Home» Around the World »Weird and Interesting

आफ्नी श्रीमती बेच्ने विज्ञापन

ब्राजिलको सरकारले एउटा इन्टरनेट साइटमा राखिएको श्रीमती बेच्ने विज्ञापनलाई तुरुन्त हटाउन उक्त साइटलाई आदेश दिएको छ । उक्त साइटमा एक पुरुषले आफ्नी श्रीमतीको मोल मात्र ५० डलर (३ हजार ६ सय नेपाली रुपियाँ) मा बेच्ने विज्ञापन राखेको थियो ।

पब्लिक पोलिसिज फर वुमनको सचिवालयले गएको शुक्रबार साँझ मेरकाडो लिभ्रे कम्पनीलाई उसको साइटमा भएको विज्ञापनलाई तुरुन्त हटाउने आदेश दिएको थियो । यो साइटमा प्रख्यात कम्पनी इबे इन्कको समेत लगानी रहेको बताइन्छ । सचिवालयले पठाएको पत्रमा उक्त विज्ञापनले सरकारी नीतिको खिल्ली उडाएको उल्लेख छ । मानव अङ्ग, मानव, रगत, हाड र छालाको कारोबार गर्नु वा खरीद बिक्री गर्नु ब्राजिली कानून विरुद्ध मानिन्छ ।

यता सरकारी आदेश आएलगत्तै वेबसाइटबाट विज्ञापन गायब भएको बताइएको छ ।

विज्ञापनलाई ब्रेनो नामक व्यक्तिले राखेको र विज्ञापनमा भनिएको थियो- "मलाई पैसाको ज्यादै आवश्यक छ... त्यसैले मेरी श्रीमतीलाई ५० डलरमा बेच्न चाहन्छु ।" किन्न इच्छुक व्यक्तिका लागि उसले फोन नम्बरसमेत दिएको बताइएको छ । विज्ञापनमा आफ्नी श्रीमतीको उमेर ३५ वर्ष उल्लेख गरेको र आफ्नी श्रीमती सुनभन्दा कम नभएको पनि बताएको थियो ।

द इस्टाडो समाचार एजेन्सीका अनुसार यो विज्ञापन वास्तविक थियो कि कुनै बदमासको ठट्टा, यो अझै थाहा हुन सकेको छैन । यता मेकाडो लिभ्रेले आफ्नो साइटमा १० लाखभन्दा बढी विज्ञापन पाठक आफैँले राख्न सक्ने सुविधा भएका कारण यो यसभन्दा अघि थियो कि थिएन भन्ने यकिन थाहा नभएको बताएको छ ।

शुक्रबार खबर चारैतिर फैलिएपछि र सरकारी आदेशपछि विज्ञापन त झिकियो, श्रीमती बेच्नेको नम्बर याद गर्नेहरुले पछि उसकी श्रीमती किन्न फोन गर्दा फोनको कुनै जवाफ नदिएको पनि खबरमा उल्लेख गरिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट श्रीमानश्रीमती प्रविधि विज्ञापन हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय बलिउड कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: