Home» Around the World »Weird and Interesting

गर्भवती महिलाको विश्व रेकर्ड



दक्षिण अफ्रिकामा एक हजार महिलाहरु एक ठाउँमा भेला भएर एक साथ बच्चा जन्माउने नयाँ विश्व रेकर्ड शनिबार बनाएका छन् । रमाइलो के रह्यो भने यहाँ भेला हुनेहरुले तोकेको समयमा नै बच्चा जन्माउन शुरु गरेका थिए ।

"हामी यी गर्भवती महिलाहरुलाई एकै ठाउँमा भेला गराएर गर्भाधान गराउने काममा केही समस्या आउला कि भनेर निकै चिन्तित थियौँ तर धन्न केही भएन । अस्पतालसमेत तिनलाई लैजानु परेन", कार्यक्रम आयोजक प्रोजेनी पाठेरले बताइन् ।

"यत्ति धेरै महिलाहरुलाई हेरचाह गर्नका लागि हामीले डाक्टर र तिनको समूहलाई निकै सतर्क अवस्थामा राखेका थियौँ", 'योर बेबी शो'का प्रदर्शन निर्देशक पाठेरको भनाइ थियो ।

त्यसो त यो प्रदर्शनीका लागि उनलाई चाहिएको मात्र एक सय गर्भवती महिला मात्र थिए । तर कार्यक्रमको चर्चा यति धेरै भयो कि कार्यक्रमको दिन १ हजार १ सय ४६ महिलाहरु भाग लिन आइपुगेका थिए । यो विश्व रेकर्डलाई अवलोकन गर्न स्वतन्त्र पर्यवेक्षकहरुसमेत डाकिएका थिए ।

"हामीलाई ज्यादै आनन्द र खुशीको अनुभव भइरहेको छ कि हामीले एउटै छानामुनि यति धेरै संख्यामा गर्भवती महिलालाई राखेर तिनका सन्तान जन्माउने रेकर्ड राख्न सक्यौँ", पाठेरको खुशी आँखामा छचल्किएको थियो ।

त्यसो त दुइ हजार महिलाहरुले यो रेकर्डका लागि पहिलेदेखि नै आफूलाई दर्ता गराएका थिए । तर धेरै जसो चाहिँ समयमा उठ्न सकेनन् र केही महिला काम गर्न जानुपर्ने कारणले आउन सकेनन् । जसमध्ये केहीले नाम दर्ता गराएको केही दिनमै बच्चा जन्माइहाले भने केहीको बच्चा जन्मिन अझै ढिलाइ हुने भएकाले पनि कार्यक्रममा भाग लिन पाएनन् ।

त्यसो त अझै बच्चा पाउने समय भएकी मेरी डिकलेडी चाहिँ यो भेलामा अरुले जन्माएको बच्चा हेर्ने रहरले अरु काम छाडेर आएकी थिइन् । "मेरो बच्चा आउन अझै समय छ तर अरुको खुशी र पीडा मैले एक साथ हेर्न पाउने यो अवसर गुमाउन चाहिनँ", उनले खुशी हुँदै भनिन् ।

यो पहिलो कार्यक्रममा नै यत्ति धेरै सफलता पाएपछि पाठेर दक्षिणी अफ्रिकी राजधानी जोहानेर्सबर्गबाहेक अन्य ठाउँमा पनि यस्तै कार्यक्रम गर्ने सोचमा छिन् । आउँदो नोभेम्बर महिनामा उनले दक्षिण अफ्रिकाको र्डबान र केप टाउनमा यस्तै प्रकृतिका कार्यक्रमको तयारीमा उनी जुटिसकेकी छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! कीर्तिमान उदेकलाग्दो हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ नग्नता
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: