Home» Around the World »Weird and Interesting

हेल्मेटको कमाल !



टाउकोबाट बढेमाको ट्रकले किचिपिची पार्दै अगाडि बढ्दाको अनुभव कस्तो हुन्छ भन्ने सुनाउन रायन लिप्सकम्ब अहिले जीवितै छन् । उनलाई सोध्नुभयो भने एक वाक्य मात्र भन्न सक्छन्- "साँच्चिकै अचम्मको !"

एपी समाचार संस्थाका अनुसार अमेरिकाको सियाटल निवासी लिप्सकम्बको मुटु त्यो घटनापछि बेस्सरी अत्तालिएका छन् । तर सौभाग्य के थियो भने उनको टाउकोमा गज्जबकै हेल्मेट चाहिँ लगाउन भुलेका थिएनन् । उनलाई आज जीवितै देख्न पाउने अवसर यही हेल्मेटले दिलाएको हो भन्न उनी चुक्दैनन् ।

युनिभर्सिटी अफ विस्कसिन मेडिसनका औषधि विज्ञानका यी २६ वर्षीय पात्र गएको शुक्रबार आफ्नै सुरमा मोटरबाइकमा गइरहेका थिए । उनलाई पछाडिबाट ठूलो ट्रकले ठक्कर दियो । कतिसम्म भने उनको बाइकलाई पनि ट्रकले घिसार्दै लग्यो । त्यसपछि त उनको होशहवासै गायब भयो । तर यो के ? ट्रक न त रोकिने नाम लिन्छ न त उनले आफू बाँच्ने कुनै उपाय नै देख्छन् । तर पनि हिम्मत जुटाएर उनले बाइक्को टाउको घुमाए र ट्रकबाट अलग्गिए । तर उनी अलग्गिन पनि पाएका थिएनन्, ट्रकको पछाडिको चक्काले उनको टाउको भेटिहाल्यो र टाउकोलाई किचिपिची पार्दै अगाडि बढ्यो ।

"मैले टायर आफूतिर आउँदै गरेको चाल पनि पाइनँ तर के भयो भने टाउकोमा ज्यादै असजिलो महसूस चाहिँ गरेँ" सियाटलबाट निस्किने द क्यापिटल टाइम्ससँगको साक्षात्कारमा उनले भने- "धरोधर्म तपाइँलाई नढाँटी भन्छु, ट्रकको टायरले टाउकोमा टेक्दा चाहिँ अचम्मको अनुभव हुने रहेछ !"

ट्रकको किचाईले उनको हेल्मेटको पछाडिको भाग कुच्चिएको छ । त्यसो त उनको हेलमेटमा टायरले टेकेको स्पष्ट चिनो बसेको छ । त्यसलगत्तै उनी अस्पताल गए र उनलाई तीन घण्टाको उपचारपछि घर फिर्ता लगियो ।

यता प्रहरीले यस घटनामा केही पनि बताउन अस्वीकार गरेको छ । ट्रकले उनलाई ठक्कर दिएर भागेकाले कसले ठक्कर दियो भन्ने बारेमा प्रहरी अझै अनभिज्ञ छ ।

यता दुर्घटनामा परेका लिप्सकम्बले आफ्नो टाउको अहिले बढी दुख्न थालेको र घाँटीमा समस्या देखिन थालेको बताएका छन् । उनले थपे- "ज्यानै जानुपर्ने घटनामा घाँटी र टाउको दुखाई त अलि कम नै भयो नि, होइन र ?" यता यो दुर्घटनाले आफ्नो पीएचडी कार्यक्रममा कतै असर त गर्ने होइन भनी चिन्तित भएका छन् । तर आफ्नो दह्रो हेल्मेटप्रति उनले कृतज्ञता व्यक्त गरे ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति यस्तो पनि ! उदेकलाग्दो हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी नग्नता
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: