Home» Music »Feature

सङ्गीतमा अर्को रेकर्ड !



सगरमाथाको उत्तरी मोहडामा आउँदो साता एउटा गीति एल्बमको विमोचन हुँदैछ । रोचक के छ भने सगरमाथाको हिउँ प्रदेशमा विमोचन हुने एल्बमको नाम पनि 'हिउँ' नै रहेको छ ।

प्रयोगधर्मी सङ्गीतकार सामवेदले आफ्नो नवीनतम् गीति एल्बमलाई सगरमाथाको टुप्पोमा विमोचन गर्ने निर्णय गरेका हुन् । "तयारी अन्तिम चरणमा छ । त्यसका लागि १० जना आरोही शेर्पालाई अडियो सिडी तथा ब्यानर जिम्मा लगाइसकेको छु", इमेल वार्तामा सङ्गीतकार सामवेदले इनशाडटकमसँग भने- "सगरमाथाको शिखरमा विमोचित हुने शायद यो पहिलो एल्बम हुनसक्छ ।"

१० आरोही शेर्पाले सगरमाथाको टुप्पोमा यो एल्बमलाई विमोचन गर्नेछन् र आधिकारिक रुपमा उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्ने यो पहिलो गीति एल्बम हुनेछ ।

सामवेद र प्रसुनाद्वारा लेखिएका हिउँगीतलाई सामवेदले सङ्गीतबद्ध गरेका छन् भने एडि्रयन प्रधान, समाल जगदीश, स्वरुपराज आचार्य, राजेशपायल राई, रामचन्द्र काफ्ले, चन्द्रकुमार दोङ, ११:३० बसन र अन्जु पन्तले यसमा स्वर दिएका छन् ।

एल्बममा हिउँप्रदेशमा काम गर्ने कामदार, हिम आरोहीका कथाव्यथा र तिनका भावनाहरु समेटिएको सङ्गीतकार सामवेदले जनाएका छन् । यो एल्बमको बिक्रीबाट आएको रकम हाई अल्टिच्यूट माउन्टेन वर्कर्स वेल्फेयर फण्डलाई हस्तान्तरण गरिने समेत सङ्गीतकार सामवेदले जानकारी दिएका छन् ।

सगरमाथा चढ्ने भाग्य पाउने यो एल्बमको बिक्रीको भाग्य भने कस्तो हुने हो र हिमआरोही मजदूरहरुको सहयोग रकम कति जम्मा हुने हो- त्यो चाहिँ हेर्न बाँकी नै छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कीर्तिमान रिलिज लुकेका कुरा क्या बात ! गायिका प्रेम र विवाह तातोपीरो रुचि सङ्गीतकार कन्सर्ट नेपाली तारा उपलब्धि गायक हल्ला गीतकार विचार भिडन्त पेज थ्री बजारमा ट्रयाक बाहिर
Browse Tags in Other Group
 
 • सङ्गीतसँग प्रयोग गर्दै
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema,