 |
Home» Music »Feature |
प्रवीणको खुशी

नसोचेको कुरा अपर्झट आइपर्यो भने कस्तो हुन्छ ? यस्तो कुरा त अहिले प्रवीण बराइलीलाई सोध्नुहोस् । उनले तपाइँलाई यस्तो स्थितिबारे अहिले राम्रै 'लेक्चर' दिन सक्छन् ।
प्रवीणको नाम सुन्नु भएको थिएन ? तर केही छैन, यसलाई पनि प्रवीणले अन्यथा लिने छैनन् । किनभने आधुनिक गीति क्षेत्रमा विगत एक दशकदेखि संघर्षरत यी दार्जिलिङ्गे युवालाई राम्रै थाहा छ- आधुनिक गीति आकाशमा चर्चाभन्दा बढी सिर्जना हेरिन्छ । त्यसैले त यस पटकको इमेज अवार्डमा उनको गीति सिर्जना 'साथ' सबैभन्दा बढी नामाङ्कनमा परेको छ ।
अब बल्ल सम्झिनु भयो होला, तपाइँले हेर्ने गरेको म्युजिक भिडियो जगदीश समाल र प्रतिमा राजभण्डारीले गाएको चैतको हुरी... का सर्जक यिनै सङ्गीतकार हुन् । उनले सिर्जेका सङ्गीत अहिले उत्कृष्ट पुरुष गायन (जगदीश समाल), उत्कृष्ट महिला गायन (प्रतिमा राजभण्डारी), उत्कृष्ट सङ्गीतकार (प्रवीण बराइली), उत्कृष्ट गीत (वसन्तराज अज्ञात), उत्कृष्ट सङ्गीत संयोजन (अमूल कार्की ढली), उत्कृष्ट पप गायिका (प्रतिमा राजभण्डारी) गरी विभिन्न ६ विधामा नामाङ्कित भएका हुन् ।
"विभिन्न विधामा छनोट भए पनि त्यसको सोच मैले नै बनाएको हुँ", खुशी मिश्रित स्वरमा उनले इनशाडटकमसँग भने- "त्यसैले एल्बमका विभिन्न विधाले एउटा स्तरीय अवार्डमा नाम छिराउनु मेरा लागि ठूलो उपलब्धिको कुरा हो । मेरो कामको मूल्याङ्कन हो ।"
यस एल्बमलाई ओपल इन्टरनेशनलले गएको जेठ महिनामा बजारमा ल्याएको थियो । एक वर्षको अवधिमा बढीमा ८/१० हजारको संख्यामा मात्र बिक्री भएको यो एल्बमको उति राम्रो प्रचार प्रसार भने भएको थिएन । बरु चैतको हुरी... भिडियोको प्रसारणपछि मात्र सर्वसाधारणले गीत मन पराएका थिए ।
गएको वर्ष माघमा सम्पन्न हिट्स एफएम म्युजिक अवार्डमा तीन विधामा छनोट भए पनि एउटा पनि पुरस्कार हात पारेको थिएन । प्रवीणले इनशाडटकमसँग भने- "तर यस पटक पक्कै पनि अवार्ड पाउने छ ।"
 | |
|
|
|
|
|
|
|
|
|
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |