Home» Music »Feature

इमेज अवार्ड जेठ 12 मा



आगामी जेठ 12 गते इमेज अवार्ड हुने घोषणासहित हिजो साँझ इमेज अवार्डमा नामाङ्कित हुने सम्पूर्ण गायकगायिका तथा प्राविधिकहरुलाई नामाङ्कित प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा इमेज च्यानलसँग सम्बन्धित केबुल टीभी, क्यासेट उत्पादक कम्पनी, म्युजिक भिडियो उत्पादक कम्पनीलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा इमेज च्यानलका अध्यक्ष आरके मानन्धर, इमेज एफएमका प्रबन्धक भरत शाक्यले इमेज अवार्डका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा अधिकांश सङ्गीकर्मीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा हरेक नामाङ्कन पत्रका लागि रु. पाँच लिइएकोमा त्यसरी जम्मा भएको रकममा इमेज च्यानलले अरु रकम थपी सुस्त मनिस्थितिका महिलाहरुका लागि तालिम दिने संस्था सुनगाभा संस्थालाई प्रदान गरिएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अवार्ड रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,