सङ्गीत नै आफ्नो कर्म बनाएको लोकप्रिय साङ्गीतिक समूह कर्मा ब्याण्डले हिजो जेठ ७ गते आफ्नो पछिल्लो साङ्गीतिक कृति 'कर्मा'लाई रोचक ढङ्गमा विमोचन गर्यो । सामान्यतया आफ्नो सिर्जनालाई कोही वरिष्ठ व्यक्ति बोलाएर लोकार्पण गर्ने चलनलाई तिलाञ्जली दिएर आफ्नो एल्बमलाई सबै ब्याण्ड सदस्यहरु र कम्पनीका प्रबन्ध सञ्चालक सचिन श्रेष्ठले एल्बमको घुम्टो खोली सार्वजनिक गरे ।
आफ्ना नयाँ तथा पुराना गीतहरुलाई सोही कार्यक्रममा धाँसु प्रस्तुति दिएर रोचक तुल्याएका थिए । निर्धारित समयभन्दा लगभग एक घण्टा ढिलो शुरु भएको यो कार्यक्रममा भएको साङ्गीतिक गतिविधिलाई विभिन्न सात वटा क्यामेराले कैद गरिएको थियो । खिचिएका सामग्रीलाई सम्पादन गरी भीसीडी समेत निकालिने ब्याण्डले जनाएको छ ।
यस ब्याण्डले हालसम्म शहर तिम्रो, हुक्का, एसएमएस र कर्मा गरी चार वटा एल्बम बजारमा निकालिसकेको छ ।
अस्ति मात्र अष्ट्रेलियाबाट एक महिने छुट्टीमा नेपाल आइपुगेकी पूर्व मिस नेपाल पायल शाक्यसमेत कार्यक्रममा झुल्किएकी थिइन् ।
लौ खोलौँ एल्बमको घुम्टोः कार्यक्रममा एल्बम विमोचनको तयारी गर्दै कर्मा ब्याण्डका सदस्यहरु र सम्झना अडियो भिडियोका प्रब्न्धक सचिन सिंह

लौ खोल्यौँ घुम्टोः एल्बम विमोचन गर्दै कर्मा ब्याण्डका सदस्यहरु र सचिन सिंह



ब्याण्डका तर्फबाट कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै सुरेन्द्रमान सिंह

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरु क्रमशः महिमा भट्टराई, संगीता श्रेष्ठ, लब कार्की र आशिफ शाह

भर्खरै अष्ट्रेलियाबाट छुट्टी मनाउन नेपाल फर्किएकी पूर्व मिस नेपाल पायल शाक्य र सम्झना अडियो भिडियोका सचिन श्रेष्ठ