Home» Around the World »Weird and Interesting

ब्रोक ब्याकलाई अढाई लाखे मुद्दा

प्रख्यात चलचित्र ब्रोक ब्याक माउन्टेन चलचित्रमाथि एक १२ वर्षीया बालिकाले २ लाख ५० हजार पाउण्ड (३ करोड १२ लाख ५० हजार नेपाली रुपियाँ) क्षतिपूर्तिको दाबी गर्दै मुद्दा हालेकी छिन् । आफ्नो कक्षामा यो चलचित्र देखाइएपछि आफू गम्भीर मानसिक रोगी हुनु परेको कारण खुलाई उनले यो दाबी गरेकी हुन् ।

जेसिका टर्नर नामक यी बालिकाले आफू यो चलचित्र हेरेपछि कैयौँ दिन सुत्न नसकेको कारण देखाई उनले मुद्दा हालेको प्रख्यात समाचार पत्रिका सिकागो टि्रब्यूनले छापेको छ ।

कक्षामा शिक्षिका मिस बुफोर्डले यो चलचित्र देखाएको जेसिकाले बताएकी छिन् । चलचित्र हेर्न नमान्दा बुफोर्डले 'कक्षा कोठामा जेसुकै भए पनि कसैले कक्षा छाड्न पाउने छैन । तिमीहरुले हेर्नैपर्छ' भनी जबरजस्ती गरिएको समेत जेसिकाले आफ्नो मुद्दामा उल्लेख गरेकी छिन् ।

तर जेसिकाको यो मुद्दा चाहिँ ती शिक्षिकाको विरुद्धमा भने छैन । तिनले सिकागो बोर्ड अफ एजुकेशनमाथि यो मुद्दा हालेका छन्, जसले यो सिनेमा देखाउने स्वीकृति दिएको थियो । त्यसो त यो मुद्दा एक वर्षअघि हालिएको भए पनि अहिले बोर्डको विचाराधीनमा आइपुगेको छ ।

ब्रोक ब्याक माउन्टेन सन् २००५ मा अस्कार अवार्डमा उत्कृष्ट चलचित्रसहित चार वटा विभिन्न विधाको पुरस्कार पाउने दुइ साथीको आपसी प्रेमकथा हो । समलिङ्गी यी साथी र उनका श्रीमतीबीच यौन दृश्यहरु समेत जेसिकाको कक्षामा देखाइएकाले यो चलचित्रपछि जेसिका बिरामी परेको उनका हजुरबुवाको दाबी छ ।

जेसिकाका अभिभावक हजुरबुवा केनेथ रिचर्डसनले भने- "यस्ता चलचित्र र विषयहरु मेरा नातीनातिनाले नहेरिरुन्, तिनले हेर्न र जान्न पर्ने अन्य धेरै राम्रा कुरा छन् भन्ने मेरो भनाइ हो । स्कूलमा यस्ता चलचित्र देखाइनु ज्यादै दुःखद् मात्र होइन आपत्तिजनक पनि छ ।"

हजुरबुवा केनेथले स्कूलकी प्राध्यापिकासँग ती शिक्षिकाको व्यवहारबारे तीतोपीरो सुनाइसकेको समेत बताए । केनेथ अब आइन्दा स्कूलमा यस्ता सिनेमा देखाइने छैन भनी आश्वस्त हुन चाहेको बताएका छन् । यता स्कूलका प्रवक्ता माइक भेगनले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! सेक्स मुद्दा मामिला हलिउड मूर्ख्याइँ गुगल उदारता भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: