Home» Around the World »Weird and Interesting

विश्वकै राम्रा पर्यटक को ?

संसारमै भ्रमणका लागि धेरैभन्दा धेरै रुचि राख्ने भनी नाम कमाएका जापानीहरु सबैभन्दा असल पर्यटक पनि हुन् भनेर हालै एक अध्ययनले देखाएको छ ।

एपी समाचार संस्थाका अनुसार जापानीहरुपछि अमेरिकी र स्वीस सबैभन्दा बढी घुम्ने पर्यटकमध्ये रहेका छन् । यो कुरा यूरोपभरिका होटल व्यवसायीहरुसँग गरिएको अध्ययनपछि बाहिर आएको हो ।

जापानीहरु ज्यादै नम्र र भद्र रहेकाले अमेरिकीहरुभन्दा ३५ प्रतिशत बढी मत पाएका थिए । त्यस्तै चूपचाप रहन मन पराउने स्वीस पर्यटकहरु पनि तेस्रो नम्बरमा परेका छन् । तर बेलायतीहरुलाई सबैभन्दा अभद्र पर्यटकको सूचिमा राखिएको छ । तिनको अभद्र व्यवहार, हल्ला गर्ने बानी र टिप्स दिन पनि कञ्जुस्याइँ गर्ने आदि कारणले ती पाँचौँ नम्बरमा परेका हुन् ।

यति हुँदाहुँदै पनि होटल व्यवसायीहरु बेलायतीहरुको खर्च गर्न रुचाउने बानीलाई ज्यादै मन पराएका छन् । अमेरिकी र रुसीहरुपछि सबैभन्दा बढी पैसा खर्च गर्न यिनीहरु नै अघि बढ्ने गरेको होटल व्यवसायीहरुको अनुभव छ ।

यूरोपका १५ हजार होटल व्यवसायीहरुसँग यात्रासम्बन्धी वेबसाइट एक्सपेडियासँगको सहयोगमा गरिएको यस अध्ययनले फ्रान्सेलीहरु सबैभन्दा कम घुमन्तेमा गनिन्छन् । त्यसपछि भारतीय, चिनियाँ र रुसी पर्यटकहरु यो सूचिमा रहेका छन् ।

रोचक त अरु पनि छ । अध्ययन अनुसार होटल व्यवसायीहरुको नजरमा सबैभन्दा खराब लुगा लगाउनेमा बेलायती र अमेरिकीहरु रहेका छन् । जर्मनहरु चाहिँ यो सूचिमा पाँचौँ अङ्कमा परेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड विज्ञापन प्रविधि कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ नग्नता उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: