Home» Cinema »Feature

लौ, यी त बिग्रेछन् !

पत्रकारितामा लाग्नुलाई केही वर्षअघिसम्म 'बिग्रिएको' ठानिन्थ्यो । अझ यदि कुनै पत्रकार चलचित्रबारे लेख्छु भन्यो भने त पत्रु नै ठानिन्थ्यो । तर अहिले विस्तारै चलचित्र पत्रकारितालाई पनि पत्रकारिताका अन्य विधाझैँ सम्मानित नजरले हेर्न थालिएकोमा हिजो सन्तोष व्यक्त गरियो ।

आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाल चलचित्र पत्रकार संघले चलचित्र पत्रकारितामा योगदान पुर्‍याउने तीन पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

पुरस्कृत हुने पत्रकारहरुमा कान्तिपुर साप्ताहिकका रङपत्रकार तथा साइबरसंसारइनशाडटकमका प्रेस सल्लाहकार सुब्रत आचार्य, स्टार एफएमका कार्यक्रम निर्देशक दयाराम पाण्डे रहेका छन् । त्यसैगरी कान्तिपुर टेलिभिजनमा रजतपटका सञ्चालक प्रकाश सुवेदीलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्र पत्रकार संघको नवऔँ वाषिर्कोत्सवको अवसरमा विभिन्न ठूलो केकमा नौ वटा मैनबत्ति बालिएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले ती मैनबत्तिलाई फुकेर तथा केक काटी अतिथिहरु बसुन्धरा भुसाल, चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्य, नायिका विपना थापा, टेलिक्वीन सरिता लामिछाने आदिलाई केकको स्वाद चखाएका थिए ।

पुरस्कृत हुने पत्रकारद्वय आचार्य र पाण्डेले पाँच हजार पाँच सय पचपन्न रुपियाँ नगदसहित विभिन्न कम्पनीबाट जुत्ता, सुट, होटल तथा रेष्टुराँमा बिदा मनाउने एकमुष्ठ उपहारसमेत प्रदान गरिएको थियो । यता सम्मानित पत्रकार सुवेदीले पनि त्यस्तै उपहारहरु ग्रहण गरेका थिए ।

"पहिले पहिले चलचित्र पत्रकारिता गर्दा केटो बिग्रिएछ भन्थे", एक समय आफूले चलचित्र पत्रकारिता गर्दाको अनुभव साट्दै चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्यले भने- "यो कुरा केही समयअघि स्वीकार गर्दै पत्रकार किशोर नेपालले कान्तिपुर साप्ताहिकमा लेख्नु भएको थियो । तर त्यो बेला, त्यसपछिका केही वर्ष र अहिलेको चलचित्र पत्रकारितामा विस्तारै गुणात्मक परिवर्तन देखापरिरहेको छ ।"

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव महेन्द्र विष्ट, आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष युवराज लामा, चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्मा, अभिनेत्री बसुन्धरा भुसाल आदिले पुरस्कृत तथा सम्मानित पत्रकारहरुलाई बधाइ दिएका थिए ।

अघिल्ला वर्षहरुभन्दा चलचित्र पत्रकारिता पुरस्कार कार्यक्रम स्तरीय र अझ व्यापक हुन सकेकोमा पत्रकारहरुले सन्तोष व्यक्त गरेका थिए ।


कस्तो रमाइलो ठट्टा हगि ?: नायिकाहरु सरिता लामिछाने र विपना थापा


पुरस्कारको भारी बोक्न रमाइलो हुँदो रै'छ: सुहाउँदिला भरियाद्वय  दयाराम र प्रकाश


ओहो पत्रकार नबनेर गल्ती पो गरिएछ कि क्या हो !: पुरस्कारको थाक देखेपछि चुकचुकाउँदै चलचित्र निर्माता तथा कलाकार अशोक शर्मा


पत्रकारका पनि दिन आउँदा रहेछन् !: चलचित्र निर्माता शक्ति पण्डित र केशव भट्टराई


लौ विजयी भवः : पुरस्क्रित व्यक्तित्वलाई टीका लगाइदिँदै अभिनेत्री बसुन्धरा भुसाल


लौ विजयी भवः : पुरस्क्रित व्यक्तित्वलाई टीका लगाइदिँदै अभिनेत्री बसुन्धरा भुसाल


कार्यक्रममा संघको नवौँ वाषिर्कोत्सवको केट काटिसकेपछि संघका अध्यक्ष विदुर गिरीलाई केकको स्वाद चखाउँदै अभिनेत्री विपना थापा, पछाडि अभिनेत्री बसुन्धरा भुसाल र नायक विक्रान्त भट्ट


कसले भन्छ निर्माता हेण्डसम हुँदैनः कार्यक्रमस्थलमा आउँदै चलचित्र निर्माता, निर्देशक, अभिनेता आकाश अधिकारी आकर्षक पहिरनमा


सुन्नुभयो, मायाज बारको एउटा सट चैँ यसरी लिने विचारमा छुः कार्यक्रममा सहभागी हुन आएका निर्देशक दिनेश डिसी सहयात्रीसँग कुरा गर्दै


छैन त म हेण्डसम र आकर्षक ?: कार्यक्रममा उपस्थित हुन आएका नायक विक्रान्त भट्ट


तोकिएको समयभन्दा कार्यक्रम ढिला भएपछि आफ्नो फुर्सदिलो समयमा ठट्टा गर्दै कलाकार लय संग्रौला, नायिका विपना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्य, नायक श्रीकृष्ण श्रेष्ठ र अन्य

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,