Home» Around the World »Weird and Interesting

बिरामी पार्ने सिनेमा


बुधबार एउटा लोकप्रिय जापानी अखबारले छापेको विज्ञापनमा लेखिएको छ- "हलिउड चलचित्र 'बाबेल' नहेर्नुस्, तपाइँ बिरामी पर्न सक्नु हुनेछ ।"

हुन पनि गएको अप्रिल २८ तारिखमा जापानमा रिलिज भएको यो चलचित्र हेरेर १५ जना व्यक्तिले आफू यो सिनेमा हेरेर बिरामी परेको गुनासो दर्ता गराइसकेका छन् । प्रख्यात सुपरस्टारहरु ब्राड पिट र केट ब्लान्चेटद्वारा अभिनित यो चलचित्रलाई जापानमा गागा कम्युनिकेशनले वितरण गरिरहेको छ । तर तपाइँलाई अचम्म केमा लाग्न सक्छ भने त्यो विज्ञापन छपाउने संस्था चाहिँ यही गागा कम्युनिकेशन हो । उसले आफ्नो चलचित्रविरुद्ध आफैँले विज्ञापन गरिरहेको छ ।

जापानी अभिनेत्री रिन्को किकुचीले लाटी र बहिरी केटीको अभिनय गरेको र उनले ओस्कार अवार्डमा समेत नामाङ्कन पाएपछि जापानमा यो चलचित्र रिलिज हुनुअघि नै चर्चाको वृत्तमा रहेको थियो । त्यसैले चलचित्र रिलिज हुने बित्तिकै जापानी दर्शक यो चलचित्र हेर्न ओइरिएका थिए । मोरक्कोमा भएको आमहत्याकाण्डका विषयमा यो चलचित्रले गम्भीरतापूर्वक कुरा उठाएको छ ।

यतिसम्म त ठीकै थियो, तर चलचित्रमा आउने एउटा दृश्य जहाँ किकुची एउटा नाइट क्लबमा जान्छिन् र त्यो क्लबको लाइटको एक मिनेटसम्मको झल्याकझुलुकले जापानी दर्शकलाई हलभित्रै बान्ता गराउने र सिनेमा हेरिसकेपछि आफू बिरामी भएको अनभूत गराउने भएपछि दर्शकले गुनासो दर्ता गराएका हुन् । वितरक कम्पनीले पनि र्सवसाधारणलाई भ्रम नपरोस्, उनीहरु सिनेमा हेर्न आउँदा मानसिक रुपमा तयार भएर आऊन् भनी उक्त विज्ञापन दिएको रोयर्टसलाई गागा कम्युनिकेशनकी प्रवक्ताले बताएकी छिन् ।

यो सिनेमा जापानका तीन सय हलहरुमा प्रदर्शन भइरहेको छ । ४० देशमा यो चलचित्र पहिले नै रिलिज भइसकेको छ ।

सन् १९९७ मा जापानी बाल कार्टुन श्रृंखला पोकेमनमा प्रयोग गरिएका फ्ल्यास लाइटको अत्यधिकताका कारण सयौँ गुनासाहरु आएका थिए । त्यो श्रृंखला हेर्दा बालबालिकाहरुले बान्ता गर्ने गरेको अभिभावकहरुको ठूलो गुनासो रहेको थियो ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
हलिउड यस्तो पनि ! मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: