Home» Around the World »Weird and Interesting

पत्रमित्र खोज्ने नयाँ जुक्ति !

चार वर्षका टम स्ट्यानकम्बेले एउटा फुकुण्डा (बेलुन) किने । त्यसपछि फुकुण्डामा हेलियम ग्याँस हालेर त्यसलाई उडाइदिए । उडाउनुअघि बेलुनमा लेखेका थिए- यो बेलुन जसले भेट्नेछ, त्यो मेरो पत्रमित्र हुनेछ र उसले मलाई यो पत्र भेट्ने बित्तिकै जवाफ फर्काउनु पर्नेछ ।

तर टमको यो बेलुनले धेरै दिनसम्म कुनै पत्रमित्र फेला पार्न सकेन । टमले बेलुनलाई समेत बिर्सिदिए र आफ्नो पढाईलाई जारी राखे ।

रोयर्टस समाचार संस्थाले दिएको समाचार अनुसार यो बेलुन उड्दै आफ्नै देशकी रानीको हातमा पुग्यो र ती रानीले बालक टमको पत्रमित्र हुने इच्छा व्यक्त गरेकी छिन् । सुन्दा कुनै परीकथाजस्तो लाग्ने यो घटनापछि अहिले टम निकै खुशी भएका छन्, रानीलाई नयाँ पत्रमित्रको रुपमा पाउँदा ।

टमको बेलुन उड्दै फ्रान्स या आधा विश्व घुम्ला भनेको त मात्र ३२ किलोमिटर टाढा गएर बेलायतको विन्डसोर दरबारमा अड्कियो । दरबारमा रानीले उनको निजी सहायकलाई यसको जवाफ लेख्न अह्राइन् । पछि रोचकता केले थप्यो भने रानीको महलमा भएको शाही कला संग्रहालयमा टमका पुर्खाले समेत चित्र कोर्न भ्याएका रहेछन् ।

"उहाँ (रानी) ज्यादै प्रशन्न होइबक्सिन्छ कि तपाइँको बेलुन उड्दै निजी बगैँचामा उत्रिन पुग्यो", दरबारका सहायकले टमलाई जवाफ लेखेका छन्- "रानी तपाइँको बेलुन पत्रबाट निकै प्रशन्न होइबक्सिन्छ । र, तपाइँले पठाउनु भएको पत्रप्रति ज्यादै खुशी व्यक्त गरिबक्सेको छ ।"

यो जवाफपछि टम त के उनका बा-आमाको पनि खुशीको ठेगाना छैन । के अब रानी र तपाइँका छोराबीच लामो समय पत्रमित्रता होला त ? भन्ने प्रश्नमा टमका पिताले भने- "यस्तो भए त गर्वकै कुरा हो नि, तर के रानीलाई एउटा बालकको प्रश्नोत्तर गर्ने र पत्र पठाइरहने फूर्सद होला त ?"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता यस्तो पनि ! उदेकलाग्दो हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ नग्नता
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: