रभात फिल्मले जनायो । दर्ुइ सयभन्दा बढी व्यक्तिहरु अडिसन दिन आइपुगे । तर कोही पनि गोकुल बन्न लायक देखिएन । प्रभातका चर्चित निर्देशकहरुको बैठक बस्यो र निर्णय गर्‍यो, त्यो भूमिका अनन्तलाई नै दिइनर्ुपर्छ ।

अनन्त र उनका मामा मिटिङमा समावेश भए । 'अर्को महिनाबाट गोकुल शुरु हुन्छ तिमीलाई केही भन्नुछ -' निर्देशकहरुको समूहले सोधे । अनन्तले भने- 'मेरो मासिक तलबमा केही विचार गरिदिनु पर्‍यो !' अनन्तका मामा बिच्किए- 'चालीस रुपियाँ ठीकै त छ नि, किन चाहियो अरु थप -' तर अनन्त अडिग रहे । निर्देशकहरुको समूहले उनलाई सोधे- 'कति चाहन्छौ -' 'मलाई मासिक चार हजार रुपियाँ तलब चाहिन्छ नत्र म यहाँ काम गर्दिनँ !' अनन्तको जवाफले उनका मामा पाँच बित्ता माथि उप्रि

'म यति असल कलाकार हुँदाहुँदै पनि तपाइँहरुले दुइ सय जनाको अडिसन लिनु भयो । जबकि मैले तपाइँहरुलाई भनेकै थिएँ, म यो काम गर्न तयार छु । तपाइँले मेरो हृदय तोड्नु भएको छ र फेरि तपाइँहरु मलाई नै लिन खोजिरहनु भएको छ भने मैले तपाइँसँग मेरो इच्छा बताउन पाउनु कि नपाउनु -", तार्किक कुराले निर्देशकहरुको मुखमा बुझो लाग्यो र उनीहरुले अनन्त मराठेलाई गोकुलमा मात्र खेलाएनन्, त्यसपछि उनको तलब चार हजार मासिक पनि हुन थाल्यो ।

यसपछि अनन्तको घरमा झन् ठूलो खुशियाली छायो । स्वणिर्म दिन गुजार्‍यो उनी र उनको परिवारले ।

सन् १९६० पछि भारतभर स्टुडियोको प्रभाव घट्दै गयो र स्वतन्त्र निर्माताहरुको बाढी आयो । त्यहाँका कलाकारहरु पनि विस्तारै स्वतन्त्र निर्माताकहाँ काम गर्न जान थाले । चलचित्रको ट्रेण्ड परिवर्तन भयो र सामाजिक चलचित्रको बाढी आयो, धार्मिक चलचित्रहरु हराउन थाले । यस्तो अवस्थामा धार्मिक चलचित्रका कलाकार अनन्त मराठेले विस्तारै काम पाउन छाडे । अनन्तले सन् १९४० कै दशकमा एउटी रुपवती केटी प्रभासँग बिहे गरेका थिए र उनको कोखबाट तीन सन्तानहरु जन्मिएका थिए ।

अनन्तको युवावस्थामा निकै पैसा भयो । उनीसँग उनका चार पाँच जना चम्चा हरदम हुन्थे । उनको पालामा पैसालाई अन्य कुरामा इन्भेष्ट गर्नुपर्छ भन्ने थाहा थिएन । जति पनि कमाए, त्यो सबै सकिन थाल्यो । ती तीन सन्तानहरुलाई सिनेमाको प्रभावबाट टाढै राखे । किनभने उनलाई थाहा भइसकेको थियो, सिनेमाको सफलता भनेको क्षणिक हो । उसबेला उनले राम्रोसँग पढ्न लेख्न नपाएकाले अधवैशे अवस्थामा अरु के काम गर्ने - समस्या थियो । आफ्ना छोराछोरीले यो अवस्था भोग्नु नपरोस्, उनी त्यही चाहन्थे ।

एकातिर घरमा आर्थिक अभाव छ तर एउटा स्तरमा हर्ुर्किए तीन बच्चाहरु । जहाँ ट्यूसन, लुगाफाटा, दुइ वटा चप्पल हुन्थे नै, राति सुत्नेबेलामा नाइटवेयर हुनै पर्ने । यस्तो स्तर थियो उनको परिवारको तर अभाव त थियो नै । घरका मुलीले कसरी त्यस्ता खर्चहरु धानिरहेका थिए भन्ने कुरा छोराछोरीलाई भेउ थिएन ।

फिलोशफीमा अनर्स सकेपछि एमए गर्ने विचार थियो सिमन्तिनीलाई तर कलेज शुरु गर्नुअघि समय रहृयो । उनको दिदीको बिहे सकियो । पढाइमा उहाँको रुचि नभएपछि उनको बिहे भयो र उनको दाजुले एउटा सानोतिनो काममा अल्भि

राजकमल स्टुडियोमा २० वर्षो उमेरमा अन्तरवार्ता दिइन् । नोकरी गर्ने इच्छा त उनको थिएन तर त्यहाँबाट यस्तो कर आयो कि बाध्य भएर केही दिनका लागि मात्र भए पनि काम गर्ने सोचले त्यहाँ काम गरिन् । त्यसबेला चार सय पचहत्तर तलब दिने भयो । त्यसबेला त्यति तलब पाउनु ठूलो कुरा थियो । त्यहीबेला उनकी एउटी साथी थिइन्- राजकमलमा । उनले जिस्क्याउन थालिन्- तिमीलाई एउटा केटोले मन पराउँछ । उनले हावामा लिइन्, किनभने यसअघि कलेजमा हुँदा यस्तो अनेकन् प्रस्ताव उनले पाएकै थिइन् । त्यो ठूलो कुरा भएन । तर उनले नाम सोधिन्- के नाम हो त्यसको -

"शम्भू प्रधान, नेपाली हो," साथीको जवाफ थियो । सिमन्तिनीले प्रधान थर त गुजरातीहरुको मात्र सुनेकी थिइन्, नेपालीको पनि प्रधान हुन्छ भन्ने थाहा थिएन । त्यसैले अचम्म लागेर उनी भेट्न गइन् । भेट्दा त शम्भुको अनुहारको रंग गुलाबी भयो । बोल्न पनि सकेनन् । अर्को दिन अफिस आउँदा त सिमन्तिनीलाई नै हेरिरहेको ! उनलाई हलुका अप्ठेरो लाग्यो ।

बेलुकी शम्भु त उनलाई घरसम्म पुर्‍याउन जान थाले । सिमन्तिनीले पर्दैन भन्दा पनि अटेर गर्न थालेपछि भने उनलाई ज्यादै अप्ठेरो लाग्न थाल्यो । तर पछि उनीहरु नजिकिन थाले । अब झगडा पनि हुन थाल्यो तर त्यो झगडा पनि दुवैलाई रमाइलो लाग्न थाल्यो । जागीर खान थालेको एक महिनापछि उनीहरु दुवैले निर्ण गरे- अब बिहे गर्नुपर्छ ।

सिमन्तिनीले घरमा कुरा उठाइन्- "म एउटा केटोलाई मन पराउँछु तर केटो नेपाली हो ।"

सिमन्तिनीका बा-आमा बुरुक्क उप्रि

"मलाई खबर गरिन छोरीले नभन्नुहोला, तर मैले बिहे गर्ने केटो उही हो", छोरीको कठोर आवाज सुनेपछि बा-आमाले पनि भनिदिए- "मेरा दर्ुइटी छोरी थिए तर हाम्रालागि एउटी मरी । आजदेखि सम्बन्ध रहेन ।"

सिमन्तिनीले त्यसपछि मन्दिरमा बिहे गरिन् केही नेपालीहरुको उपस्थितिमा । शम्भु प्रधान दङ्ग भए । यसपछि सिमन्तिनीको नाम परिवर्तन भयो- नूतन प्रधानको रुपमा । पहिले हामीले कोर्ट म्यारिज गर्‍यौँ त्यसपछि त्यहाँको आर्य समाजमा बिहे गर्‍यौँ । बुवाआमा आएनन् न त दाजु उनको विवाहमा उपस्थित भए ।

त्यसपछि नूतनको प्रगति शुरु भयो । बम्बैजस्तो ठाउँमा उनीहरुले राम्रो फ्ल्याट किने ।

