Home» Around the World »Weird and Interesting

जनावरलाई एयर कूलर


भारतीय राजधानी शहर नयाँ दिल्लीको चिडियाघरमा त्यहाँका जनावरहरु गर्मीका कारण अस्तपस्त नहुन् भनेर चिडियाखानाका अधिकारीहरुले हरेक गर्मी सहन नसक्ने जनावरका लागि एयर कूलर जडान गर्न लागेका छन् । तर यी एयर कूलर गर्मी ज्यादै बढ्यो भने मात्र चालु गरिने अधिकारीहरुले बताएका छन् ।

हिन्दूस्तान पत्रिकाका अनुसार गर्मी बढेलगत्तै त्यहाँका जनावरहरुको खुराकको मात्रा कम गरिएको छ । बढी खानाका कारण शरीरको तापमानमा वृद्धि हुने हुनाले तिनको खानालाई नियन्त्रण गरिएको अधिकारीहरुले जनाएका छन् । बरु पानीको प्रयोग बढी गरुन् भनी हरेक जनावरको पिँजडाका छ कुनामा पानीका भाँडा राखिएका छन्, त्यो पनि स्टिलका भाँडामा चिसो पानी ! यसअघि सिमेन्टका भाँडामा पानी राख्ने गरिएको थियो । रोचक त के छ भने यसरी पानी राखिएको भाँडो ढल्किएर पानी पोखिए तुरुन्त भर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि केही समयको अन्तर पारेर स्वतः पानी भरिने व्यवस्था मिलाइएको हो ।

शुरुवातका यी दिनमा यो सुविधा उपभोग गर्ने जनावरहरुमा बाघ, सिंह, जगुआर, भालु र चिम्पाञ्जी रहेका छन् । तिनीहरुको कोठामा एयर कूलर हालिसकिएको छ र त्यसको आनन्दसमेत तिनले उठाउन थालिसकेका छन् । यिनका लागि अहिले ३५ वटा एयर कूलर गर्मी बढ्ने बित्तिकै चल्न शुरु भइहाल्ने र बाँकी २० यस्ता मेसिन अझै थपिने पनि अधिकारीहरुले जनाएका छन् ।

यी कूलर चाहिँ ३५ देखि ४० डिग्री सेल्सियस तापमान पुगेपछि मात्र चालु हुने चिडियाघरका निर्देशक डी.एन्. सिंहले बताएका छन् । उनले भने- "अहिले नै यी कूलर चालु भए भने पछि गर्मी ज्यादै बढेको खण्डमा यी कूलरले तिनलाई काम गर्ने छैनन् । त्यसैले तिनले गर्मीको महसूस गर्न थालेपछि मात्र कूलर चालु गरिनेछ ।"

कुलर चल्न थालेपछि रातभर ४/५ जना कर्मचारीहरुले ती कुलरको स्थिति अवलोकन गर्नेछन् । चल्न छाडेको खण्डमा तिनले मर्मतका साथै जनावरहरुलाई गर्मीबाट बचाउन सकिने अन्य उपायहरुसमेत अवलम्बन गर्नेछन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय जनावर हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: