Home» Cinema »Feature

स्पाइडरम्यान तेस्रो ठूलो कमाउ सिनेमा

नेपालमा स्पाइडरम्यान तेस्रो संस्करण सन् २००७ कै सबैभन्दा बढी कमाउने चलचित्रको सूचिमा तेस्रो नम्बरमा परेको काठमाडौँस्थित एक वितरकले इनशाडटकमलाई बताएका छन् ।

पहिलो सूचिमा ऋतिक रोशन र प्रियङ्का चोपडा अभिनित क्रिस र दोस्रोमा ऋतिक, ऐश्वर्या र अभिषेक अभिनित धूम दोस्रो रहेका छन् । क्रिसले नेपालबाट कम्तीमा डेढ करोड रुपियाँ उठाएको दाबी बाराही मुभिजका आरके त्रिपाठीले बताएका छन् । त्यसैगरी धूम दोस्रोको व्यापार नेपालभर एक करोड भएको अनुमान गरेका छन् । राजधानीमा स्पाइडरम्यानले गरेको व्यापार चाहिँ अहिलेसम्म अंग्रेजी सिनेमाले गरेको व्यापारको सबैभन्दा उच्च भएको उनको दाबी छ । यसले नेपालबाट कम्तीमा पनि ८० लाखभन्दा बढी पैसा लिएर जाने उनले बताएका छन् ।

त्यसो त स्पाइडरम्यानले पछिल्लो समय हलिउडका धेरै मानकहरुलाई तोडेको छ । जहाँजहाँ यो चलचित्र रिलिज भएको छ, विश्वभर नै यसले आफ्नो कीर्तिमान बनाएको छ । भारतमै पनि यो चलचित्र सबैभन्दा बढी व्यवसाय गर्ने अंग्रेजी चलचित्र बनेको छ । यसअघि टाइटानिकले यो रेकर्ड बनाएको थियो । अहिलेसम्मकै हलिउड चलचित्रको इतिहासमा भारतमा सबैभन्दा बढी प्रिन्टमा रिलिज गरिएको चलचित्र थियो । अरु त अरु यो चलचित्रले स्थानीय भाषामा डब गर्ने चलनलाई एक कदम अगाडि बढेको थियो- भोजपुरीमा समेत डब गरिदिएर । भारतका उत्तरप्रदेश र बिहारका केही ठाउँमा ६ वटा प्रिन्टमा भोजपुरी भाषामा यो चलचित्र रिलिज गरिएको थियो ।

आरके अंग्रेजी चलचित्रको व्यवसायबाट यति उत्साहित छन् कि आजदेखि पाइरेट्स अफ दि क्यारेबियन हलमा पर््रदर्शनका लागि जुटिरहेका छन् । "त्यसो त यो चलचित्र बालबालिकाले उति रुचाउँदैनन्, तर पनि अचम्मका दृश्य हर्ेन पाइने लोभले युवा र वयस्कहरुलाई अवश्य तान्ला", त्रिपाठीको अनुमान छ । यो हिम्मत चाहिँ स्पाइडरम्यान ३ को सफलताले नै दिएको हो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हलिउड सुन्दरी बलिउड श्रीमानश्रीमती माया फट्याइँ परिस्थिति इन्टरनेट सेलेब्रिटी मुद्दा मामिला नग्नता उदारता भव्यता मूर्ख्याइँ विज्ञापन सेक्स गुगल उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल