Home» Around the World »Weird and Interesting

तालु भएकोमा मुद्दा

जर्मनीका एक तालुखुइले व्यक्तिले अदालतमा मुद्दा हालेका छन् । उनको तर्क के छ भने आफू तालु भएकाले सरकारले उनको टाउकोमा कपाल रोप्नका लागि लाग्ने सप्पै रकम तिरिदिनु पर्छ ।

अदालतमा यो मुद्दा परेपछि त्यहाँका वकिल र न्यायाधीशहरुको तालु सुकेको छ । किनभने अहिलेसम्म यस्तो माग गर्दै कुनै पनि अदालतमा कुनै पनि व्यक्तिले मुद्दा गरेको तिनको जीवनभर याद छैन ।

यो मुद्दा जर्मनीको दक्षिण-पश्चिमी प्रान्तको रिनेल्याण्ड-प्यालेटटिनेट अदालतले ती व्यक्तिको मुद्दामा सरकारले रकम दिनु नपर्ने निर्णय दिएको छ । तर यता त्यो आफ्नो अधिकारभित्र पर्ने र सरकारले दिने स्वास्थ्य बिमाकै एउटा अङ्ग अन्तर्गत पर्ने हुनाले त्यो आफ्नो हक भएको उनको जिकिर रहेको छ । त्यसैकारण अदालतले यसलाई वाहियात् दाबी भनी निर्णय गर्न नमिल्ने उनको भनाइ छ ।

अझ उनको दाबी त कस्तो पनि छ भने उनी जन्मिँदै तालुखुइले भएकाले राज्यले उनको कपाल नआएकोमा अनुसन्धान गर्नुपर्ने र कपाल नआएबापत् उनलाई क्षतिपूर्ति तिर्नुपर्ने हो । अनुसन्धान नगरे पनि कम्तीमा आफ्नो तालुमा कपाल उमार्न आर्थिक सहयोग चाहिँ राज्यले गर्नैपर्ने विषय भएको उनको तर्क छ । यता स्वास्थ्य विमा कम्पनीले भने यस्ता तालुखुइलिएको समस्यामा महिला र नाबालिगहरुलाई मात्र सुविधा रहेको छ । राज्यले महिला र नाबालिगका लागि मात्र यस्तो समस्या समाधान गर्ने गरेकोमा उनी क्षुब्ध छन्, भन्छन्- "तालु भनेको महिला वा नाबालिगको मात्र ठूलो समस्या र हाम्रो चाहिँ समस्या नै होइन भन्ने मानसिकतामा परिवर्तन आउनु पर्छ ।"

उनले आफ्नो निवेदनमा भनेका छन्- "तालुका कारण मलाई अहिले समस्या भएको छ । मलाई बाहिरतिर निस्कँदा घामले तालु पोल्ने गर्छ । ऐनामा हेर्दा आफूलाई नै लाज लाग्छ । अनि महिला देख्नेबित्तिकै म त्यसैत्यसै नर्भस हुने गर्छु, यस्तो स्थितिमा सरकारले मेरो कपाल उमार्न ममाथि लगानी गर्नैपर्छ ।"

यता न्यायाधीशहरु पनि कम अररा छैनन् । तिनले निर्णय लेखेका छन्- "यदि तालुका कारण बाहिर निस्कँदा घामले पोल्ने, महिला देख्ने बित्तिकै नर्भस हुने कारण छन् भने तिनको उपाय पनि छन् । घरबाहिर निस्कँदा र महिलाहरुले हेर्ने स्थिति आएमा टोपी लगाउने गर्नुस्, त्यसले तपाइँलाई तालु पोल्ने पनि छैन र जाडो याममा न्यानो पनि गराउने छ । सबैभन्दा सस्तो दामको टोपीले तपाइँको समस्या समाधान गर्ने भएकाले राष्ट्रिय ढुकुटीले तपाइँको तालुमाथि लगानी गर्नुपर्ने कुनै कारण देखिँदैन ।"

जर्मनीमा रहेको स्वास्थ्य विमाको सदुपयोग गर्दै अधिकांश जर्मन महिलाहरुले आकर्षक स्तन बनाउन स्तनको सर्जरी गर्ने र 'स्पा रिसोर्ट'हरुमा जान प्रेरित गर्ने गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला हलिउड मूर्ख्याइँ उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: