Home» Music »Feature

कहीँ नभएको जात्रा वीरगञ्जमा !

पार्टी नेपालद्वारा आयोजना गरिएको मेरो मोबाइल फोनको प्रचारका लागि आयोजन गर्न लागिएको साङ्गीतिक कर्न्र्सट वीरगञ्जमा शनिबार नहुने भएको छ । त्यहाँका स्थानीय नेताहरुले नेपालीमा गीतसङ्गीत गाउन र बजाउन नपाउने र यदि गाए वा बजाए आक्रमण गर्ने चेतावनी दिएका कारण कार्यक्रम नभएको वीरगञ्जस्थित एक शुभेच्छुकले इनशाडटकमलाई बताएका छन् ।

खबर अनुसार निमा रुम्बा, क्रान्ति आले, एडि्रयन प्रधान, अनील सिंह, मौसमी गुरुङ, प्रीति कौर र द लिजिण्ड ब्याण्ड कार्यक्रममा जाने, गाउने र बजाउने भनी मख्ख परेका थिए । तर अन्तिममा समयमा उनीहरुलाई वीरगञ्जको कार्यक्रम कारणवश स्थगित भएको जानकारी गराइएको थियो ।

नेपालगञ्जमा समेत आयोजन गरिने भनेर प्रचार गरिएको यो कर्न्र्सट नेपालगञ्जमा चाहिँ केही समयअघि नै आयोजन नगर्ने निर्णय गरिएको थियो । नेपालगञ्जमा कार्यक्रम स्थगित गरिएपछि वीरगञ्जमा पनि सोही प्रकारको अवरोध हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रम गर्ने तयारी गरिरहेको बेला कार्यक्रम आयोजन नगर्न स्थानीय नेताहरुले धम्की दिएपछि कार्यक्रम अवरुद्ध भएको बताइएको छ ।

२ सय रुपियाँको टिकटसहित मेरो मोबाइलको सिमकार्ड सित्तैमा दिइने भनी भव्यतम् प्रचार गरी वीरगञ्जस्थित रङ्गशालामा शनिबार तीन बजे कार्यक्रम आयोजनको हल्ला गरिएको थियो ।

यससम्बन्धमा मेरो मोबाइल तथा
पार्टी नेपालका व्यक्तिहरुसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला तातोपीरो रिलिज सङ्गीतकार लुकेका कुरा ट्रयाक बाहिर क्या बात ! समुद्रपार कीर्तिमान उपलब्धि नेपाली तारा अवार्ड विचार प्रेम र विवाह भिडन्त रुचि गायिका पेज थ्री गायक गीतकार
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,