Home» Cinema »Biography

नायकहरुकी आमा र भाऊजू

 

नेपाली नाटक र चलचित्रमा एउटा बिर्सनै नहुने नाम छ र त्यो नाम यस्तो छ कि उनी जन्मदा एउटा सानो गल्ती भएको भए- उनको नाम निशान नै रहने थिएन । कतिपय व्यक्तिको जन्म नै यति अवाक्लाग्दो हुन्छ, सुन्दा जो कोहीलाई पत्यार लाग्दैन । जीवनको यस्तै कथा बोकेकी अभिनेत्री हुन्- सुभद्रा अधिकारी ।

फ्याँकिएकी नानी

सुभद्रा अधिकारी जन्मनु चार दिनअघिदेखि उनकी आमा चैत्यदेवी बेहोश थिइन् । बेहोशीमै सुभद्रा जन्मिइन् । अरु बालबालिकाहरु जन्मदा च्याँ गरेर रुन्छन्, तर सुभद्रा रोइनन् । उनको मुटुको गति कम थियो र घरका अन्य व्यक्तिहरुले जन्मदै मरेकी रहिछे भनेर उनलाई एउटा फोहोर कुनामा थन्क्याइदिए । सुभद्रा जन्मिएको भोलिपल्ट मात्र आमाको होश खुल्यो । दाह्रा किट्ने र अचम्मको व्यवहार गर्न थालेपछि मात्र चैत्यदेवीलाई अस्पताल लानुपर्छ भन्ने सुझाव घरकाले दिए । सुभद्राका बुवा दरबारमा काम गर्थे र त्यो दरबारमा एक जना जर्मन डाक्टर हल ड्रेल पनि बस्तथे । ती डाक्टर नर्स सिलप्रभासहित चैत्यदेवीलाई हेन आए । चैत्यदेवीलाई केही बिसेक भएपछि भने डाक्टरले सोधे- 'खोई त नानी ?'

'बच्चा त मरिसक्यो, उः त्यो कुनामा राखेको छ', परिवारका एक सदस्यको उत्तर थियो ।

'खै त बच्चालाई हेरौँ', डाक्टरले नानीप्रति चासो देखाए ।

नानीको शरीर नीलो र श्वासप्रश्वासको गति पनि थिएन । उज्यालोमा ल्याएर डाक्टरले नानीलाई हेरे । फ्याल्नका लागि ठिक्क पारेर राखेको बच्चालाई हेर्दै डाक्टरले परिवारका सदस्यलाई हकारे- 'कसले भन्यो बच्चा मर्‍यो भनेर - लु, चाँडो पानी तताउनुहोस् ।'

चीसो र तातो पानी मिसाएर मज्जाले नुहाइदिइसकेपछि विस्तारै नीलो शरीरमा रक्तप्रवाह हुन थाल्यो । 'मेरो जीवन आमाको देन होइन', अहिले सुभद्रा सम्झन्छिन्- 'डाक्टर हल ड्रेलको देन हो ।'

कला आकर्षण

सुभद्रा तोते बोल्न मात्र के थालेकी थिइन्, उनका पिताको देहान्त भयो । सानै उमेरमा बुवाको अभावको अर्थ के हुन्छ, सुभद्रालाई जति कसलाई थाहा होला ! बुवाको देहान्तले ममता र मायाको अभाव त रहृयो नै आर्थिक अभाव पनि चर्किएर आयो ।

आमा चैत्यदेवी पहिलेदेखि नै सङ्गीत सिक्नु हुन्थ्यो । बद्री वस्ताद उहाँका गुरु हुनुहुन्थ्यो । दैनिक घरमा सङ्गीतको माहौल रहने हुनाले सुभद्रा त्यसमा विस्तारै आकषिर्त हुन थाल्नु भयो । बद्री वस्तादका पारखी नजरले उनमा भएको कला प्रेमलाई तिख्खर अनुभव गर्नु स्वाभाविक थियो । त्यसपछि आमाको स्वीकृतिले नै चार वर्षो उमेरबाट सङ्गीत र नृत्यको ज्ञान लिन थाल्नु भयो तर नृत्यमा विशेष रुचि गढेर गयो । पाँच वर्षो उमेर नपुग्दै उनी स्थानीय कार्यक्रमहरुमा नर्तकीको रुपमा प्रख्याति कमाउन पुगिन् । 'भूसको आगो' नाटकबाट उनी बालकलाकारको रुपमा पनि चिनिन थालिन् । यसरी नृत्य र नाटक सुभद्राको जीवनको अभिन्न अङ्ग बन्न पुगे ।

उसबेला सिनेमा र नाटकको यति धेरै प्रभाव थियो कि उनी पनि त्यो प्रभावबाट मुक्त हुन सकिनन् । आमाले कहिलेकाहीँ दिने गरेको खाजा खर्चबाट जोगाएको पैसाले नजिकैको सिनेमा हल विश्वज्योतिमा गएर उनी सिनेमा हर्ेर्ने गर्थिन् । एक चोटी त उनले सिनेमा हेर्दाहेर्दै रात पर्‍यो घरको बाटो बिर्सिएर बाटैमा रुनु कराउनु पर्‍यो । धन्न चिनेका गाउँलेले उनलाई भेटेर घरसम्म पुर्‍याइदिए । उनी सिनेमा चाहिँ गीतिनृत्यका लागि हेर्ने गर्थिन् । ती कलाकारको भाव, भङ्गमिा र 'अदा' अध्ययन गर्थिन् अनि भोलिपल्ट त्यस्कै नक्कल गरेर अरुलाई देखाउँथिन् । उनको त्यो कलाबाट मख्ख नपर्ने शायदै कोही व्यक्ति हुन्थे होलान् !

उनको स्तरीय नृत्य र अभिनय प्रस्तुतिका कारण सानै उमेरमा उनी व्यवसायिक कलाकार बनिन् । १० वर्षो उमेरमा त उनकै कमाइले आमा र आफूलाई पाल्नसक्ने हैसियत बनाइसकेकी थिइन् ।

नाटकको लोकप्रियता

२० र ३० को दशक नेपालमा नाटकको लागि सबैभन्दा उर्वर समय साबित भयो । अझ नाचघरको स्थापना र प्रज्ञा प्रतिष्ठानको स्थापनाले नाटकलाई मलजलको काम गर्‍यो । त्यही बेला उनले बासु शशि, विजयबहादुर मल्ल, गोविन्द गोठाले, बालकृष्ण समजस्ता चर्चित व्यक्तित्वका नाट्य कृतिहरुमा अभिनय गर्ने अवसर पाइन् । र, उनको जीवनको सबैभन्दा रोचक पक्ष नाटक 'मुनामदन'सँग जोडिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अत्यन्त लोकप्रिय यो काव्यिक नाटकसँग जोडिएर उनले मेचीदेखि महाकालीसम्म यात्रा गरिन् । झण्डैझण्डै एक हजार शोमा त उनले प्रत्यक्ष भाग लिइन् । त्यो नाटकका मुख्य पात्र मदन र मुनाका कलाकार परिवर्तन हुन्थे तर निकै पछिसम्म पनि उनी दिदीको भूमिकामा देखा परिरहिन् । अरु त अरु पछि मुनामदन चलचित्रमा पनि उनी देखा परिन् ।

प्रख्यात नाटक निर्देशक र लेखकहरुकी समेत प्रिय कलाकार भएकी हुनाले सुभद्राले प्रज्ञा प्रतिष्ठानमा जागीर पाइन् । त्यसैबेला राजा महेन्द्रको इच्छाबाट 'आमा' चलचित्र बन्ने भयो । त्यसमा उनी भूमिका निभाउन इच्छुक थिइन् तर श्रीमान्ले वातावरण ठीक छैन भनी रोकिदिए । त्यस्तै 'माइतीघर' उनलाई माला सिन्हाको पछाडि नाच्ने भूमिका दिने भएपछि त्यो पनि छाडिदिइन् । शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि पहिलो पटक मनको बाँध चलचित्र बन्ने भयो । अन्तरवार्ता दिएर त्यसमा अभिनयका लागि सुभद्रा छानिएपछि चलचित्र खेल्ने उनको इच्छा पूरा भयो ।

चलचित्र यात्रा

भर्खरै २२ वर्षीया सुभद्रालाई 'मनको बाँध'मा उमेर सुहाउँदो भूमिका थिएन । पाको व्यक्तिको अभिनय गर्नुपर्ने भएकाले उनको कालो कपाललाई सेता रंगले रंग्याएर पाको महिलाका रुपमा अभिनय गरिन् र त्यो उनलाई निकै सुहायो । उनलाई पनि नायिकाहरुको छोटो अभिनय जीवनभन्दा चरित्र भूमिकाको लामो जीवन जँच्यो । त्यसपछि उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनजस्ता चलचित्रमा प्रभावशाली अभिनय दिएर नेपाली चलचित्रको पर्दामा एक अविष्मरणीय कलाकारको रुपमा धाक जमाउन सफल भइन् । आज विगत सम्झेर ल्याउँदा आफूले गर्न सकेको कामप्रति गर्व लाग्छ ।

जीवनको पीडा

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनापछि उनलाई त्यहाँ विशिष्ट श्रेणीको कलाकारका रुपमा जागीर दिइयो । तर त्यो प्रतिष्ठान खासगरी साहित्यको उत्थान्का लागि स्थापना गरिएको थियो । पछि सांस्कृतिक संस्थानको स्थापना नाटक र संगीतको उत्थानका लागि गरियो । त्यहाँ कलाकार आहृवान गरिएपछि उनले प्रज्ञा प्रतिष्ठानको जागीर छोडेर नाचघरमा जागीर खान गइन् । सुभद्रा अहिले फर्ुसदिला दिनहरुमा त्यो दिन सम्झेर दुःख मान्छिन्- त्यो मेरो सबैभन्दा गलत निर्णय थियो । २०२८ सालदेखि लगातार २५ वर्षजागीर खाएर उनी खाली हात सांस्कृतिक संस्थानबाट बिदा हुनु पर्‍यो ।

फुर्सदिलो जीवन

काठमाडौँको डल्लुमा आफ्नै पसिनाले बनाएको घरमा अहिले जीवन व्यतीत गरिरहेकी सुभद्रा चलचित्रमा विस्तारै कम भूमिका गरिरहेकी छिन् । बचेको समय अधिकांशतः समाजसेवामा बिताइरहेकी छिन् । टोल र छरछिमेकमा हुने क्लब स्थापना, सडक निर्माण र पुनर्निर्माणलगायत अन्य कार्यमा उनी नै अगाडि हुन्छिन् । त्यसैले उनको टोलमा उनलाई कलाकारभन्दा पनि समाजसेवी सुभद्रा दिदी भनेर धेरै जसोले चिन्ने गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Related Tags:
अभिनेत्री सेलेब्रिटी अभिनेता रिलिज समारोह सेक्स प्रविधि सुटिङ हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country