 |
Home» Around the World »Weird and Interesting |
अरुसँगको रसरङ टीभीमा प्रत्यक्ष प्रसारण भएपछि...

एउटा व्यक्तिले श्रीमतीको आँखा छलेर कुनै तरुनी लिएर समुद्रको किनारमा मस्ती मारेको दृश्य टेलिभिजनकै पर्दामा देखियो भने के होला ? इटालीमा एउटा यस्तै घटना घट्न पुगेको छ ।
समाचार सूत्रहरुका अनुसार इटालीको उत्तरी समुद्र तटीय क्षेत्रमा एउटा व्यक्तिले एउटी रखौटी लिएर समुद्र किनारमा रसरङ मनाइरहेको बेला हेलिकप्टरमा रहेको टेलिभिजन क्यामेराले खिचेर प्रत्यक्ष प्रसारण हुन पुगेको थियो । आफ्नो लोग्ने कुनै अर्कै आइमाईसँग समुद्र किनारमा विशेष छुट्टी मनाइरहेको टेलिभिजनमै प्रत्यक्ष प्रसारण हेरेर उनकी श्रीमती चकित हुन पुगेकी छिन् । गिरो डी'इटालिया नामक प्रख्यात साइकल दौड खिच्दै गर्दा हेलिकप्टरले नजिकबाट उनीहरुको दृश्य खिच्न पुगेको थियो ।
रोचक त के भएछ भने ती व्यक्तिले आफ्नो नजिक आएको हेलिकप्टरलाई हात हल्लाएर हौसला दिएछन् । टीभीका छायाँकार पनि के कम ? उनीहरुले पनि तिनका चर्तिकला 'जुम इन' गरिदिएछ । जुन कुरा टेलिभिजनमा प्रत्यक्ष प्रसारण पनि भइरहेको थियो- एपी समाचार संस्थाले जनाएको छ ।
श्रीमतीले यो दृश्यलाई हेरेर विश्वास पनि गरिरहेकी थिइनन् कि यत्तिकैमा उनका दाजुले उनलाई 'तिमीलाई त टीभीमा देखेँ नि, ज्वाइँले मज्जाले हात हल्लाइरहनु भएको थियो' भनेर मोबाइल गरेपछि पो ती महिला झसङ्ग भइन् । त्यसपछि उनी श्रीमान् कहिले घर आउला र सोधुँली भनेर पर्खेर बसिनन्, उनी सीधै टीभीले देखाएको ठाउँमा पुगिन् । त्यसपछि उनको लोग्नेको होशहवास गुम् भयो ।
तर ती व्यक्तिहरुको नाम के हो ? उनीहरुको पेशा के हो ? श्रीमानसँग ती महिलाको पछि झैँझगडा भयो कि भएन भन्ने विषयमा चाहिँ समाचारमा कहीँ उल्लेख छैन ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |