 |
Home» Cinema »Feature |
नेपालमा ४० डिजिटल हल बनाइने !

डिजिटल सिनेमा नेपाल प्रा.लि.ले भारतीय चर्चित कम्पनी युएफओ मुभिजसँगको सहकार्यमा आगामी एक वर्षभित्र ४० वटा सिनेमा हललाई डिजिटल प्रसारणयुक्त भवनमा परिणत गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ ।
१६ गते बुधबार बेलुकी नेपाली चलचित्रहरु धडकन र तकदिर, भारतीय चलचित्रहरु तारारमपम, सरकार तथा अंग्रेजी चलचित्र ब्रेकअपको सफल परीक्षण प्रसारणपछि यो प्रविधि नेपाली चलचित्र उद्योगका लागि सबैभन्दा सस्तो र भरपर्दो प्रविधि भएको कुरा आयोजकहरुले बताएका छन् ।
भारतभर ६५० सिनेमा हललाई डिजिटल प्रोजेक्शनयुक्त भवनमा परिणत गरिसकेको भारतीय कम्पनी युएफओले नेपालका सिनेमा हलहरुलाई ७ देखि १० लाख रुपियाँको लागतमा डिजिटल प्रसारणयुक्त बनाउन सकिने धारणा अघि सारेको छ ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्माले यस्तो प्रविधिको उपयोग नेपाली चलचित्र प्रसारणका लागि गर्न सकिएको खण्डमा प्रदर्शनको क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउन सक्ने धारणा व्यक्त गरेका थिए भने चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्यले प्रविधि अपनाउनु त राम्रो हो तर प्रविधिले उद्योगकै सत्यानाश गरिदिन पनि सक्छ भन्ने धारणा व्यक्त गरेका थिए । यसका लागि धेरै विचार गरेर मात्र प्रविधिमाथि लगानी गर्नुपर्ने उनको सुझाव थियो ।
भारतमा यही शैलीको प्रदर्शनले निकै लोकप्रियता हासिल गरिसकेको छ । युएफओबाहेक रियल इमेज, इसीटीजस्ता कम्पनीले पनि डिजिटल प्रसारण सफलतापूर्वक सम्पन्न गरिसकेका छन्, भारतीय हलहरुमा । रियल इमेज र इसीटीले दक्षिण भारतमा एकाधिकार जमाएका छन् भने युएफओले चाहिँ उत्तर भारत, उत्तरपूर्वी तथा पश्चिम-उत्तरी भारतीय क्षेत्रमा एकाधिकार जमाइसकेको छ ।
यस कम्पनीले नेपाली चलचित्रलाई सस्तो रकममा डिजिटाइज गरी ८० हजारभन्दा कम रकममा उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ । यो प्रविधिले एक साथ देशका अन्य भागमा समेत प्रदर्शन गर्न सरल हुने दाबी गरिरहेको छ । यही प्रविधिबाट भिजन क्वेष्टद्वारा निर्मित कागबेनी प्रदर्शनको तयारीमा जुटेको छ ।
तर नेपालमा यो प्रविधि भित्र्याउन सिनेमा हलधनीहरुले कत्तिको चासो देखाउने छन्, त्यो चाहिँ भविष्यकै गर्भमा रहेको छ ।
उपत्यका बाहिरका सिनेमा हलहरुको डिजिटल प्रसारणका बारेमा जानकारी दिन र उत्साह जगाउन डिजिटल सिनेमा नेपाल प्रा.लि.ले नारायणघाट र विराटनगरको भ्रमणमा जुटिसकेको छ । त्यहाँबाट सङ्कलित सुझाव र उत्साहका आधारमा नयाँ कदम चालिने डिजिटल सिनेमा नेपाल प्रा.लि.का नकिम उद्दीनले इनशाडटकमसँग बताएका छन् । | |
|
|
|
|
|
|
|
|
|
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |