Home» Around the World »Weird and Interesting

चोरलाई चौतारो !



चोरलाई चौतारो साधुलाई सूली यो उखान तपाइँहरुमध्ये धेरैजसोले त सुन्नु भएकै होला । जसको अर्थ हुन्छ, चोरलाई सम्मान गर्ने अनि साधुलाई चाहिँ अपराधी घोषित गरेर गाउँ निकाला गर्ने वा त्यसलाई सजाय दिने ।

अमेरिकाको एउटा बैँकको पैसा लुट्ने एक व्यक्तिलाई त्यही बैँकले जागीर दिने प्रस्ताव राखेको छ । अचम्ममा पर्नु भयो ? उसो भए तल पनि पढ्नुस् !

घटना विवरणअनुसार एक जना बेरोजगार बूढाले अरु कहीँ होइन, चोर्नका लागि बैँक नै ताकेछन् । तिनले बैँकले बनाइदिएको एटीएम मेसिन छेउ गएर त्यसलाई फोडफाड पारेर त्यहाँ भएको ४ हजार ९ सय डलर (३ लाख ३ हजार ८ सय रुपियाँ) रकम लिएर टाप कसेछन् ।

६१ वर्षीय लरेन्स लसनलाई पछि प्रहरीले पक्राउ गरी अदालतसामू हाजीर गराए । उनलाई अकल्याण्डस्थित जेलमा केही समय पनि बिताए । गएको जुलाईमा उनी पक्राउ परेका थिए र एक वर्षन्दा कम समयमा हालै रिहा भएका थिए । ला सेली बैंकको डेट्रोइट छेउको मेसिन उनले भत्काएका थिए । तर उनले भएको कुरा लुकाएनन् । एपी समाचार संस्थाका अनुसार उनले भएको सही सत्य कुरा बताए । उनी रिहा भएपछि भने- "वास्तवमा यो ज्यादै घटिया काम हो तर पनि कम मिहिनेतमा म आफ्नो खानेकुराको बन्दोबस्त गर्न चाहन्थेँ ।"

उनी रिहा भएको खबर थाहा पाएपछि सोही बैंकले उनलाई जागीरको प्रस्ताव राखेको छ । "म बिना कुनै संर्घष्ा वा कुटपिट बिना जेल जान चाहन्थेँ, जहाँ मलाई नियमित खाना खुवाउने मेसो बस्थ्यो । अब बाहिर निस्किँदा मेरो मनमा ठूलो संकट थियो कि अब के गर्ने होला - तर यो जागीरको प्रस्तावले म हषिर्त छु," बूढा लरेन्सले बताए ।

"मैले जे गरेँ, त्यसमा मलाई पछुतो छ र जसजसलाई मैले चोट पुर्‍याएँ, तिनबाट क्षमाको आशा गर्छु", निन्याउरो अनुहार पार्दै उनले माफी मागे ।

त्यसो त उनी गाडी (अटोमोबाइल) का डिजाइनर थिए । त्यहाँको जागीरबाट निकालिएपछि भोकभोकै सडकमा हिँड्नुभन्दा जेल जानु श्रेयस्कर ठानेका थिए । जेलमा पुर्‍याइनुअघि अदालतमा नै अदालतका सरकारी वकिलले उनको दयनीय स्थितिमाथि दुःखित हुँदै उनको जेलम्याद सकिएपछि उनको रोजगारीको ग्यारेन्टी गरिनु पर्ने माग समेत राखेका थिए ।

बैंकले उनलाई कस्तो किसिमको जागीरका लागि बोलाएको हो, त्यो चाहिँ बैंकले खुलाउन चाहेन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति यस्तो पनि ! मुद्दा मामिला हलिउड मूर्ख्याइँ उदारता गुगल भव्यता उपाय इन्टरनेट बलिउड विज्ञापन प्रविधि कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ नग्नता उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: