Home» Music »Feature

दीपा आइन्, दीपा गइन्


बहुचर्चित सौता काण्डपछि पहिलो पटक दीपा झा नेपाल आइन् । गएको सोमबार नेपाल आएकी उनी शनिबार पुनः मुम्बई फर्किएकी छिन् । नेपाल उनी किन आइन् त ? दीपानजिक सूत्रका अनुसार उनी दुइ वटा म्युजिक भिडियोको छायाँकन गर्न नेपाल आएकी थिइन् । पाँच दिने नेपाल बसाइको क्रममा उनले गाएका दुइ गीत छायाँकनका साथै चलचित्र निर्माण संस्था दर्ता गर्ने उनको सोच थियो ।

'उपहार' एल्बमको "कसले दिन्छ तिम्लाई माया मैले दिएजति" र बंगाली एल्बम 'कोलकाता ओ कोलकाता'को "किचु नोतुन कोथा" का युगल गीतको छायाँकन गर्न उनलाई तीन दिन लाग्यो । यहाँ दीपा र मोडलहरुको दृश्य धुलिखेलको मिराबेल रिसोर्ट, दक्षिणकालीको हात्तीवन रिसोर्ट तथा नगरकोटका विभिन्न स्थानमा खिचिएको र बाँकी उदितको दृश्य मुम्बईमा नै छायाँकन गरिने बताइएको छ । फूर्सद निकालेर उनले आफ्नो पुरानो मित्र मधु क्षेत्रीको सङ्गीत तथा सुरेन्द्र रानाका शब्दमा 'के गर्नु र सुन चाँदी के गर्नु र हीरा' पनि गाउन भ्याइन् ।

मुम्बईमा उदित र दीपाको चलचित्र निर्माण संस्था छ । युडी मुविज् प्रा.लि. का नामबाट यस संस्थाले दुइ भोजपुरी चलचित्र निर्माण गरिसकेको छ । 'कब होइ गौना हमार' सन् २००५ को सफल भोजपुरी चलचित्र मानिन्छ र सन् २००६ मा पहिलो पटक आयोजन गरिएको भोजपुरी चलचित्र अवार्डमा अधिकांश विधामा पुरस्कृत समेत भएको थियो । यो सफलताबाट प्रेरित भएर पछिल्लो पटक 'कब कहबा तु आईलबयु' अहिले सार्वजनिक हुने तर्खरमा छ ।

यही मेसोमा दीपाले मुम्बईमा दर्ता भएको आफ्नो चलचित्र निर्माण संस्थालाई नेपालमा पनि सोही नामबाट दर्ता गर्न खोजेकी थिइन् । तर दीपाको नेपाली नागरिकता नभएको र उदितले कागजी प्रक्रिया पूरा नगरेकोले उनको संस्था दर्ता गर्ने योजना सफल हुन सकेन । अहिले नेपालमा उक्त संस्था दर्ता गर्न सम्पूर्ण कागज दीपाले आफूसँग मुम्बई लगेकी छिन् र उदितले ती कागजमा दस्तखत सिध्याएपछि दर्ता सम्पन्न हुने बताइएको छ ।

यस कम्पनीबाट उदित र दीपाले 'दार्जिलिङकी चेली काठमाडौँका ज्वाइँ' चलचित्र निर्माण गर्ने बताइएको छ । यो चलचित्र दीपाका भाइ आनन्द गहतराजले निर्देशन गर्नेछन् र यो चलचित्र ठूलो बजेटको हुने नेपालस्थित संयोजक रामशरण घिमिरेले बताएका छन् । यो चलचित्रको छायाँकन आउँदो सेप्टेम्बरबाट दार्जिलिङबाट शुरु हुनेछ । आनन्दले यसअघि उदितले गाएका विभिन्न गीतका म्युजिक भिडियो तथा युडी मुभिज् प्रा.लि.ले निर्माण गरेका दुइ भोजपुरी चलचित्रहरु समेत निर्देशन गरिसकेका छन् ।

रञ्जना झाले आफू उदितको पहिलो श्रीमती भएको भन्दै भारतीय सञ्चार माध्यममा बयान दिएपछि निकै तनावमा रहेकी दीपा सौतालाई लोग्ने बाँढ्ने सहमति भएपछि यस पटकको नेपाल भ्रमणमा निकै हलुङ्गो महसूस गरेको अनुभव सुटिङ युनिटले गरेको थियो । दीपाको नेपाली चलचित्र प्रतिको मोहलाई केही व्यक्तिहरुले 'जराप्रतिको मोह'का रुपमा व्याख्या गरे पनि उदितको इण्डियन आइडोलमा संलग्नताले उनी पूरै भारतीय भइसकेको सन्देश नजाओस् भन्नका खातिर दीपाको अर्को 'योजना'का रुपमा केही आलोचकहरुले हेरेका छन् ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायिका रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट गायक सङ्गीतकार नेपाली तारा गीतकार पेज थ्री भिडन्त विचार हल्ला विवाद बजारमा
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,