Home» City Life »Updates

सुकबहादुर अमेरिकामा


७९ वर्षको उमेरमा नेपालको एक दुर्गम गाउँमा कक्षा-४ मा अध्ययनरत एक उत्साही वृद्धमाथि बनाइएको पत्रकार दिलभूषण पाठकको डकुमेन्ट्री सुकबहादुर अधिकारी, कक्षा ४ आइतबार अमेरिकाको वासिङ्गटन डीसीमा प्रदर्शन गरियो ।

अमेरिका-नेपाल समाजद्वारा डीसीको टाइसन पिमिट रिजनल पुस्तकालयमा आयोजित प्रदर्शनमा अमेरिकामा बस्दै आएका नेपालीहरु सहभागी थिए ।

कार्यक्रममा निर्देशक पाठकले ५० वर्षको भारत बसाईपछि नेपाल फर्केर जीवन बिताइरहेका डकुमेन्ट्रीका नायक सुकबहादुर अधिकारी नेपाली समाजको एक सच्चा, सशक्त र इमान्दार प्रतिनिधि भएको धारणा राख्नु भएको थियो ।

पाठकको न्युजरुम बाहिरसुकबहादुर अधिकारी, कक्षा- ४ आगामी जुन २ तारिखमा न्युयोर्कमा पनि प्रदर्शन गरिने कार्यक्रम छ । 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events संविधानसभा माओवादी हल्ला पेट्रोल awards समलिङगी सेलेब्रिटी streets अनुभव मोबाईल celebrity crisis hi-life festival
Browse Tags in Other Group