Home» Around the World »Weird and Interesting

पुस्तकालयका लागि उत्तेजक साहित्य !

अष्ट्रियाको राजधानी भियनास्थित सिटी हलमा रहेको पुस्तकालयले आफ्नो सुविधा विस्तार गर्न एउटा यौन उत्तेजक कार्यक्रम अघि सारेको छ ।

एपी समाचार संस्थाका अनुसार यो पुस्तकालयले 'सेक्स हटलाइन' नामक यो कार्यक्रम पुस्तकालयको क्षमतालाई बढाउन शुरु गरेको पुस्तकालयका अधिकारीहरुले बताएका छन् ।

वास्तवमा यो ज्यादै अनौठो र खासगरी अपाच्य कुरा हो कि जनताहरुले पुस्तकालयलाई सहयोग गर्न यौनप्रधान साहित्यलाई सुन्नु पर्नेछ । त्यसका लागि जनताले एउटा निश्चित नम्बरमा फोन गर्नेछन् र उनीहरुलाई मनपर्ने साहित्यको नम्बर कोड दाब्ने छन् । त्यो नम्बर कोड दाबेपछि उक्त नम्बरमा पर्ने १८ औँ, १९ औँ र २० शताब्दीमा लेखिएका कामुक साहित्य कसैले पढेर सुनाउने छन् ।

यसरी जनताले फोन गर्दा उनीहरुको प्रतिमिनेट ५३ सेन्ट खर्च हुनेछ । तर रोचक के छ भने उनीहरुले सुन्ने यौनउत्तेजक साहित्य चाहिँ कुनै अैरेगैरेको स्वरमा हुने छैन । देशकै चर्चित र सफल अभिनेत्री एनी बेनेटले ती सबै साहित्य पढेर सुनाउने छिन् ।

सिटी हलले गरेको यो कार्यमा सघाउनेको पनि राम्रै जमात छ । (यौनप्रधान सामग्री यो पनि मनपर्ने नायिकाको आवाजमा सुन्न पाउँदा ग्राहकहरु खुशी हुने नै भए नि, हैन त ?) एनीले चाहिँ यसअघि नै यस पुस्तकालयमा रहेका १ हजार २ सय पुस्तकका यौन उत्तेजक सामग्री पढेर आनन्द लिइसकेकी छिन् । अष्ट्रियालीहरुले एनीको मादक स्वरलाई निकै रुचाइरहेका होलान् !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सेक्स उपाय माया सुन्दरी भव्यता गुगल बलिउड सेलेब्रिटी मूर्ख्याइँ विज्ञापन इन्टरनेट मुद्दा मामिला श्रीमानश्रीमती नग्नता हलिउड फट्याइँ परिस्थिति प्रविधि उदारता कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,