शम्भु प्रधानको परिवारमा पहिल्यैदेखि अन्तरजातीय विवाह भएको थियो । परिवारमा बुहारीको रुपमा एडजस्टमेन्टको समस्या रहेन तर धार्मिक रुपमा भने त्यस्तो समस्या देखिएन । बुहारी भनेपछि दलाउनु पर्छ भन्ने सोचकी सासुसँग शुरुका दिनमा निकै समस्या उनले भोगिन् । तर शम्भुकी माहिली दिदी (आमाजु)ले उनलाई निकै सघाइन् । चार पाँच दिनभित्र भाषा बुझ्न थालिन् । अनि विस्तारै उनी भिज्न थालिन् । नेपालीमा सोध्थे- बुझेर अंग्रेजीमा उत्तर दिन्थिन् उनले । शुरुका दिनमा यसरी उनले भाषा सिकिन् ।

सम्झनाको मेकिङ

बिहे हुनुभन्दा अघि एक पटक शम्भुले सिमन्तिनीलाई भनेका थिए- मलाई नेपाली भाषामा एउटा सिनेमा बनाउन मन छ । तर दुवैले समयक्रममा त्यो बिर्सिए र्।र् इश्वरी जन्मिएपछि भने दशैँमा टीका लगाउन दार्जिलिङ गए । त्यसबेला एक डेढ महिना बसिन् । त्यो बेलामा शम्भुले नूतनलाई सुनाए- सिनेमाको कन्सेप्ट तयार भयो, अब सम्झना बनाउँछु । अलिअलि पैसा आफ्नो थियो, अलिअलि साथीभाइहरुसँग सरसापट लिएर सिनेमा तयार भयो । सिनेमा त हिट भयो तर एउटा निर्माताको हिसाबले त्यो सिनेमाको पैसा उति धेरै आएन । सम्झनाले सम्पादक हराइदियो र एउटा निर्देशक बनायो । मायालु, बेहुली बनाउन थालेपछि भने बर्म्बईमा भन्दा पनि नेपालमा नै बसेर संर्घष्ा गर्ने विचार दुवैमा पलायो ।

उनी अहिले सझिन्छिन्- "म जब जवानीमा प्रवेश गरेँ, त्यो बेला पनि मेरो माइतमा पैसाको अभाव नै थियो । जब बिहे गरेर आएँ र सिनेमा बनाउन थालियो तब पैसाको अभाव शुरु हुन थाल्यो । पैसाको अभावले हामीलाई एक किसिमको जीवनमा अभ्यस्त गरायो । घरिघरि त कस्तो हुन्थ्यो भने पैसाको अभाव नै छैन भन्ने लाग्न थाल्थ्यो किनभने त्यसैमा हामी अभ्यस्त हुन थाल्यौ हामी ।"

लेखिका नूतन

सम्झना बन्दा उनलाई नेपाली भाषा केही आउँदैनथ्यो । उनको काखमार् इश्वरी थिइन्, जसका कारण उनले सिनेमाबारे सोच्न भ्याइनन् । तर सिनेमाको माहौलमा विस्तारै नूतन पनि भिज्न थालिन् र सिनेमा लेख्ने कुरा सोच्न थालिन् । तर शम्भु उनले सिनेमा लेख्न सक्छिन् भन्ने कुरामा शंका गर्थे किनभने उनको विषय नै भिन्नै थियो । तर एक दिन उनले बेहुलीको कथावस्तु लेखिन् र शम्भुलाई देखाइन् । शम्भु त एक पटक चकित भए कि उनमा लेखन कला पनि रहेछ ! बेहुलीको विषयवस्तु उनलाई मन पर्‍यो र लेखनमा उक्साउन थाले । रवीन्द्रनाथ टैगोरको एउटा कथालाई टिपेर उनले 'बेहुली' बनाइन् तर चलचित्र चलेन । तापनि उनले हार मानिनन् । उनको लेखनक्रम त्यसपछि निरन्तर चलिरहृयो । कुनै प्रशंसित भए त कुनै आलोचित । लेखकको कर्म नै त्यही हो, त्यसमा उनी हार मान्दिनन् ।

बेहुली त उनले ३५ सिन एकै झमटमा लेखिसिध्याएकी थिइन् । त्यो शम्भु प्रधानलाई मन परेपछि उनको लेखनयात्रा शुरु भयो ।

रोचक त के छ भने त्यस्तै झमट उनले सोह्र वर्षो जोवनमा पनि गरेकी थिइन् । तर उनलाई सबैभन्दा माया लाग्छ, सक्कली नक्कली सम्झ

आर्थिक समस्या

जस्तो अभावमा पनि ममीले हामीलाई सबथोकका लागि जुटाइदिनु भयो । जब म आमा भएँ र मैले जब त्यस्तै गाह्रा दिनहरु भोग्नु पर्‍यो, त्यसपछि मैले अनुभव गरेँ, मेरी आमाले कति गाह्रो गरी समस्या टार्नुभयो होला - मलाई त्यसपछि पैसाको मूल्य थाहा भयो ।

मसँग अहिले के छैन - सबथोक छ । गाडी छ, मोटरबाइक छ । उहाँले -श्रीमान्) ले म तिमीलाई सपिङका लागि न्यूरोडसम्म छाडिदिन्छु भन्नुहुन्छ तर अँहँ म कहिल्यै पनि निजी मोटरमा हुइँकिने रहर गर्दिनँ । मलाई सफा टेम्पो नै मन पर्छ । उसले आखिर ठाउँसम्मै पुर्‍याइदिन्छ । हो, अलिकति भीँड हुन्छ त के भो - उनीहरुजस्तै म पनि 'कमन' मान्छे हुँ । मैले किन म स्पेशल व्यक्ति हुँ भन्ने सोच्नु पर्‍यो - यत्रा मानिसहरुले आखिर त्यो भोगेकै छन्, सहेकै छन् त !

मैले अझै पनि छोराछोरीका लागि दिने पकेट मनीमा कुनै परिवर्तन आएको छैन । मैले उनीहरुलाई केही निश्चित रकम दिन्छु । त्यस रकमले तिमी आफ्नो मोटरबाइकको पेट्रोल हाल्छौ कि अतिरिक्त मनोरञ्जनमा खर्च गर्र्छौ कि या अरु नै केही गर्र्छौ तर त्योभन्दा बढी म दिन सक्तिनँ । यो नीतिको प्रभाव के भयो भने जबजब घरमा गाह्रो हुन्छ, तबतब यो नीतिले निकै सकारात्मक प्रभाव पारेको हुन्छ ।

जिन्दगी भनेको आज एक दिन मात्र होइन, भोलि-पर्सर्ीीनि हो । पूरा लामो जिन्दगी कटाउनु पर्छ । त्यसका लागि अव्यवस्थित जीवन होइन एउटा अनुशासित जीवन जिउनु पर्छ ।

ती दिनमा भएको आर्थिक अभावले मेरी छोरीलाई धेरै सिकाएको छ । ऊ पुनामा पढ्दैछे र अरु साथीको तुलनामा ऊ धेरै गम्भीर विद्यार्थी र किफायती छे । हालैको कुरा हो, उनीहरुको कलेजको कार्यक्रमका लागि उसैले हयात होटलमा आफैँले कुरा गरेर कन्फेरेन्सका लागि ठाउँ बुकिङ गरिछे । एक दिन छोरी त्यो कन्फरेन्सबाट आउन ढिला गरी, मैले उसलाई फोन गरेँ- छोरी ढिला भइसक्यो, कहाँ छौ -

"म आइपुग्न आटेँ, तीन मिनेटभित्र आइपुग्छु" इश्वरीको जवाफ थियो ।

"किन ढिला त - ट्याक्सीमा आइपुग्न पनि यति टाइम लाग्छ -" व्यग्र आमाको चिन्तित प्रश्न थियो ।

"म टेम्पोमा छु । त्यसैले थोरै समय लागेको हो । चिन्ता गर्नु पर्दैन आइपुगी हालेँ" इश्वरीले फोन काटिन् ।

घरमा चिन्तित आमाको प्रश्न- "ट्याक्सीका लागि त मैले पैसा दिएकी थिएँ, के गर्‍यौ ?"

"टेम्पोमा १४ रुपियाँमा आउजाउ गर्न सकिँदो रहेछ, किन सय रुपियाँ खर्च गर्नु - अलिकति दुःख गर्दा ८५ रुपियाँ बचाउन सकिन्छ भने त्यति दुःख त गर्नु परिगो नि हैन र ! इश्वरीले थपिन्- "बरु ममी मलाई ट्याक्सी खर्चको पैसा दिन नछोड्नुस् ल ! किनभने नेपालमा मेरो कोर्सको किताब सस्तो पाइँदो रहेछ, त्यो उब्रेको पैसाले किताब किनेर लैजान्छु ।"

एउटै रकमले दुइ कामलाई सिध्याउने उसको कला, अल्लारे उमेरमा पनि यति गम्भीर र सुझबुझपूण् उत्तर पाएर नूतनको आँखामा आँशु रसायो । उनले आँशु लुकाउँदै छोरीलाई अँगालो हालेर भनिन्- "भैहाल्छ नि, पढाइका लागि त म त्रि्रो पकेट खर्च कटाउँदिन नि !"

सक्कली नक्कली फ्लप हुनु उनको आर्थिक जीवनका लागि निकै नै कष्टदायक भए पनि उनको परिवारका लागि असल भयो । "प्रशस्त पैसा भएको भए मेरा छोराछोरी बिग्रिन सक्थे, तर त्यो अभावले जीवनको एउटा पाठ पढाइदियो- मान्छे भएर जन्मिएपछि जस्तोसुकै अप्ठेरो अवस्था पनि भोग्न जान्नु पर्छ", नूतन अहिले सम्भि

सुनचाँदी पछिको जीवन

सक्कली नक्कलीपछि सुनचाँदी बनाए । थोरै पैसामा । तर यति सुपरहिट भयो कि पोखरामा त सिनेमा हलवालाले तपाइँहरु नआइदिनुहोस् भनेर अनुरोध गर्न थाले ।

"सिनेमा कला हो र हामी कलाकार हौँ । हामी कमाउन होइन, अरुलाई दिन जन्मिएका हौँ । हामी लिन जन्मिएका होइनौँ", नूतनको जीवनदर्शन छ ।

टेलिभिजनको प्रवेश

सुनचाँदीपछि १६ वर्षो जोवन लेखिन् उनले तर त्यो उति राम्रो चलेन । विषयवस्तुबाट विकेन्द्रित भएको मानियो त्यसको लेखन । त्यसपछि संन्यास बन्यो जसलाई दर्शकहरुले राम्रै माने । देशको आर्थिक जर्जर अवस्थाले सिनेमालाई पनि गाँज्यो र त्यो त्यसबेलामा ठीकै चल्यो । तर संन्यासपछि सिनेमा बनाउने अवस्था रहेन । त्यसपछि उनले टेलिभिजनका लागि लेख्न थालिन् र पहिलो काम टेलिभिजनमा देखियो- पुरुष बनेर ।

त्यसमा उनले महिला भएर जन्मिनुको पीडाबारे बोलेकी थिइन् । एउटा महिलाले श्रीमती, बुहारी र आमा भएर कति पीडा व्यहोर्नु पर्छ- त्यसको प्रतिविम्व थियो । सन्तान नजन्माई हुँदैन बुहारी भएर तर सन्तान जन्माएर मात्र उसलाई पुग्दैन, उसले छोरो नै जन्माउनु पर्छ भन्ने हाम्रो समाजको मान्यतालाई देखाइएको थियो ।

यसपछि उनले लगातार टेलिभिजनका लागि चार वर्षलेखिन् ।

अहिले

अहिले उनले तीन/चार चलचित्रको पटकथा तयार पारेकी छिन् । उनी राम्रो निर्माताको खोजीमा छिन् ।

ए, बैठकका निर्देशकहरु एकअर्कालाई चकित अनुहारले हर्ेन थाले । mन थालेका थिए । दाइले नै उनलाई उक्साए- यस्सो अन्तरवार्ता दिनू नि ! इन्टरभ्यू दिनु पनि एउटा कला हो । यसपछि थाहा हुन्छ- अरुसँग कस्तो र कसरी व्यवहार गर्ने भन्ने कुरा ।ए- "म पंजाबी मन पराउँछु, गुजराती या अरु कोही नै किन नहोस् तर नेपाली चाहिँ हुँदैन । धर्म संस्कार नै थाहा नपाएकोसँग कसरी बिहे गर्छर्ेे - हुँदैन, हाम्रो सहमति छैन ।"दा । किनभने उनले सबैभन्दा बढी मिहिनेत त्यही लेख्नका लागि गरेकी थिइन् । लामो रिर्सचपछि उनले त्यो लेखेकी थिइन् । mन्छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: